Get the Flash Player to see this player.
Powered By: i-Tech Nepal
शिक्षामा भौतिक सुविधा विस्तार कार्यक्रम
शिक्षामा भौतिक सुविधा विस्तार कार्यक्रम

धनबहादुर श्रेष्ठ/ शाखा अधिकृत, जिल्ला शिक्षा कार्यालय सोलुखुम्बु-
मानव जीवनलाई सार्थक र अर्थपूर्ण बनाउनको लागि शिक्षाको अहम भूमिका रहन्छ । शिक्षाले मानिसलाई सच्चा र सही मानव बनाउनको लागि सहयोग गर्दछ । शिक्षा भन्ना साथ आजकाल गुणस्तरीय शिक्षाको कुरा सबैको बोलीमा झुण्डिएकोे पाईन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता अनुसारको, हामी र हाम्रो समाजले खोजेको, बच्चाले रोजेको विश्व बजारमा सजिलै विक्न सक्ने ज्ञान, सीप र प्रविधियुक्त शिक्षा नै गुणस्तरीय शिक्षा हो भन्दा अत्युक्ति नहोला । फेरी गुणस्तर भन्नेकुरा निरपेक्ष नभएर सापेक्ष हुन्छ । गुणस्तरसँग धेरै कुराहरु जोडिएर आउछन । शिक्षक, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीहरु, सिकाई वातावरण, भौतिक, मानवीय तथा शैक्षिक स्रोतसाधनहरु, शिक्षासँग सम्बद्ध सबै पक्षहरुको व्यवस्थापन तथा क्षमता विकास गुणस्तरीय शिक्षाका आधारभूत कुराहरु हुन । शिक्षकले सिकाउने र विद्यार्थीले सिक्ने ठाँउ भनेको कक्षाकोठा हो । तसर्थ गुणस्तरीय शिक्षाको एउटा अपरिहार्य पक्ष भनेको विद्यालयको भौतिक अवश्था पनि हो । विद्यालयको भौतिक अवश्था पर्याप्त, सुरक्षित र स्वच्छ हुनुपर्छ । कक्षाकोठा फराकिलो, सफा, पर्याप्त उज्यालो भएको, हावाको उपयुक्त प्रवाह हुनसक्ने, आवश्यक सामग्रीहरुले सुुुसज्जित हुन समेत अपरिहार्य छ ।
विद्यालयको भौतिक अवश्थाको सुधारका लागि हाल शिक्षा क्षेत्रमा कार्यान्वयनमा रहेको परिवर्तनकामी एवं अग्रगामी कार्यक्रम विद्यालय क्षेत्र सुधार कार्यक्रममा विद्यालयको २ कोठे नयाँ भवन निर्माण, ४ कोठे विद्यालय भवन निर्माण, समुदायमा व्यवस्थित विद्यालयका लागि २ कोठे भवन निर्माण, विद्यालय भवन मर्मत तथा पुनस्थापना, छात्रा शौचालय निर्माण, विद्यालयको बाहिरी वातावरणको सुधार  जस्ता कार्यक्रमहरु हाल संचालनमा रहेका छन । सोलुखुम्बु जिल्लामा पनि चालु आ.व. २०६८÷०६९ मा नयाँ २ कोठे विद्यालय भवन निर्माण (दुर्गम क्षेत्र समेत), समुदायमा व्यवस्थित विद्यालयको लागि २ कोठे विद्यालय भवन निर्माण (दुर्गम क्षेत्र समेत) गरी नयाँ २ कोठे भवनका लागि २७ वटा भवन, ४ कोठे विद्यालय भवन निर्माण २ वटा भवन, विद्यालय भवन मर्मत ३८ वटा, छात्रा शौचालय ३१ वटा, विद्यालयको वाहिरी वातावरण सुधार (छात्रछात्र शौचालय र खानेपानी) ४१ वटा कोटा प्राप्त भई हाल निर्माण कार्य भईरहेको अवश्थामा छ । नेपाल सरकारले सोलुखुम्बु जिल्लाका खुम्जुङ, नाम्चे, चौरीखर्क, जुभिङ, वुङ, छेस्काम, वाकू, पावै, गुँदेल, सोताङ र लोखिम गरी ११ वटा गाँउ विकास समितिलाई दुर्गम क्षेत्र विकास प्रयोजनको लागि दुर्गम क्षेत्रमा तोकेको छ । तोकिएका दुर्गम क्षेत्रमा दुर्गम क्षेत्रको कोटा अन्तर्गतको २ कोठे विद्यालय भवन निर्माणको लागि प्रति कक्षा कोठा रु. ३ लाख ७० हजारका दरले २ कोठे भवनको लागि कूल ७ लाख ४० हजार र अन्य क्षेत्रको लागि प्रति कोठा ३ लाख २५ हजारका दरले ६ लाख ५० हजार प्रति एकाई लागत निर्धारण गरिएको छ । विद्यालय भवन मर्मत ठूलोको लागि प्रति विद्यालय ५ लाख र अन्यको लागि प्रति विद्यालय १ लाख, छात्रा शौचालय निर्माणको लागि प्रति शौचालय २ लाख, विद्यालय वाहिरी वातावरणको सुधार (छात्राछात्र शौचालय र खानेपानी) को लागि प्रति कोटा रु.२ लाख र ४ कोठे विद्यालय भवनको लागि प्रति विद्यालय रु. २४ लाख रकम उपलव्ध हुने व्यवस्था कार्यक्रममा रहेको छ ।
शिक्षा विभागको नीति र निर्देशनमा विद्यालयको भवनको ड्रइङ, डिजाइन, स्पेशिफिकेशन एवं परिमाण तथा लागतको तयारी जिल्ला शिक्षा कार्यालयबाट हुन्छ । विद्यालयले कूल लागतको २५ प्रतिशत श्रमदान जुटाउनु पर्ने व्यवस्था रहेको छ । भौतिक सुविधा विस्तार कार्यक्रमको लागि शिक्षा विभागले तोकेको विद्यालय छनोटको प्राथमिकताको आधारमा विद्यालयको छनौट गरिसके पश्चात जिल्ला शिक्षा कार्यालय र विद्यालय व्यवस्थापन समितिबीच सम्झौता गरिन्छ । सम्झौता भएका विद्यालयहरुले काम शुरु गरेको प्राविधिक प्रतिवेदनको आधारमा पहिलो किस्ता बापतको रकम विद्यालयको खातामा निकासा दिईन्छ भने कार्यक्रमको निर्माणको प्रगति अनुसार अद्यावधिक गरिएको नापी कितावको आधारमा अर्को किस्ता रकम निकासा दिने प्रावधान छ । विद्यालयमा हुने निर्माण तथा मर्मतका कार्यक्रमहरु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म विद्यालयहरुले सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ । जिल्लामा सञ्चालन हुने सबै प्रकारका भौतिक सुविधा विस्तारका कार्यक्रमहरुको प्राविधिक रेखदेख गर्ने र सो कार्यको प्राविधिक जाँच गरी नापी किताव तयार गर्ने कार्य जिल्ला शिक्षा कार्यालयले तोकेको इन्जिनियर तथा सव–इन्जिनियरको हुन्छ । प्राविधिक कर्मचारीबाट तयार भएको नापी किताव प्राविधिक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निर्माण समितिको अध्यक्षबाट प्रमाणित गराई विद्यालयमा समेत राख्नुपर्छ र आर्थिक लेखा परीक्षण भएको समयमा लेखापरीक्षकबाट समेत उक्त नापी किताव प्रमाणित गराउनु अनिवार्य छ । सम्बन्धित प्राविधिक कर्मचारीबाट तयार गरिएको भौतिक सर्वेक्षण फाराम, लागत अनुमान, मूल्यांकन प्रतिवेदन, नापी किताव, कार्यसम्पन्न प्रतिवेदन २÷२ प्रतिका दरले विद्यालयको प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीको दस्तखत गराई विद्यालय र जिल्ला शिक्षा कार्यालयमा राख्नुपर्छ । विद्यालयको भौतिक निर्माण कार्यको लागि विद्यालयमा जाने कूल रकमको २ प्रतिशत रकम निर्माण कार्यमा आवश्यक पर्ने नापीकिताव, प्राविधिक सामग्री तथा मसलन्द खरिद गर्न एवं जिल्ला शिक्षा कार्यालयबाट हुने अनुगमन, सुपरीवेक्षण तथा सुपरीवेक्षण कार्यमा आवश्यक पर्ने प्राविधिक कार्यको लागि खर्च गर्ने प्रयोजनको लागि विद्यालयको लागत अनुमान मै  समावेश गरी कन्टिन्जेन्सीबापत विद्यालयले छुट्याउनु पर्ने व्यवस्था  कार्यक्रम कार्यान्वयन पुस्तिका २०६८÷०६९ मा रहेको छ । यस बाहेकको सम्पूर्ण रकम विद्यालयले विद्यालयको निर्माण कार्यमा लगाउनु पर्ने हुन्छ ।
जे होस् राज्यले शिक्षाको विकासमा धेरै लगानी गरिरहेको छ । नागरिकलाई शिक्षा प्रदान गर्न लागि परेको छ । गुणस्तरीय शिक्षाको एक अपरिहार्य तत्व भौतिक सुधारको लागि सरकारले शिक्षामा गरेको लगानीको ठूलो हिस्सा भौतिक सुधारमा पनि लगाएको छ । तर निर्धारित मापदण्ड र गुणस्तर प्राप्त नभएको गुनासो यत्रतत्र सन्न पाईन्छ । यस्ता गुनासाहरु निवारणका लागि विद्यालय, समुदाय, व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय लगायत सम्बद्ध सबै शैक्षिक सरोकारवालाहरुको भूमिका वढी महत्वपूर्ण हुन जान्छ । चालु आ.व.मा सोलुखुम्बु जिल्लामा संचालन हुने भौतिक सुधारका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्नमा सबै पक्षको सक्रिय र रचनात्मक सहयोगको आवश्यकता रहेको छ ।





 

प्रतिक्रियाहरु:
No feed back Yet...
प्रतिक्रिया पठाउनुहोस

Type what you see in picture below
Solu Samachar Saptahik

Recent News

Most Viewed

Program Schedule
  • शुभवचन
    Time :05:00am-06:00am
  • कायाकैरन
    Time :06:00am-06:30am
  • सँघियता सँघालो
    Time :06:30am-07:00am
  • सोलु समाचार
    Time :07:00am-07:15am
  • वि.वि.सि. नेपाली सेवा
    Time :07:15am-07:30am
  • राष्ट्रिय गित
    Time :07:30am-08:00am
  • नेपाल खवर
    Time :08:00am-08:10am
  • प्रत्यक्ष कुराकानी सोलु एफ.एम.
    Time :08:10am-09:00am
  • हालचाल
    Time :09:00am-09:15am
  • लक्की
    Time :09:15am-10:00am
  • हालचाल
    Time :10:00am-10:10am
  • हेलो ! सोलुखुम्वु
    Time :10:10am-11:00am
  • हालचाल
    Time :11:00am-11:10am
  • विभिन्न गितहरु
    Time :11:10am-12:00pm
  • इन्द्रेणि
    Time :12:00pm-01:00am
  • इन्द्रेणि
    Time :01:00pm-02:00pm
  • पप गित
    Time :02:00pm-03:00pm
  • लोक पहिचान
    Time :03:00pm-04:00pm
  • हालचाल
    Time :04:00pm-04:10pm
  • गितै गित
    Time :04:10pm-05:00pm
  • हालचाल
    Time :05:00pm-05:15pm
  • आधुनिक गित
    Time :05:15pm-06:00pm
  • नेपाल खवर
    Time :06:00pm-06:10pm
  • मुवारे बुङ थुलुङ
    Time :06:10pm-06:45pm
  • राष्ट्रिय गित
    Time :06:45pm-07:00pm
  • सोलु समाचार
    Time :07:00pm-07:30pm
  • सेरोफेरो
    Time :07:30pm-08:00pm
  • नेपाल दर्पण
    Time :08:00pm-08:30pm
  • अँध्यारो उज्यालो
    Time :08:30pm-08:45pm
  • वि.वि.सि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • प्रकाश सायमी
    Time :09:15pm-10:00pm
  • हाम्रो सम्पुर्ण प्रसारण बन्द
    Time :10:00pm-10:05pm
  • बिहान ५ बजे फेरी आउँछौँ
    Time :10:05pm-00:00am
Advertisement