भोजराज कार्की, सोलु एफएम चैत्र ३१ - सोलुखुम्बु कोशी पारीका गाविसहरु बुङ, छेस्काम, गुदेल, लोखिम, वाकु लगाएको गाविसका बिद्यार्थीहरु भारी बोक्न खुम्बु क्षेत्र निस्किएका छन् । शैक्षिक सत्र २०६९ को बार्षिक परिक्षा सकिनसाथ नयाँ शैक्षिक सत्रको लागि भर्ना शुल्क, पोषाक र कपी÷कलम जुटाउन उनिहरु भारि बोकेर खुम्बु क्षेत्रतिर लागेका हुन् ।