Get the Flash Player to see this player.
Alternative Players:
मेरो सुरक्षाबारे सशंकित छु
मेरो सुरक्षाबारे सशंकित छु

 कुलबहादुर खड्का, पूर्व रथी - माओवादी नेतृत्वका सरकारले राजीनामा दिनेगरि २०६६ सालमा भएको सेनापति प्रकरणका एक साक्षी र पात्र हुन अवकाशप्राप्त रथी कुलबहादुर खड्का । तत्कालीन सेनापति रुक्माङ्गद कट्वाललाई कारवाही गरि सेकेन्डम्यान रहेका खड्कालाई सरकारले सेनापति नियुक्त गरेपनि राष्ट्रपतिले बदर गरेपछि प्रचण्डले प्रधानमन्त्रीबाटै राजीनामा दिनुपर्‍यो । खड्का कानुनीरुपमा प्रधानसेनापति भएपनि कमाण्ड सम्हाल्न पाउनुभएन् । त्यसयता खड्का जंगी अड्डा पनि गएका छैनन् । त्यसपछि खड्का माओवादी मतियार र सेनाभित्र राजीतिक हस्तक्षेप भित्राउन खोजेको रुपमा चर्चा र आलोचना गर्न थालियो । यो प्रकरणले सेलाएरको करिव तीन बर्षपछि हामीले उनै खड्कासँग उनको दृष्टिकोण र धारणा जान्ने प्रयास गरेका छौं । सेनापति प्रकरण, उहाँको दैनिकी, राजनीतिक सम्बन्ध र सेना समायोजन लगायतका बिषयमा अनलाइनखबरका लागि धर्मराज भुसाल र राजकुमार श्रेष्ठले गरेको कुराकानीको संक्षेप ।

तपाईलाई पूर्व प्रधानसेनापति भनौ कि पूर्व रथी भनेर सम्वोधन गरौं ?

-जर्साब भनौं । म पूर्व प्रधानसेनापति नै हुँ । जर्साब भन्यो भने सबै कुरा समेटिन्छ ।

कमाण्ड नै सम्हाल्न पाउनुभएन, कसरी प्रधान सेनापति भन्ने ?

-दुई अर्थमा म पूर्व प्रधानसेनापति हुँ । पहिलो, नेपाल सरकारले मलाई २०६६ साल वैशाख २० गते नियुक्ति गर्‍यो । त्यही नेपाल सरकारले असार ४ गते प्रधानसेनापतिसम्वन्धी गरेको निर्णय बदर भन्यो । त्यो बीचमा बर्खात हुनु भएका तत्कालिन प्रधानसेनापति रुक्माङगत कटवालले कुनै पनि चिठी पत्रमा हस्ताक्षर गर्नु भएन् । हालका प्रधानसेनापति त्यस बेलाका रथी छत्रमान सिंह गुरुङले ‘आज्ञाले’ भनेर सही गर्नु हुन्थ्यो । असार ४ पछि जब माधव नेपालको सरकारले प्रचण्ड सरकारको निर्णय दबर गरेपछि मात्र कटवालले चिठी पत्रमा सही गर्न थाल्नु भयो । दोस्रो कुरा, अदालतले पनि राष्ट्रपतिको कदमका बारेमा दिएको फैसलामा दुबै जना अवकासमा गइसकेकाले कुनै निर्णय गर्नु नपर्ने भनेर बीचको बाटो लिएको छ । त्यसैले बैशाख २० देखि असार ४ सम्मको बीचको करिव एक महिना १४/१५ दिनको समयमा प्रधानसेनापति म नै हुँ ।

तपाईले प्रधानसेनापतिको हैसियतमा कुनै कागजाज तथा चिठी पत्रमा हस्ताक्षर गर्नु भयो र ?

-त्यो गर्न त पाइन ।

तपाईले प्रधानसेनापतिको चिठी बुझेर जंङ्गी अड्डामा गएपछिको त्यहाँको वातावरण कस्तो थियो ?

-वातावरण अवश्य पनि सहज थिएन, किनभने एउटा प्रधानसेनापति मेचमा बसिरहेको छ । प्रधानसेनापति नेपाली सेनाको एकदमै शक्तिशाली पोष्ट हो । उसलाई सरकारले बर्खात गरिसकेपछि, जो मान्छे बर्खास्त भएको थियो, उसको नियत हेर्दा विभिन्न शंका गर्ने ठाउँ थियो र विभिन्न असजिलो परिस्थिति थियो ।

तपाई जङ्गी अड्डा पुग्दा बर्खास्त भएका प्रधानसेनापति त्यही हुनुहुन्थ्यो ?

-उहाँ बालुवाटारबाट शितल निवास जानु भो । त्यसपछि कस-कसको घरमा जानु भो । विभिन्न ठाउँमा फोन गर्नु भो । चिठी नै बुझ्नु भएन ।

तपाईले सरकारले निर्णय गरेपछि कमाण्ड सम्हाल्न नसक्नु तपाईको कमजोरी हो भन्छन नी ?

-बिल्कुल हैन । कमाण्ड लिने भनेको पसलमा गएर समान किनेजस्तो हैन् । यसको आफ्नै प्रक्रिया हुन्छ । नयाँ प्रधानसेनापति आएपछि पुरानोले बुझाउनु पर्छ । सरकारले दिएको चिठीमा ‘आजको दिनबाट’ भन्ने थियो । राति राष्ट्रपतिबाट अर्को आदेश नआएको भए कटवालले भोलीपल्ट बुझाउने मनस्थिति बनाउनु भएको थियो । म सहज स्थितिमा कार्यभार बुझ्न तयार भएर बसेको थिए ।

तपाईलाई त सरकारले सहज परिस्थीतिमात्र हैन असहज परिस्थीतिमा पनि सम्हालोस भनेर बिश्वास गरेर कमाण्ड दिएको थियो हैन र ?

एकपटक तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालिन महाराजधिराजले बर्खास्त गर्दा म अफिस छाडि्दनसम्म पनि भन्नु यो । यदि उहाँले अफिस नछाडेको भए के हुन्थ्यो ?

हो त्यस्तै परिस्थिति सिर्जना भो । नेपाल सरकारको निर्णय त नमान्ने व्यक्तिलाई हटाउन म गएको भए कस्तो परिस्थिति हुन्थ्यो होला सोच्नुस् त । उहाँको कमाण्डमा रहेको फौजसँग ९२ हजार हतियार थियो, त्यसलाई पनि त हेर्नुपर्‍यो । उहाँले बेला-बेलामा रक्तपात हुन्छ समेत भन्नु भएको कुरालाई पनि विर्सिनु भएन नि ।

उसो भए सरकारले यो पक्षलाई नबुझि तपाईलाई नियुक्त गरेको हो ?

-उहाँहरुले संविधानअनुसार काम गर्नुभयो । तर, संविधान नै मिचिएपछि त कसको के लाग्यो र ? ल भन्नुस् त, भोली यहाँ संविधान मिचियो, जसको शक्ति उसको भक्ति हुने अवस्था आयो भने कसलाई के भन्ने ? कानुन र बिधिअनुसार सवैचिज हुन्छ र ?

उसो भए त्यो नितान्त दुई शक्तिवीचको संघर्ष थियो ?

-एक पक्षबाट हेर्दा त्यो पनि हो । सरकारको संविधानसम्मत निर्णय नमानेपछि त स्वतः शक्तिको लागि गएको भन्ने प्रष्ट भयो नी ।

तपाईलाई प्रधानसेनापतिमा नियुक्त गरेपछि कटवाललाई राष्ट्रपतिले पत्र नथमाएको अवस्थासम्म तपाईहरुबीचमा कुनै कुराकानी भयो ?

-भएन । मैले उहाँसँग ०२६६ बैशाख १७ गतेपछि आजसम्म पनि दोहोरो कुराकानी भएको छैन । २० गते मिटिङ भनेर सबै जर्नेलहरुसँग बसियो । त्यसपछि टाढा टाढैबाट भेट भएको छ । बोलिचाली भएको छैन, अहिलेसम्म मौका मिलेको छैन् ।

अनि हालका प्रधानसेनापतिसँग नि ?

-छत्रमानसँग पनि पार्टीहरुमा भेट हुन्छ, कुराकानी हुन्छ । उ त मेरो निकै मिल्ने साथी हो । हामी विद्यार्थी हुँदा सँगै खान्थ्यौं ।

त्यसबेला तपाई र कटवालले ‘कु’का लागि भिन्नाभिन्नै योजना बनाएको भन्ने कुरा आयो । खास कुरा के थियो ?

-हिजो-सोमबार) मात्र कटवालजीले ‘प्रचण्डले फेरि कु गर्न सक्छन’ भनेर अन्तरवार्ता दिनु भएको छ । त्यसबेला पनि उहाँले नै ‘कु’ को समाचार लेखाउनु भएको हो । मलाई त्यसबारेमा केही थाहा थिएन । मैले त मर्निङ वाकमा रहेको बेला एफएममा सुने- नेपाल आर्मीका दुई जनाले ‘कु’ गर्ने दुईथरी तयारी भनेर । म त झसंङ भएँ ।

कटवालजीले यस्तो समाचार किन लेखाउनुभयो होला त ?

वैशाख ८ गते जब सरकारले स्पष्टिकरण सोध्यो, त्यसपछि उहाँको नीति मेरो चरित्र हत्या गर्ने रह्यो । मलाई एकदमै बदमास मान्छे, खलपत्र बनाउन उहाँले कतिसम्म गिर्नुभयो, यो देखेर म पनि अचम्ममा परेँ । जसले योजना बनायो भन्या छ, उसलाई ‘कु’ को कुनै एउटा पनि क्लु-संकेत) छैन । म मेरा नामको कु-कुलबहादुर) बाहेक अरु कु सोच्दै नसोच्ने मान्छे । यदि मैले पनि त्यसबेला कटवालको जस्तो गरेको भए, प्रधानसेनापति बुझ्न सक्थें, तर कानुन सम्मत हुनुपर्‍यो भनेर पर्खिएँ । मैले बुझेर फेरि कटवाललाई राष्ट्रपतिले ल्याएको भए मलाई पनि अप्ठ्यारो हुन्थ्यो ।

कटवाल चाँही केही तयारीमा हुनुहुन्थ्यो त ?

-मैले अघि पनि भने नि, उहाँले त वैशाख २० भन्दा पहिलेदेखि नै मेरो चरित्र हत्या गर्न लाग्नु भो । मेरो पछि बन्दुकरधारी व्यक्ति र अफिसरहरु खटाउनु भो । वैशाख २० गतेपछि मेरो घर घेरिएको थियो । उहाँ सेवामा छउन्जेल तीन जना अधिकृत -दुई जना अहिले फूल कर्नेल हुनुहुन्छ एक जना लेफि्टनेन कर्नेल) मेरो पछाडी खटाइएका थिए । म यहाँबाट निस्किएपछि कोही मोटरसाइकलमा, कोही मोटरमा बसेर पछ्याएर मेरो निगरानी गरिएको थियो । म सर्तक नभएको भए, मैले के भइरहेको छ भन्ने नबुझेको भए र मैले परिपक्क व्यवहार नगरेको भए मेरो भौतिक शरीरकै रक्षा हुन नसक्ने डर थियो । तपाई र मबीच विवाद भयो भने पहिले ठूलो ठूलो स्वरमा कराउँछौं, त्यसपछि हातमा भएको मोबाइलले हिर्काउन खोज्छौं, अनि मुक्का चलाउन खोज्छौं । अर्थात आफूसँग जे छ त्यो । हामीसँग त बन्दुक थियो । उहाँसँग ९२ हजार बन्दुक थियो भने मसँग एक नाल । अब म ९२ हजार बन्दुक भएको व्यक्तिलाई एउटा बन्दुक लिएर पड्काउन खोजौं कि परिपक्क भएर अगाडी बढौं ? उहाँ -कटवाल) ले रक्तपातको कुरा गर्दै आउनु भएको थियो, उहाँले बगाउन खोजेको रगत कसको त ? यो त मैले बुझ्नु पर्‍यो । हो, यही कुरालाई तपाई बुझ्नुस् ।

भनेको तपाईको परिपक्क निर्णयका कारण मुलुकको राजनीति सकारात्मक दिशातर्फ गयो ?

-प्लस, यसबेलाको सरकारले पनि । जस्तो प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो, त्यो पनि त ठूलो निर्णय हो नि ।

भनेको मैले कमाण्ड लिन सकिन भनेर कुनै हिनताबोध छैन ?

-यो एकोहोरो अर्थमा भनिएको कुरा भयो । मैले ट्राइ गरेको भए म यहाँ हुने थिइन अहिले । ९२ हजार बन्दुक मतिर तेर्सिएको थियो ।

अहिले चाहिं सुरक्षा कस्तो छ नि ?

-म अहिले पनि सुरक्षाको विषयमा सशंकित छु । यसलाई सुरक्षाको थ्रेट त नभनौं, तर सजग छु चाहिं भन्नैपर्छ । तपाईले नेपालको अवस्था बझ्नु नै भएको छ । म सजग छु मात्र भनौं ।

कसका कारण तपाई सशंकित हुनुहुन्छ ?

मैले माथि नै भूमिका बाँधिसकें नी । यस्तो परिस्थीतिमा मलाई कसबाट सुरक्षा खतरा होला ? यो भन्दा बढि किन बोल्न लगाउनुहुन्छ ?

कतिपय मान्छेहरु प्रचण्डले डराएर राजीनामा गरे, त्यही बसिरहेको भए केही फरक पर्दैन थियो भन्छन, तपाई त राजीनामा पनि परिपक्क निर्णय भन्दै हुनुहुन्छ ।

-त्यो परिपक्क र नैतिकवान निर्णय थियो । नैतिकताका आधारमा उहाँले राजीनामा दिनुभयो । ३० सालतिर सिंहदरवार जल्दा राजाले नचाहँदा किर्तिनिधी विष्टले नैतिकताका आधारमा राजीनामा दिनुभयो, फुटबल खेलका क्रममा केहीको मृत्यु हुँदा त्यसबेलाको शिक्षामन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिनु भयो । गाडी चलाउँदा नियम मिचेको भनेर आफ्नो पूर्व श्रीमतीलाई कारवाही गरेपछि बेलायतका एक मन्त्रीले हालै मात्र राजीनामा दिए, नैतिकता भनेको यही हो । नदिएको भए त हुन्थ्यो । कटवाल जस्तै मेचमा बस्या बस्यै गरिदिए भैगो नी । त्यसैले उच्च नैतिक व्यक्तिहरुले आफूले गरेको संवैधानिक निर्णयहरु कार्यन्वयन नभएपछि राजीनामा दिन्छन् । बहुमत छ, बस्छु खान्छु भनेर बसे त के गर्ने ?

कुलबहादुर खड्का माओवादी मतियार बनेर नेपाली सेनालाई बिगार्न खोजेको थियो तर उसले उल्टै माओवादीलाई फसाइदियो भन्ने टिप्पणी पनि गरिन्छ । तपाईलाई नियुक्त गर्नुअघि प्रचण्ड वा अन्य माओवादी नेतासँग कति चरणको छलफल भएको थियो ?

-म नेपाल आर्मीको सेकेण्ड म्यान । पहिलो मान्छेलाई कारवाही गरेपछि मलाई नदिए कसलाई दिने ? कटवाललाई कारवाही भयो, नयाँ प्रधानसेनापति चाहियो, म सेकेण्ड म्यान भएको हुनाले पाएको हो, अरु केही हैन । म योग्यता पुगेको सेकेण्डम्यान हुँ । यो त मेरो अधिकार नै हो । कुनै अर्कार्े दलको प्रधानमन्त्री भएको भएपनि मैले नै पाउथेँ । नदिएको भए त म अदालत जान्थे ।

तपाईलाई सेनापति नियुक्त गर्नुअघि माओवादीले केही सर्त राखेका थिए कि ? केही छलफल भएको थिएन ?

मेरो पटक्कै छलफल भएको थिएन् । म सेकेण्डम्यान भएकै कारण मैले पाएको हो । त्यसमा लेनदेन वा सर्त राखेर मलाई सेनापति बनाइएको हुँदै हैन् ।

आजभोली माओवादी नेताहरुसँग कत्तिको भेटघाट हुन्छ ?

-सार्वजनिक कार्यक्रमहरुमा कहिले काहीं हुन्छ । साँचै भन्नुपर्दा मेरो वरिपरी धेरै राजनीतिक नेताहरु छन । सुशील कोइराला, रामशरण महत, सुजाता कोइराला सबै मेरो नजिकै बस्नुहुन्छ । बाकमा हिंड्दा कहिले काहीं भेट हुन्छ, कुरा हुन्छ । म राजनीतिशास्त्रको बिद्यार्थी हुँ । त्यो अर्थमा मेरो राजनीतिक ज्ञान छ, तर कुनै अलाइन्स-संलग्नता) छैन ।

म त त्यही माओवादी पार्टीसँग ५२ सालदेखि लडेको हो नि । अहिले माओवादी पार्टीको प्रधानमन्त्री छन् । प्रधानसेनापतिले प्रधानमन्त्रीलाई प्रस्ताव बुझायो भनेर अरु पार्टी रिसाएका छन् । अहिलेको प्रधानसेनापति र म लडेको हो माओवादीसँग । यो राजनीति हो ।

सेना समायोजनको कुरा चलिरहेको छ । माओवादी नेताहरुले तपाईसँग कुनै सल्लाह लिएका छैनन् ?

-त्यस्तो छैन् । माओवादीमा मैले बुझेअनुसार ठूलो होमवर्क हुन्छ जस्तो लाग्छ । उहाँहरुका प्रस्तावहरु हेर्दा निकै तयारीपछि बाहिर आएको जस्तो देखिन्छ । हाम्रो सल्लाह आवश्यक छ कि छैन मलाई शंका लाग्छ ।

सेनाको प्रस्तावपछि माओवादी र सेनाबीच सम्बन्ध सुमधुर बनेको हो ?

-यसलाई म कसरी लिन्छु भने, समस्या समाधान गर्न सबै पक्षले सकारात्मक दृष्टिले लिंदा राम्रो हुन्छ । त्यसैको प्रतिफलका रुपमा एक्सरसाइज भएको होला । हामीले सपोर्ट गरेको प्रधानसेनापति भनेर अमुक पार्टीहरुले हामीले जे भन्यो त्यही हुनुपर्छ भन्ने सोचाइ हो कि ? उ त नेपाली सेनाको प्रधानसेनापति हो । जुनसुकै पार्टीको सरकार आउँछ, सेनाले त्यही सरकारको मातहतमा बसेर काम गर्नुपर्छ । जुन प्रस्ताव आएको छ, यो समस्या समाधान गर्नेतर्फ गइरहेको छ । एक-दुईटा दर्जा ठूलो कुरा होइन । मलाई अचम्म लाग्छ, नेताहरु माइक हातमा पर्‍यो कि नेपाली सेनाले राजनीति गर्न खोज्यो भन्छन् । सरकारले सोधेको कुरालाई सेनाले जवाफ दिन नहुने ? मुखमा टेप लगाएर बस्ने ? अनि उहाँहरु-माओवादीबाहेकका दल)ले बोलाएको खण्डमा चाँही खुट्टा बजारेर सलाम गर्दै सल्लाह दिने ? के भन्या यो ? । यो हाम्रो मात्र हो, १८ दलको लिगेसी अनुसार चल्नुपर्छ भन्ने सोचाई हो कि ?

कटवाल हुँदा सारै तिक्कता भो, अहिले गुरुङ आउँदा अली नरम जस्तो देखिन्छ । सरकारसँगको सम्बन्ध मेन्टेन गर्न आर्मी चिफका रुपमा ब्यक्ति बिशेषको भूमिका कस्तो हुने रहेछ ?

-राणाकालदेखिको लेगेसीमा सेना चल्दै आएको छ । कमाण्डरले भनेको कुरालाई धेरै अर्थमा प्रश्न गर्न सकिँदैन । अहिले प्रधानमन्त्रीले सोध्ने त प्रधानसेनापतिसँगै त हो नी । सेकेण्ड, थर्ड म्यानलाई सोध्ने कुरा त आएन नि । त्यही हुनाले कमाण्डरको ठूलो रोल हुन्छ ।

सेनाले दिएको प्रस्तावमा केही जस्तै लिडर र र्‍याङ्कको कुरा छ । माओवादीले उपरथी चाहिन्छ भनेको छ, त्यो हुँदा र नहुँदा के फरक पर्छ ?

-जुन ६ हजार ५ सयको बहस अहिले चलिरहेको छ, पीएलए, सेना र अर्को निकायको समान ६ हजार पाँच सय भनेपछि कमाण्ड स्टकचरमा जाँदा हामिक उ हुन्छ भने सेकेण्डम्यान हामीले किन नपाउने भन्ने पिएलको दावी छ । बाहिरबाट हेर्दा त उपरथीको दावी स्वभाविक भयो नि । पछिल्लो समाचार अनुसार त एक जना तीन तारे लेफि्टनेन्ट जनरल, एक जना दुई तारे सेकेण्डम्यान र पाँच जना एकतारे, त्यसपछि २४ फुल कर्नेल र करिव सय जना लेफि्टनेन्ट कर्नेल मेजर भन्दा माथि रहने प्रस्ताव आयो । यति सबैमा माओवादीले पाँचवटा एकतारेमध्ये एउटा एक तारे चाहिन्छ भन्यो । ६ हजार ५ सय बराबर आउने, आर्मीले तीन तारे, दुई तारे सबै खाने र एक तारेपनि उनीहरुले खाने यो त मान्य नभएको हो भन्ने बुझियो नि त ।

अहिले सेना र दलहरुले भनेको जस्तो मेजर मात्र दिइयो भने के फरक पर्ला र ?

-सेनामा मेजर डिसिजन मेकिङ कुनै पनि मिटिङमा पनि बस्दैन । लेफि्टनेन कर्नेल पनि सहायकका रुपमा मात्र सहभागी हुन पाउँछ । मानि लिउँ, त्यो निर्देशनालय भयो र मेजर मात्र पाउने हो भने उसलाई केही पनि थाहा हुँदैन के भइरहेको छ भनेर । र, ६ हजार ५ सयलाई सेनामा लगिसकेपछि त्यहाँ सानातिना समस्याहरु त आइहाल्छ, त्यसको रिपोर्ट सेनामा चेन अफ कमाण्डबाट गर्नुपर्छ, भनेको लप्टन, कप्तान या मजेर, लेफि्टनेन कर्नल, पूल कर्नेल या वि्रगेडियर हुँदै तीन तारे कहाँ पुग्छ । मेजरमा सिमित भएपछि त लेफि्टनेन्ट कर्नेल उसको हुँदैन ।

नेपाली सेनाभित्र आएपछि त सवै नेपाली सेना नै भइहाले नी । त्यसपछि पनि स्थायी रुपमा माओवादी सेनाको भाग भन्दै छुट्याइरहनुपर्छ र ?

-त्यसो हो भने त एउटा वि्रगेडियर जनरल दिए भै गो नि त । उ पनि त नेपाली सेनाकै हुन्छ नि, किन माओवादीलाई यति दिने र उति दिने भन्नुपर्‍यो । तालिम गरेपछि त आखिर सवै नेपाली सेना हुन् । उसैलाई नेतृत्व दिए के फरक पर्छ ?

तर, एउटा मेजर आर्मीमा २२/२३ वर्षमा लेफि्टनन कर्नेल भएको छ, ५२ साललाई मान्दा पनि पीएलएको सेवा त १६ वर्षमात्र हुन्छ । उनीहरुलाई कसरी मेजर भन्दा माथि दिने ?

-यो राजनीतिक समस्या हो । शीर्ष नेताहरु बसेर अविरल छलफल गर्न जरुरी छ । दलहरुले व्यक्तिगत कामका लागि देश मेरै हो र जनतालाई परेको समस्यामा भने अरुलाई औला देखाउने भन्ने गर्नु भएन । छलफल गरौं । यसको समाधान भनेको ‘गिभ एण्ड टेक’ हो । अहिले राम्रो समाधान आउन लागेको छ, हामी मान्दै मान्दैनौं, दिँदै दिँदैनौं भन्नु हुँदैन । यहाँ कसले कसलाई दिने ? मुख्य कुरा मिल्ने हो ।

माओवादी बढी लचिलो भो भन्छन् हो ?

-तपाई नै भन्नुस् न तीन तारे, दुई तारे सबै छाडेर पाँच बटा एकतारेमा एउटा देउ भन्नु त धेरै छोडेको हैन र ? माओवादीले अहिले मिलाउन खोजेको देख्छु म त ।

समायोजनपछि पनि समस्या आउँछन भन्नुभयो तपाईले । यसलाई प्रष्टाउनुस् न ।

-अस्तिसम्म बन्दुक लिएर टाउकाको मोल तोकेर हिडेको अवस्थाको फौज हो । यी दुईवीच सोंच फरक फरक छन् । यसले व्यवहारमा अनेक समस्या ल्याउन सक्छ । वुझेका, पढेका नेताहरुबीच त सानो कुरा मिल्दैन, तीनहरु त सिपाही हुन् । उनीहरुको मानसिकता त्यही अनुसारको हुन्छ । त्यसैले खान, बस्न, व्यवहार लगायतमा समस्या हुन्छन नै । कतिले त आफन्त गुमाएका छन्, भोली ज्यान लिने र गुमाउने एकै ठाउँमा बस्नुपर्छ नि । आर्मीले जति तालिम दिएपनि तुष नरहला भन्न त सकिँदैन । नहोस् भन्ने हाम्रो कामना र चाहना हो ।

विकास निर्माण, औद्योगक सुरक्षा गर्ने गरी महानिर्देशनालयमा जाने लडाकूले बन्दुक बोक्छ र ?

एउटा सिपाही भन्नासाथ बन्दुक बेगरको सिपाही परिकल्पना गर्नु उचित हुँदैन । बाटो काममा जान्छ भने पनि बन्दुक व्यारेकमा राखिन्छ र पोष्ट बस्नेहरुसँग हतियार हुन्छ । सबैले हतियारसम्वन्धी तालिम गर्नुपर्छ । हतियार विहिन राख्नु राम्रो हुँदैन । अहिले आर्मीले महानिर्देशनालयका लागि १५ अर्ब मागेको कुरा आयो । पक्कै पनि हतियारसहितको बजेट होला यो ।

सुरुका अनौपचारिक कुरामा तलाईले समाजसेवा गरिरहेको छु भन्नु भो । अब राजनीतिबाट समाजसेवा गर्ने सम्भावना कत्तिको छ ?

-म राजनीतिमा जाने हो भने सम्भावना धेरै देख्छु । मेरो जिल्ला लमजुङमा हाम्रो प्रभाव राम्रै छ । राजनीतिमा सफल र विफल भन्ने वेग्लै कुरा हो । तर, व्यक्तिगत रुपमा भन्नु पर्दा र राष्ट्रिय स्तरमा मानिसहरुले भन्दा म कुरा बुझ्छु र बुझाउन पनि सक्छु । म-राजनीतिमा) जाने हो भने केही न केही रुपमा स्थापित हुनसक्छु जस्तो लाग्छ । सेनामा हुँदा पनि मेरो छिटो छिटो बढुवा भएको थियो । त्यसबेला साथीहरु भन्थे-तँ छिट्टै जर्नेल भइस ।’ मैले भने तिमीले मलाई जर्नेल मात्र बनाएका छौ, नत्र म ३६ सालमै मन्त्री भइसक्थेँ भन्थे । आर्मीमा नआएको भए राजनीति नै विकल्प हुन्थ्यो ।

अब चाहीँ ?

-अहिले चाँही मैले सोंचेको छैन । त्यसको दुई तीनवटा कारण छन् । म नीतिमा विश्वास गर्छु, तर, यहाँको राजनीति सफा नभएको अवस्था छ । मैले फोहोरमा परेपछि ढलमा हराइन्छ कि भनेर पनि तत्काल त्यता जाने सोंचेको छैन । अर्को करा म अहिले कसैको झोला बोकेर पछि लाग्ने अवस्था छैन । मैले हेर्छु कपाल फुलिसकेकाहरु अझै पनि झोला बोकेर हिंडिरहेका छन् । त्यसैले म ठूलो ओहदामा जाँदा ती झोला बोकेकाले मलाई स्वीकार गर्लान त ? तर, मैले पाउँदिन भन्ने चाँहिं हैन । म अहिले लड्न पनि सक्छु । लडे भनें जित्न पनि सक्छु तर, मैले अहिले सोंचेको छैन ।

अहिले काँही हिरा उठाउन फोहोर ढलमा पनि पौडिनु पर्छ होला नी नि ?

-मलाई त्यसरी नलिनुस । मैले आफूलाई त्यति ठूलो ठानेको छैन । हामीले के के न गर्छन् भनेर ठाउँमा पुर्‍याएकाले केही गरेका छैनन, गर्दैनन भनेकाले केही गरेका पनि छन् ।

आउँदो चुनावमा कुल बहादुरलाई उम्मेदबारका रुपमा देख्ने सम्भावना कत्तिको छ ?

-छैन त म भन्दिन । तर, अहिले छ पनि भन्दिन । source : onlinekhabar.com

प्रतिक्रियाहरु:
No feed back Yet...
प्रतिक्रिया पठाउनुहोस

Type what you see in picture below
Solu Samachar Saptahik
Program Schedule
  • Shuva Bachan
    Time :05:00am-06:00am
  • Kaya Kairan
    Time :06:00am-06:30am
  • Jagaran
    Time :06:30am-06:45am
  • Solu Samachar
    Time :06:45am-07:00am
  • Apangata Sarokar
    Time :07:00am-07:30am
  • Samadhan
    Time :07:30am-08:00am
  • Lok Geet
    Time :08:00am-08:10am
  • Badlido Nepal
    Time :08:10am-09:00am
  • Halchal
    Time :09:00am-09:15am
  • Music N More
    Time :09:15am-10:00am
  • Halchal
    Time :10:00am-10:10am
  • Geet Malai Mann Parchha
    Time :10:10am-11:00am
  • Halchal
    Time :11:00am-11:10am
  • Bikashka Kura
    Time :11:10am-12:00pm
  • Nepal Khabar
    Time :12:00pm-00:10pm
  • Katha Mitho Sarangiko
    Time :00:10pm-01:00pm
  • Nepal Khabar
    Time :01:00pm-01:10pm
  • Hello Solukhumbu
    Time :01:10pm-02:00pm
  • Halchal
    Time :02:00pm-02:10pm
  • Triveni
    Time :02:10pm-03:00pm
  • Nepal Khabar
    Time :03:00pm-03:10pm
  • SMS Lok
    Time :03:10pm-04:00pm
  • Halchal
    Time :04:00pm-04:15pm
  • Gitai Geet
    Time :04:15pm-05:00pm
  • Halchal
    Time :05:00pm-05:15pm
  • SMS 7799
    Time :05:15pm-06:00pm
  • Nepal Khabar
    Time :06:00pm-06:10pm
  • Sherpa Program
    Time :06:10pm-06:40pm
  • Krishi
    Time :06:40pm-07:00pm
  • Solu Samachar
    Time :07:00pm-07:30pm
  • Hamro Pahichan
    Time :07:30pm-08:00pm
  • Nepal Darpan
    Time :08:00pm-08:30pm
  • Lok Geet
    Time :08:30pm-08:45pm
  • BBC Nepali
    Time :08:45pm-09:15pm
  • Chithi Timilai Lekhu Banchhu
    Time :09:15pm-10:00pm
  • Nepal Khabar
    Time :10:00pm-10:05pm
  • विहान ५:00 मा आउँछौं
    Time :10:05pm-05:00am
Advertisement