Get the Flash Player to see this player.
Alternative Players:
हाडे बदामका लागि पहाडी क्षेत्र नै उपयुक्त हुन्छ ।
हाडे बदामका लागि पहाडी क्षेत्र नै उपयुक्त हुन्छ ।

केशब पाठक, ब्यवसायिक कृषि अनुसन्धान तथा बिकास कार्यक्रम नेपालको अध्यक्षमा कार्यरत हुनुहुन्छ । करिब १७ बर्षअघि ९ जना युवाहरुको सक्रियता र संयोजनबाट स्थापना गरिएको यो संस्थाले नेपालमा कृषि उत्पादनको अवस्था र ब्यवसायिक कृषिका क्षेत्रमा थुप्रै कामहरु गरेको छ । यसै सन्दर्भमा पछिल्लो समयमा सोलुखुम्बु जस्तो हिमाली तथा पहाडी जिल्लामा अलमण्ड खेतिको बिकासका लागि यो संस्था निक्कै लागि परेको छ । ब्यवसायिक रुपमा यो खेतिलाई अगाडी बढाउन के गर्न सकिन्छ भन्ने बिषयमा नुतन श्रेष्ठले अध्यक्ष पाठकसँग गर्नुभएको कुराकानीको मुख्य अंश

अलमण्ड (हाडे बदाम) खेतीको सम्भावना सोलुखुम्बु लगायतका हिमाली तथा पहाडी जिल्लाका लागि कत्तिको छ ?
यो खेतीको लागि हिमाली तथा पहाडी जिल्लाहरु नै सम्भावनाका क्षेत्र हुन् । नेपालकै सन्दर्भमा कुरा गर्नुपर्दा पहाडी क्षेत्रको ३२ प्रतिशत भुभागमा अलमण्ड अर्थात हाडे बदामको खेति गर्न सम्भावना छ । यो खेति १५०० मिटर देखि  ३५०० मिटरसम्मको उचाईमा बिषेशगरी तुसारे पर्ने ठाउँ र यदाकदा हिउँ पर्ने ठाउँमा यो खेति गर्न सकिन्छ । अलमण्ड आफैमा आरु जातको बनस्पती हो, आरुसँग मिल्दोजुल्दो भएकाले लेकालि आरु हुने ठाउँमा यो खेति गर्न सकिन्छ । यो अत्यन्त सहज किसिमको खेती पनि हो । नेपालमा मात्रै नभएर बिश्व बजारमा नै यसको पहुँच राम्रो छ, त्यसैले १५ सय मिटरभन्दा माथिका क्षेत्रमा एकदम न्युन आम्दानी भईरहेको अवस्थामा यो खेती गरिएको खण्डमा अहिलेको परम्परागत खेतिबाट भईरहेको आम्दानीभन्दा दशौं गुणा बढी आम्दानी यो खेतिले दिन सक्छ ।
यो खेति नै गर्नुपर्छ भन्ने कसरी लाग्नु भयो ?
हाम्रो यो अभियान नै हो । धेरै मानिसहरु गाउँबाट बजार र बजारबाट शहर केन्द्रित भईरहेका छन्, बिदेश जाने क्रम बढ्दो छ तथा हामीले अपनाएको परम्परागत कृषिबाट चाहेजति उब्जनी तथा आम्दानी भईरहेको छैन । यो प्रसंगलाई कोट्याउँदै जाँदा हामी अन्जान रहेछौं जस्तो लाग्छ । किनकी अहिले हामी कहाँ प्रशस्त नयाँ बालिहरु आईसकेका छन्, जसबाट हामी हाम्रै गाउँघरमा केही गर्न सक्छौं । आफ्नै घरमा बसेर बर्षमा एक, दुई लाख रुपैंया कमाउन सक्छौं भन्ने अभियानका रुपमा अगाडी बढाउँदै अहिले हामीले नेपालका करिब १८ वटा जिल्लामा यस्ता नयाँ जातका बालिबिरुवाका सम्बन्धमा कार्यक्रम संचालन गर्दैछौं । सोलुखुम्बुमा पनि यही सम्भावनाहरुको खोजि गर्दै शरुवात आलमण्ड खेतिबाट गर्न लागिरहेका हौं । सोलुखुम्बु आलमण्ड खेतिका लागि प्रशस्त सम्भावना भएको ठाउँ हो । यहाँ १५ सय मिटरभन्दा माथिको थुप्रै भुभाग छन् जहाँ तुसारोसँग बेलाबखत हिउँ पर्ने गर्दछ, अनि हामीले माटो, बनस्पती लगायत अन्य सम्भावनाहरुको पनि अध्ययन गरेका छौं ।
यो खेति गर्नका लागि कृषकहरुले कसरी लगानी गर्नुपर्ला ?
हामी माझ कृषि जहिले पनि जिविकोपार्जनको माध्यम मात्र बन्न सक्यो । त्यसैले हामीले कृषिलाई बाच्नका लागि मात्रै होईन ब्यवसायिक बनाउन पर्छ भनेर लागि परेका हौं । अब कृषिमा पनि लगानी बढाउन पर्छ भन्ने धारणा हाम्रो छ, बिना लगानी कृषि फस्टाउने पक्षमा छैन । यही भएर अलमण्ड खेतीमा केही लगानी छ, एक रोपनी क्षेत्रफलमा अलमण्ड खेति गर्नका लागि करिब ९ हजार रुपैंया खर्च गर्नुपर्ने हुन्छ । यदि कृषकले यो खेतिका लागि ९ हजार रुपैंया खर्च गर्छ भने ३ बर्षपछि उसले बार्षिक रुपमा १ लाख रुपैंया आम्दानी गर्न सक्ने आधार त्यहाँ खडा हुन्छ, त्यो भनेको एकजना कृषकको मासिक ८ हजार रुपैंया आम्दानी हो । यो अलमण्ड खेती बहुबर्षे बालि हो, यो खेति एकचोटी गरेपछि यसबाट हामीले ३० औं बर्ष फल लिनसक्छौं । यदि कृषकहरु तत्काल लगानी गर्न सक्नुहुन्न भने हामीले छनौट गरेको सहकारी संस्थामा गएर सम्पर्क गरी त्यहाँबाट ऋण सहयोग पनि लिन सक्नुहुन्छ । खासगरी अलमण्डको एउटा बिरुवालाई ५ सय रुपैंया पर्दछ तर हिमालयन कृषि सहकारी संस्था लिमिटेडको अनुरोधसँगै सोलुखुम्बु जिल्लाका लागि एउटा बिरुवामा २ सय रुपैंया अनुदान सहयोग उपलब्ध गराएर ३ सय रुपैंयामा प्रदान गर्छौं । अनि अन्य कुरामा हामी प्राबिधिक सहयोग प्रदान गर्न सँधै तयार छौं ।
यसको बजार ब्यवस्थापनका लागि योजना कस्तो छ ?
अलमण्ड खेतिको शुरुवात भएपछि सबैभन्दा ठुलो कुरा नै हामी यसको बजारिकरणमा बढी केन्द्रित हुन्छौं । यो खेतिको सोलुखुम्बु आफै चाँही बजार होईन तर नेपाल आफैमा चाँही अलमण्डको एउटा उत्कृष्ट बजार हो । प्रत्येक बर्ष नेपालले क्यानडा, स्पेन, ट्युनिसिया, टर्कि लगायतका देशबाट करिब करिब २० करोडको हाराहारीमा नेपालले अलमण्ड किन्ने गर्दछ । यसकारण सोलुखुम्बु जिल्लामा उत्पादन भएका अलमण्ड खेतिको बजारीकरणको जिम्मा हामी लिन्छौं । यसबिचमा स्थानियस्तरमा हिमालय कृषि सहकारी संस्थाले सहयोगीको भुमिका निर्वाह गर्नेछ । यो खेतिको बजार नेपालमा मात्रै केन्द्रित नगरी युरोप र अमेरिकालाई पनि मध्यनजर गरेर हामीले शुरुवात गरेका हौं ।

 

प्रतिक्रियाहरु:
No feed back Yet...
प्रतिक्रिया पठाउनुहोस

Type what you see in picture below
Solu Samachar Saptahik
Program Schedule
  • Shuva Bachan
    Time :05:00am-06:00am
  • Kaya Kairan
    Time :06:00am-06:30am
  • Jagaran
    Time :06:30am-06:45am
  • Solu Samachar
    Time :06:45am-07:00am
  • Paryatan
    Time :07:00am-07:30am
  • Bato, Satya ra Jivan
    Time :07:30am-08:00am
  • Lok Geet
    Time :08:00am-08:10am
  • Nepal Chautari
    Time :08:10am-09:00am
  • Halchal
    Time :09:00am-09:15am
  • Music N More
    Time :09:15am-10:00am
  • Halchal
    Time :10:00am-10:10am
  • Dus Geet
    Time :10:10am-11:00am
  • Halchal
    Time :11:00am-11:10am
  • Kurakani
    Time :11:10am-12:00pm
  • Nepal Khabar
    Time :12:00pm-00:10pm
  • Hamro Jivan
    Time :00:10pm-01:00pm
  • Nepal Khabar
    Time :01:00pm-01:10pm
  • Hello Solukhumbu
    Time :01:10pm-02:00pm
  • Anurodh Sangeet
    Time :02:10pm-03:00pm
  • Nepal Khabar
    Time :03:00pm-03:10pm
  • Lok Prathiva
    Time :03:10pm-04:00pm
  • Halchal
    Time :04:00pm-04:10pm
  • Gitai Geet
    Time :04:10pm-05:00pm
  • Halchal
    Time :05:00pm-05:15pm
  • Facebook Dot Com
    Time :05:15pm-06:00pm
  • Nepal Khabar
    Time :06:00pm-06:10pm
  • Aadha Aakash
    Time :06:10pm-06:40pm
  • Pani Ra Jivan
    Time :06:40pm-07:00pm
  • Solu Samachar
    Time :07:00pm-07:30pm
  • Sarokar
    Time :07:30pm-08:00pm
  • Nepal Darpan
    Time :08:00pm-08:30pm
  • Lok Geet
    Time :08:30pm-08:45pm
  • BBC Nepali
    Time :08:45pm-09:15pm
  • Chithi Timlai Lekhu Banchhu
    Time :09:15pm-10:00pm
  • Nepal Khabar
    Time :10:00pm-10:10pm
  • विहान ५:१५ मा आउँछौं
    Time :10:05pm-05:15am
Advertisement