Get the Flash Player to see this player.
Powered By: i-Tech Nepal
बौद्धहरुको (नयँ“ वर्ष) लोसार
बौद्धहरुको (नयँ“ वर्ष) लोसार

डा. लोपेन् टशी छिरीङ (एच.बी.) लामा - विश्वमा छरिएर रहेका बुदिष्ट बौद्धहरुको लोसार प्राचिन कालदेखि मान्दै आएका लोसार (नयाँ वर्ष) को बारेमा केही स्पष्ट पार्न गइरहेको छु । विश्वका लोसार अनुयायीहरुका मौखिक बोलिचाली भोटे भाषामा “लो” भन्नाले वर्ष “सर”भन्नाले नयाँ भन्ने हुन्छ । पूरानो वर्षलाई विदा र नयाँ वर्षलाई स्वागत गर्ने हर्षउल्लास, उत्सव मात्र हो । यो कुनै चाड पर्व र जात्रा होइन भनी बुझौं ।  लोसार मनाउने तरिका र प्रयोगमा ल्याउने सामाग्रीहरु बारे सन्छिप्त जान्कारी मकर पूर्णमाका दिन घर घरमा उवा, जउको जमरा राख्ने घर आगन बाटोहरु सफा गर्ने घरको भित्र बाहिर सिगार्ने, घरभित्रका फोहर महिलो झारी, बडारकँुडार गरी सफा पारीसके पछि लोसारमा प्रयोग हुने सामाग्रीहरु र खाद्य पदार्थ जुटाई । घिउ, दुध र दही चिनी सख्खर र मह राखी सुगन्धित मसाला वा मैदाको पिठो, मुछेर (बुग्गो आम्जो) कानको डिजाइनमा ठूलो रोटी (खाप्से) र विभिन्न शुभ चिन्हहरुको खाप्से परिकार (श्येरु) तयार गर्छन । लोसार (देर्गा) खाप्से क्ष्योमार, फेमार फग्रिल, डेसिल होफि, श्होफी, मारफी, क्षाङफी, फुद्क्ष्याङ्, सेकर््ेयम मेन, दुचि, पंचामृत, रक्त, क्ष्योइङ्, श्याप्सील, मेतोग्, दुग्पे,मार्मे, डिक्ष्याव्, श्हल्शे, रोल्मो अर्थात आर्गम, पादम, पुष्प, धुप, आलोक, गन्धे, नैवेद, शब्दा स्हल्कर सुम्देन्, छोग्न मण्डल बुम्पा, दादर दज्यु धुङ् डी त्रिशुल, याक,लुग, रा लगायत पाँच रंग नयाँ कपडा, खादाहरुले सजाइन्छ ।  (ङ्यीश्युगु) कृष्णपक्ष चतुदर्शशीका दिन पूजा सामाग्रीहरु सजाएर भगवान बुद्ध र कुलदेवदेवीहरुलाई पूजा पाठ गर्ने तयार पार्छौ । खानको भोजन म बनेको रोटी विभिन्न प्रकारको मीठाई, चौरीको घिउ, जउ करुको पीठो मध्यको धुदमा मुछेका फुलौरा, विभिन्न मसलाहरु राखेको पुलाउ, दुध, दही र फालफुलको सगुन,पंचामृत सर्वा पूजाका साथ धनुमा ५ रंग कपडाले बनेको धजा, बाला, त्रिशुल, कलस मण्डला काठको स्वस्तिक अष्टमंगल चित्रयुक्त भाँडा सजाइन्छ । जौ गहुँको बालाहरु सजाई र मार्गेन घिउको विभिन्न फूलका मार्गेन बनाई सजाईन्छ । घरको धुलो मैलोहरु सपरिवारको दशाग्रह लुतोलाई चार दोबाटोमा फालिन्छन् र गोन्पाहरुमा जम्मा भई (गुतोर) पूजामा दशा ग्रहहरु मन्छाउन्छन् । “प्रनासन ९ प्रकारका प्रोटिन नयाँ अन्नहरु १ घीउ, दुध, मह, सखर, करु,तिल, केराउ जउ, चामल” लगायत विभिन्न ९ थरीका अन्नहरु मिसाइएको क्वाटी (नगु) ९ व्यजन मिक्स थुक्पामा गँउको पीठोमुछेर त्यसभित्र विभिन्न सामाग्रीहरु राखी डल्लोपारी पकाएपछि । पैला भगवानलाई चडाइ मोलाम गरी अनुमति लिने र एक भाग पित्रिदेवहरुलाई चढाउने अर्को एक भाग भूतप्रेतआत्माहरुलाई चौबाटोमा राखिदिने, त्यसपछि, सपरिवार एकसाथ बसी भोजन गर्दा भाग्य र मन जाच्ने रमाइलो गर्दै खाने खेलमा कसैलाई घीउ, खोर्सानी,चुक, मह, अँगार, तितो र धुदहरुको लडु हुन्छन कस्को भागमा के परेछ फुटाउँदै म यस्तो तिमी उस्तो भन्दै खुप रमाइलो गरी खाने गर्छ । भोली औशीका दिनमा घरकोभित्र बाहिर झिलीमिली भत्तिबाली देव, देवी, कुल र (याङ,

खुक) लक्ष्मी पूजा गरिन्छ  लोसारको पैलो नयाँदिन (छेवाची) शुक्लपक्ष परेवा तिथीका विहान सबेरै ३,४ बजे उठेर पूरानो पानी फालेर नुहाइधोइ गरी धारा वा जलदेव र नाग, भूमीलाईप्रर्थाना गरी आउने नयाँदिनहरुमा जल जस्तै पवित्र र सफा रहुन भनि खादा धुप बत्ति नैबेद पूजा चडाई नयाँ चोखो पानी
थापी घरमा भगवानलाई चडाई (बुम्जे) मिसाई सपरिवारहरुले ठू जलखाने गर्छन । नैबेद र पूजासामाग्रीहरु खादा भेटीराखी भगवानलाई प्रार्थना गर्दै अब आउने नयाँदिन वर्षमा हाम्रा सपरिवारको सुःख, शान्ति, सुस्वास्थ दिर्घायुको कामना गरि (साड् सेक्र्येम्, इष्टदेव र आयूपूजा) गरिन्छ ।  सपरिवारहरु नयाँ लुगा र गहना सिंगार पटारगरी लोसारमा जुटाइएको बेन्जन, क्षोमार फकरिल, डेसिल् र खप्से आदि (खादा श्याल्कार सुम्देन) सगुन राखी घरका प्रमुखबाट (मोलाम् यार्क) अशिवार्द चौरीको नौउनी घीउको टिका थाप्ने गर्छन । ३ जना उठेर सगुन क्षोमार र खादा लिएर स्वागत शुभकामना आदन प्रदान गर्दै
केटालाई दायाँ र केटीलाई बायाँबाट फेमार छर्किदै र खुवाउँदै (टशी देलेक,फुन्सुम छोक) भन्नुपर्छ । उत्तर (तेन्दू देवा थोपर श्योग्) भन्नुहुन्छ । बदेन् र आफ्ना लजा, सोक्जा हेरेर घरमा कुलपूजा (काङ्सो ल्हसो) गर्ने र सपरिवार एक साथ बसी खुशी कीकी मनाउने । दोस्रो दिनमा धर्मगुरु र प्रमुख मान्नेजनहरुको आशिक थाप्न जाने – तेस्रो दिन सपरिवारहरुका सुःख, समृद्धि, शान्ति उत्तररोत्तर प्रगतिको कामना गर्दै घरआँगन वा दुरीमा –दच्र्यो, लुड्दर,) राखी साङ्सेर्केम् ल्हाप्सो गर्ने । अथवा सामुहिक गोन्पा स्तुपा र चोखो रमाइलो डाँडाहरुमा जम्मा भई युल्साङ, ल्हासाङ, ल्हाप्सो सेर्केम् गर्ने चलनछ । त्यसपछि टाडाका ससुराली मीत मित्रहरु संघको आशीक शुभाकामना गर्दै भेटघाट खुशीको सन्देश बाँड्दै, बौद्धमा लियाजात्रा पूर्णिमका दिन लोसार विसर्जन गरिन्छ । (दच्र्यो, लुङ, दर) भनेको बुद्ध धर्मका मुलमन्त्रहरु छापिएका पाँच रंगी कपडालाई जनाउँछ । (दच्र्यो) दजमा टाँङ्ने (लुङ्दर) वायूमा फहराउने हो ५ रंगको अर्थ ५ प्राकृतिक तत्तोउर्जा शक्तिहुन । (स.क्षु.मे.लुङ नाम्खा)भूमि, जल, अग्नि, वायु, र आकास १ पुर्व सेतो जलशक्ति २ दक्षिण पहेलो भूमि शक्ति ३. पश्चिम रातो अग्नी शक्ति ४. उत्तर हरियो बायु शक्ति र ५. आकाश विच निलो प्राण शक्तिहरु हुन् । (खामङा) ५ शक्तिहरु (स,क्षु, मे, च्या, शिड) १ सेतो फालम शक्ति, नीलो जल शक्ति, पहेलो भूमी शक्ति, रातो अग्नि शक्ति र हरियो काठ शक्तिहरु हुन् ।
(ग्यल्वा रिङा खड्दो देङ) पंचबुद्ध र पंचस्वरी रंग हो । अर्थात १ नीलो श्यर दोर्जे सेम्पा) अक्षेभ्य बुद्ध, २ पहेलो (ल्हो रिन्क्षेन् ज्युङ्ने) रत्न सम्भव बुद्ध, ३ रातो (नुव नवाथाये) अमिताव बुद्ध, ४ हरियो  (ज्यङ्
दोयन ढुप्व) अमोघ शीद्ध बुद्ध, ५ सेतो (उ नम्बर नङ्जे) बेरो चना बुद्ध हो । –अर्थात पंचस्वरी । श्यर दार्जे रिक्गी खाँडोमा, ल्हो रिन्क्षेन रिक्गी खाँडोमा, नुप पेम रिक्गी खाँडोमा, ज्यङ कर्म रिक्गी खाँडोमा, उ बुद्ध रिक्गी खाँडोमाहरु हुन । लोसारमा प्रत्येक घरहरुमा दच्र्यो, लुङ दर फहराउँछन र बाह«ै हिनाहरुमा बदेन हेरेर दच्र्यो लुङ्दारहरु राखिन्छ र राप्ने गर्नै पर्छ । (बदेन्) रहेको दिनमा चडायो भने त्यो लुङदर फाटेर धुलो माटो नभै सम्मा उल्टोपिर्ने देखिन्छ । (दच्र्यो, लुङ्दरको लाभ र विलाभ यसप्रकार छ । लुङदर धेरै प्ररकारको हुन्छ । जान्नेगुरुलाई हेरकोर गरेर जानी बुजीमात्र चढाउँदा राम्रो हुनेछ । भगवान, देवदेवीहरुलाई करुणाभावले सधैं दज चढाएमा खुशी भै दीगो शरण पाउने छ । कुल र पित्रीदेवलाई दज चढाएमा पूर्ण मार्गनिर्देशन पाई रक्षा गर्नेछ । नाग शीमे भूमेहरुलाई दज चढाएमा मनले चिताए जस्तो पूर्णलाभ हुने र आयु पुण्य सम्मृद्धि प्रगती भइ शान्ति प्राप्त हुने छ । भगवानको प्रतिक सरुप दजले
सम्पूर्ण देवदेवी मण्डल र नाग भुमी डाका डाकीनी ६ लोककै प्राणीहरुको दशाग्रह रोक ब्यधी दोषहरु शान्ति भै रक्षा गर्ने सुत्र मन्त्र हो । यो दजमा लेखेका मन्त्रहरु फरफरगरी गएका वायु जाँहाँसम्म पुग्छ ।
त्यहाँसम्मको सर्वप्राणाीहरुको दोष शान्ति हुनेछ । घर आँगनमा (दच्र्यो,लुङदर) दज टँगेमा घर परिवारको रक्षा हुने र स्टकुल देवीदेवताहरु खुशी भई लक्ष्मीले बास गर्ने छन् । पाखा डाँडाहरुमा दज टँगेमा नाग भूमिपति खुशि भै उत्पाद अन्न बाली फस्टाउने छन् । दज जलमा टँगेमा जलजिवहरुको उद्धार र
जलमार्ग समान आयु बढ्ने छन् । दज बीर अग्निमा टँगेमा अग्निझै तब उर्जा बाढ्ने छ । दज बायुमा टम्गेमा दशा ग्रह हावाले उढाउने र नाम इज्वत संसारमा बायूगतिमा फैलिने छन् । दज पहारामा टाँगेमा तन मन बचन बीरता अटल रहने छन् । दज जंगल पर्वत माथि टँगेमा धन सम्पत्तिको स्रोत खुल्नेछ ।
बन्दव्यपार फस्टाई पूर्णलाभ हुनेछन । सम्पूर्ण दोषहरु हरणभै हावाले उढाइलाने छन् । धर्म कर्मको मार्गदर्शन पाउने छन । मनले चित्ताएको पुग्ने छन् । शान्तिको जण्ड फहरिनाले सुःख शान्तिभै दिर्घायु शुस्वास्थ्यको उत्तरोत्तर प्रगति सम्मृद्धि हुने छन् । दच्र्यो लुङदारको लाभ र शान्ति बारे भनेर साध्य छैन अति उपयोगी उत्तम मानिन्छ । विश्वका विभिन्न भागमा अवस्थित मानव समुदायले आफ्नो विशिष्ट जीवन पद्धति, धर्म, संस्कृति कला–कृत रीति–थिति, चालचलन, रहनशहन, भेषभुषा र भाषा विकास
गरेका छन् र त्यही विशिष्टताको मूल आधारमा विश्व समुदाय आ–आफ्ना मौलिक पहिचान प्रदर्शन गर्न सफल हुन्छन् । नयाँ वर्ष यस्तै एउटा मुल आधार हुन जसका माध्यमबाट प्रत्येक विश्व समुदाय आफ्नो देश, क्षेत्र र जाति विशेषताको परिचय दिन सक्षम भएका छन् । यो चन्द्र, सूर्य, नक्षत्र, ग्रह, उपग्रह, पृथ्वी आदिको गतिस्थितिको आधारमा गणित फलको आंकन हो । हाम्रो लोसार अनुगमीहरुको समाजमा (लो) वर्षको गणना (नाग्ची) ज्योतिषशास्त्रको आधारमा गरिन्छ । नाग्ची भनेको (ग्यनाग)चीनबाट प्रचार भएको मञ्जुश्री भाषित ज्योतिषशास्त्र हुन । यी ज्योतिषशास्त्रको आधारमा श्वेत (बैदुर्य) नामक तिषशास्त्र रचना गरेको पाइन्छ । उक्त ज्योतिशास्त्रको आधारमा १२ वर्ष र १२ महिना निम्न लिखित विभिन्न जीवजन्तुको नामबाट नामाकरण गरियको छन् । जस अनुसार जेठो वर्ष हो च्यिवालो । तदानुरुप १२ वर्षको अनुक्रम निम्न प्रकारका छन् । 
 
१. ज्यिवालो (मुसा वर्ष)  २. लाङ्लो (गोरु वर्ष)  ३. ताग्लो (बाघ वर्ष)
४. योलो (खरायो वर्ष)  ५. डुग्लो (गरुड वर्ष)  ६. डुल्लो (सर्प वर्ष)
७. तलो (घोडा वर्ष)  ८. लुग्लो (भेडा वर्ष) ९. टेलो (बाँदर वर्ष)
१०. ज्यलो (चरा वर्ष) ११. ख्यीलो (कुकुर वर्ष)  १२. फाग्लो (सुँगुर वर्ष)
 
 
त्यसैगरी १. ताग्दा (बाघ महिना) २. योदा (खरायो महिना) ३. डुग्दा (गरुढ
महिना) ४. डुल्दा (शर्प महिना) ५. तदा (घोडा महिना) ६. लुग्दा (भेडा
महिना) ७. टेदा (बाँदर महिना) ८. ज्यदा (चरा महिना) ९. ख्यीदा (कुकुर
महिना) १०. फग्दा (सुगर महिना) ११. ज्यिदा (मुसा महिना) १२. लाङ्दा (गोरु
महिना)हरु हुन् ।
१. योदावा फाल्गुण महिना २. नाग्दा चैत्र ३. सगादा बैशाख ४. नोर्नादा
जेष्ठ ५. क्ष्युतोदा असार ६. टोस्यिान्दा श्रावण ७. ठुम्तोदा भाद्र ८.
युग्पादा असोज ९. मिन्टुग्दा कार्तिक १०. गोदा मार्ग ११. ग्याल्दा पौष
१२. क्ष्युदा माघ महिनाहरु हुन् ।
ऐतिहासिक रुपमा हेर्दा विभिन्न जनावरहरुलाई प्रतिनिधित्व गराई वर्ष गणना
गर्ने (नाग्ची) को ज्योतिष परम्परालाई विश्वकै पूरानो मानिने हुँदा यसको
खास महत्व रहेको छ ।
 
 
उक्त १२ वर्ष ५ फन्को लाग्दा ६० वर्ष हुन्छ, यसलाई “राबलो च्यिग” (एक सम्वतसर) भनिन्छ । यो विभिन्न नामका सम्वत् (जस्तै प्रभाव, विभव, शत्रु, प्रमोद, प्रजापत्य अङगिरस, श्रीमुख आदि इत्यादी) सँग जोडेर कालचक्र परम्परा अनुसार मिलाएको छ । यसको शाब्दिक अर्थ ग्याल्पो लोसार–ग्यल्वा बुद्ध बा बोधिसतो, पैलो बुद्धको समय देखि बुद्ध राजाको लोसार (नयाँ वर्ष) भन्ने हुन्छ । यसलाई
किन ग्याल्पो लोसार (राजाको नयाँ वर्ष) भनेको हो यस बारे स्पष्ट छैन । होर्दा दाङपो (प्रथम मंगोल) को फाल्गुण शुल्क पक्षीय प्रतिपदा अर्थात (छेपादङपोे)बाट यो लोसार भब्यरुपमा मानेको देखिन्छ । तर होर्दा (मंगोल महिना) कुन ज्योतिष शास्त्रसँग सम्बन्धित सम्बत हो यो पनि प्रष्ट छैन । प्रश्नोत्तर नामक ज्योतिषशास्त्र अनुसार “सन् १२२२ सालमा तदानुसार तिब्बती राबज्यूङको अग्नि सुँगुर वर्षको यो महिना मंगोलका बादशाह चाङगीच खाँले तिब्बतका शिहँु राज्यको राजा मिञागको हातबाट शासन छिनी लिएको
हुनाले त्यही विजय हर्षोल्लासको उपलक्ष्यमा यो लोसार उत्सव मानिन थालेको हो । भन्ने एक अनुमान छ । त्यही देखि तिब्बती पात्रोमा पहिलो महिनाको नाम “होर्दा दङवो” भएको थिए हाल आएर वोदा ताङ्वोमा परिणत भएको छ । हाल पनि तिब्बती गोचर ज्योतिष प्रकाशन भएको सबै पात्रो फाल्गुणबाट
“होर्दा” वोदा दाङवो (पहिलो महिना) लोसार भनी लेखिएको पाइन्छ । तिब्बती बौद्ध देश भएकोले
बुद्धको धार्मिक लिलासँग जोडेर यो लोसार मानेको हुनसम्ने अनुमान लगाउन सकिन्छ । अर्को तर्फ भगवान बुद्धको समयमा ६ जना तैथिक (अबौद्ध) गुरु र तद् अनुयायीहरुका इच्छा अनुरुप तत्कालिन नगरप्रमुखहरुको अनुरोधमा श्रावस्ती महानगरमा राजा प्रसेनजित लगायत महानगर प्रमुखहरुका उपस्थितिमा
बुद्ध शाक्यमुनी फाल्गुण शुक्ल पक्षीय प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न धार्मिक ऋदि –शक्ति) प्रदर्शन गरी ६ जना तैर्थिक साधु सपरिवारलाई परास्त गरेका महत्वपूर्ण धार्मिक दिवस भएकाले यही दिवस पारेर लोसार मनाइने गरेको बौद्धको नाताले अवलम्वन गर्नुपर्ने हुन आउँछ ।  टीपनी नेपालमा प्राय गरी तामाङ समाजले आफूहरु बौद्ध भएका नाताले सयौं वर्षपछि नयाँ वर्ष लोसार मान्न तम्स्येका थिए तर केही टपर्टुयाँहरुले तामाङ्ग समूहलाई सोनाम लोसार मान्नु पर्छ भनि आधारहिन कुराको पछि लागि
दोधारमा परेको पाइयो ।  हो सत्य युगका महागुरु बोधिसत्व मञ्जुश्रीले प्रकाशित नाग्ची, बुद्धिष्ट गोचर ‘लोथो’ पात्रो कुल्चेको पाइयो । संसारमा ३ प्रकारका ज्योतिषहरु बढी प्रयोगमा छन् । बौद्ध, हिन्दू र अंग्रेजी गोचर लोसार अर्थात नयाँ वर्ष मान्ने ३ थरीले १–१ महिनाको फरक, अग्रेजहरुको लोसार (फस्ट जनवरी) पौष भित्र, बौद्धहरुको लोसार (फाल्गुण भित्र) र हिन्दुहरुको नयाँ वर्ष (बैशाख १) मा पर्छ ।  कुनै वाद विवादै छैन, काहीं नभएको जात्रा हाँडी गाउँमा भने जस्तै कहीं नभएको लोसार नेपालमा । एक
चुटकिला पनि सुनौं– एक जना विदेशी बुद्धगयामा आई तीन दोवाटोमा अलमल परेछ एक जना गोरु गोठालालाई नेपाल जाने बाटो कुन हो भनि सोधेछन् त्यो गोठालाले पाकिस्तान जाने तल्लो बाटो देखाएछन् । कहाँ जानु पर्ने मान्छे कहाँ पुगेछ धेरै दुःख पाएछ । शेर्पा भाषामा (बुलाम नोर्ना ढोङ्मी युलदु लेप) किराले बाटो बिराउँदा कमिलाको देशमा पुगेछ रे । त्यस्तै सयौं वर्षपछि लोसार मान्न तम्सेका बौद्ध अनुयायी लोसार प्रेमी तामाङ्गहरुलाई १,२ जना अनविज्ञ टपरटुयाँले उल्टो भाषण गर्नाले धेरै सारप्रेमीहरुलाई द्विविदामा परेको पाइयो । किन कुरा नबुझेको संसार भवा चक्रनै पूर्व प्राकृतिकदेखी चलीआएका हिसाब किताब युक्त धर्ममा आधारित ज्योतिषमा प्रष्ट लेखेका १ देखि १२ महिनाको गणितमा १२ नै पूरा नगरी १० र ११ महिनामै नयाँ वर्ष भन्ने जस्ता मुर्खलाई कुन शब्दले स्वागत गरौं तपाईहरु आफैंले थाहा पाउ खोजौं र निचोडमा पुगौं ।  (मोलाम) करुण मय मणी रत्न, उत्पाद नभएकाहरु उत्पाद होस, उत्पाद भएकाहरु नाश नहोस्, जरैदेखी उत्पाद् प्रगतिभै फैली जाहोस । मैले यो बटुल बाटुल गरी काम नपाएर कसैलाई उचाल्ने र होच्याउनलाई होइन । अतः कुनै महान् गुरु रिन्पोछेहरुलाई पनि होइन । (थोलोश्याग्) फटहा कुरा बोल्ले कुविद्या गर्ने नक्कली गुरु, गेसे खेन्पो टिका लगाउने लामाहरु अनविज्ञ भई बाटो विराउनेहरुको चेतना जागोस् बुद्धि पलाओस् । नेपालका राजनीति जस्तै फोहरी खेल नगरौं, स्वच्छ धर्म निधिमा आँच नआहोस् । धर्म पवित्र हुन्छन्, अष्ट र पंचशील भित्र रहेर आफू पनि सुखी रहौं । अरुलाई पनि शान्तिको सन्देश दिएर सहिमार्ग निर्देश गराऔं । यही नै मेरा मूल उद्देश्य हो । समस्त ग्याल्पो लोसारप्रेमी बौद्धहरुलाई भगवानबुद्धका प्रतिनिधि डा. लोपेन् टशीछिरिङ्ग (एच.बी.) लामाबाट हृदयदेखि प्रेम प्रदान
गर्दछु । हामीहरुलाई संरक्षण गरी विदा हुने (ताक्लो) बाघ वर्षलाई भावपूर्ण विदाई गर्दै नौलो शान्ति लिएर उदाउने (योलो) खरायो वर्षलाई हामी सबैले स्वागत गरौं । समस्त मानव प्राणीहरु सुस्वास्थ्य उत्तरोत्तर
प्रगति, दिघार्यूको कामना गर्दै आउने नयाँ वर्षले हामी सबैको सुःख शान्ति उमंगको कामना गर्दछु । सबैको कल्याण होस भनि मेरो शुभकामना व्यक्त गर्न चाहन्छु । ग्याल्पो लोसार टँसीदेलेग् फुन्सुम् छोग्–तेन्दुदेवा थोपार श्होग् किकी शोशो ल्हाग्यालो । हाम्रो सबैको शान्ति विजय भगवानको जय जय जय हे हे हे ??? अर्को गर्नैपर्ने लोसारका साथै राम्रो ज्योतिष जान्ने गुरु लामालाई हेर्कोर गराई सपरिवारको लोकाग्, फुङसुम, श्हीज्ये, दुल्सुर, गुमिग आदि दशा ग्रह छ छैन हेर्न नभुल्नु होला । धन्यवाद ।

 

प्रतिक्रियाहरु:
No feed back Yet...
प्रतिक्रिया पठाउनुहोस

Type what you see in picture below
Solu Samachar Saptahik

Recent News

Most Viewed

Program Schedule
  • शुभवचन
    Time :05:00am-06:00am
  • कायाकैरन
    Time :06:00am-06:30am
  • जनजिवन
    Time :06:30am-07:00am
  • सोलु समाचार
    Time :07:00am-07:15am
  • वि.वि.सि. नेपाली सेवा
    Time :07:15am-07:30am
  • हाम्रो जिवन रिपीट
    Time :07:30am-08:00am
  • नेपाल खवर
    Time :08:00am-08:20am
  • पानि र सरसफाई
    Time :08:20am-09:00am
  • हालचाल
    Time :09:00am-09:15am
  • लक्की
    Time :09:15am-10:00am
  • हालचाल
    Time :10:00am-10:10am
  • हेलो ! सोलुखुम्वु
    Time :10:10am-11:00am
  • हालचाल
    Time :11:00am-11:10am
  • पपः गित
    Time :11:10am-12:00pm
  • इन्द्रेणि
    Time :12:00pm-01:00pm
  • इन्द्रेणि
    Time :01:00pm-02:00pm
  • आधुनिक गित
    Time :02:00pm-03:00pm
  • लोक भन्ज्याङ
    Time :03:00pm-04:00pm
  • हालचाल
    Time :04:00pm-04:10pm
  • गितै गित
    Time :04:10pm-05:00pm
  • हालचाल
    Time :05:00pm-05:15pm
  • ह्याप्पि म्यासेज
    Time :05:15pm-06:00pm
  • नेपाल खवर
    Time :06:00pm-06:10pm
  • राष्ट्रिय गित
    Time :06:10pm-06:30pm
  • हेलो ! भन्छिन आमा
    Time :06:30pm-07:00pm
  • सोलु समाचार
    Time :07:00pm-07:30pm
  • स्थानिय विकास
    Time :07:30pm-08:00pm
  • नेपाल दर्पण
    Time :08:00pm-08:30pm
  • क्रिस्च्यन कार्यक्रम
    Time :08:30pm-08:45pm
  • वि.वि.सि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • पुराना गितहरु
    Time :09:15pm-10:00pm
  • हाम्रो सम्पुर्ण प्रसारण बन्द
    Time :10:00pm-10:05pm
  • बिहान ५ बजे फेरी आउँछौँ
    Time :10:05pm-00:00am
Advertisement