कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

सोलु समाचार

  • भाईरल प्रभावीत क्षेत्रमा रहेको पेल्माङ आधारभुत विद्यालय अझै केहि दिन बन्द हुने ।

        सुबास दर्नाल,सोलु एफ एम । सोलुखुम्बु माग ७–सोलुखुम्बुको महाकुलुङ गाउपालीका  स्थीत भाईरल प्रभावीत क्षेत्रमा रहेको पेल्माङ आधारभुत विद्यालय अझै केहि दिन बन्द हुनेभएको छ । बुङमा फैलिएको भाइरलका कारण गत मंगलबार देखि शुक्रबार सम्म पठनपाठन बन्द गरेको विद्यालयले भईरल पुर्ण रुपमा नियनत्रणमा नआउन्जेल सम्मका लागी पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।   आईतबार...

  • सोलुखुम्बुमा ट्राफिक नियम उल्लघंनको गर्ने सवारी कारबाहीबाट पौषमा ६१ हजार बढि राजस्व सकंलन ।

        सोलु एफ एम सोलुखुम्बु । २०७४,माग ६–ट्राफिक प्रहरी कार्यलय सोलुखुम्बुले पौष महिनामा ६१ हजार ५ सय राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनको कारबाहीबाट उक्त राजश्व संकलन गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका इन्चार्ज वेदलाल गौतमले जानकारी दिनुभयो ।  पौष महिनामा ३ वटा बसबाट २५ सय, ४ वटा ट्रकबाट ३ हजार, ट्याक्टर ९ वटा बाट ७ हजार...

  • स्रोत साधन युक्त बन्दै सोलुदुधकुण्ड नगरपालीका

        सुबास दर्नाल,सोलु एफ एम । २०७४,माग ६–सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालीका विस्तारै स्रोत साधन युक्त बन्दै छ ।  स्काभेटर र ब्रेकर पत्ताले आएको नगरपालीकाका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिनुभयो । करिब १ करोड २४ लाखको लागतमा आज स्काभेटर र ब्रेकर पत्ताले आईपुगेका हो  । नगरपालीकामा यस अघि  ४० लाखको लागतमा सडक ग्राबेल गर्दा प्रयोग गरिने रोलर आईसकेको छ ।...

  • सोलुखुम्बुको बुङमा फैलिएको भाइरल नियन्त्तणमा आयो ः जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु ।

        सृष्टि सुनुवार,सोलु एफ एम ।् २०७४,माग ६–सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं २ बुङमा  फैलिएको भाइरल नियन्त्तणमा आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले दावी गरेको छ ।   जिल्ला स्वास्थ्य  कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिमांर छिरीङ शेर्पाले ९० प्रतिशत नियन्त्रणमा आएको भन्दै चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले एक हप्ता भित्र...

  • news

    प्रसूती गराउन अस्पताल जानुहोस्, गाउँपालीकाबाट पाँच हजार रुपैया लिनुहोस् ।

    माघ ५ , २०७४ भोजराज कार्की, सोलुखुम्बु ः  मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रशुति गराएबापत गाउँपालीकाले थप प्रोत्साहन भत्ता दिने भएको छ । जिल्लाको थुलुङ दुधकोसी गाउँपालीकाले अस्पतालमा गएर प्रसुती गराउने आमालाईल प्रत्सोहान स्वरुप पाँच हजार रुपैया दिने भएको हो ।  गाउँपालीकाको प्रथम गाउँसभाले यो निर्णय गरेसंगै बिहिबार देखी औपचारीक रुपमा लागु भएको...

  • भाइरल प्रभावीत महाकुुलुङमा ४५८ को उपचार, रोग पत्ता लगाउन नमुना संकलन गरियो ।

    पुस ५, २०७४ सोलु एफ एम, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४ सय ५८ जनाको  उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टर सन्डु शेर्पा सहितको टोलीले ४ सय ८७ नाम दर्ता गरिएकोमा आइतबार देखि शुक्रबार सम्म गरी ४ सय ५८ जनाको उपचार गरेको हो ।  जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुबाट प्रभावित क्षेत्रमा पुगेको र्यापिड...

  • news

    सुन्तला बेचेरै हप्ताको ८० हजार कमाई ।

      सुबास दर्नाल,सोलु एफ एम सोलुखुम्बु । २०७४ माग ५,–सोलुखुम्बुका अक्कल बहादुर श्रेष्ठले सुन्तला बेचेर हप्ताको करिब ८० हजार सम्म आम्दानी गर्नुभएको छ । थुलुङ दुधकोशी गाउपालीका ६ मुक्लीका श्रेष्ठले गाउँमा उत्पादन भएका सुन्तला जम्मा गरी सदरमुकाम स्थित साप्ताहिक हाट नयाबजारमा ल्याएर विक्रि गर्नुहुन्छ । गाउँका कृषकहरुले उत्पादन गरेका सुन्तला बोटमै गएर ठेग्ने गरेको...

  • सोलुखुम्बुमा राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखीकरण गरिने ।

      सुबास दर्नाल,सोलु एफ एम । २०७४÷माग ५—सोलुखुम्बुमा राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ  । राज्यले नागरिकका लागि प्रदान गर्ने राष्ट्रिय परिचयपत्र सम्बन्धि जानकारी गराउने उदेश्यले यहि सोमबार एकदिने अभिमुखीकरण राखिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको आयोजनामा...

  • बुङमा भएको भाइरल प्रकोपबाट प्रभावितको अवस्था सुधारोन्मुख, ३ सय ३३ जनाको उपचार

      सृष्टि सुनुवार, सोलुखुम्बु  माग ४- महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ३ सय ३३ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टर सन्डु शेर्पाले विहीबार सम्म ३३३ जनाको उपचार गरिएको जानकारी दिनुभयो । बढि जसो बालवालिका प्रभावित छन् भने ३०/३५ जना अभिभावकलाई पनि सोही लक्षण देखिएको छ । उहाँले गम्भिर विरामी परेका एक दर्जन बालवालिकाको अहिले...

  • सोलुखुम्बुको गाउँगाउँमा सडक पुगेपछि ........

    माघ 3, २०७४ भोजराज कार्की, सोलुखुम्बु ः    सोलुखुम्बु पावैका भक्त कार्की विगत दश ५ वर्ष अगाडी सम्म ढाकर र तोक्मा संगै भेटिन्थे, बाह्रै महिना थाप्लोमा नाम्लोले नछाडेको उनको थाप्लोले अहिले पालो पाएको छ । १४ वर्ष निरन्तर साहुँको भारी बोकेका कार्कीको गाउँगाउँमा सडक पुगेपछि थाप्लोले पालो पाएको छ, उनको ढाँकर र तोक्मा घरैमा थन्किएका छन् । यो त एक प्रतिनिधि आवाज मात्र हो ।...

  • बुङमा २ सय बढि बालवालिका विरामी भएपछि ६ गतेका सम्मका लागि विद्यालय बन्द ,स्वयनफ्लुको आशांका गरीएको डाक्टर शेर्पाको भनाई ।

      सृष्टि सुनुवार, सोलुखुम्बु माग २ - महाकुलुङ गाउँपालिका वडा नं २ बुङमा रहेको पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी भएपछि क्रास फैलिएको छ । शनिबार देखि एक दुई जनामा रुघाखोकीको लक्षण देखिएको भएपनि आइतबार सम्म २ सय बढि बालवालिका प्रभावित भएपछि अभिभावकमा क्रास फैलिएको हो ।  प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट खटिएको स्वास्थ्य कर्मीको...

  • हिमपातको समय गाडी सावधानी पुर्वक चलाउनुहोस् !

      सृष्टि सुनुवार, सोलुखुम्बु माग २ - ट्राफिक प्रहरी सोलुखुम्बुले हिमपातको समय सुरु भएकाले सावधानी पुर्वक गाडी चलाउन आग्रह गरेको छ । सोलुखुम्बुमा स्थानीय तथा लामो रुटमा गरी दैनिक ५० देखि ६० वटा यात्रुबाहक गाडीहरु सल्लेरीबाट प्रस्थान गर्ने भएकाले हिमपात हुने क्षेत्र तथा टुसारो जमेको बाटोमा विचार प्रयाउन आग्रह गरेको हो । अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका...

  • सगरमाथा क्षेत्रको १५ टन बढि फोहोर तारा एअरलाइन्स मार्फत काठमाण्डौ ढुवानी ।

    सृष्टि सुनुवार, सोलुखुम्बु ।  माघ १- सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क रुपमा १५ हजार २ सय २९ किलो फोहोर ढुवानी गरेको छ । सगरमाथा प्रदुशन  नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सल ढुवानी गरेको हो ।   २ बर्षको अवधिमा उक्त फोहोर ढुवानी...

  • विद्युत अवरुद्ध हुदाँ उपभोक्ता प्रभावित

      सोलु एफएम, सोलुखुम्बु  मेसिनमा आएको खराबीका कारण सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुको विद्युत सेवा अवरुद्ध हुदाँ उपभोक्ता प्रभावित भएका छन् । विद्युत गृहको अल्टरनेटरको बे्रेकरमा समस्या आउदा शनिबार विहान ८ बजे देखि दिउसो २ बजे सम्म विद्युत सेवा अवरद्ध भएको थियो ।    कम्पनीका विभागिय प्रमुख रामेश्वर मास्केले सेवा ग्राहीमा पर्न गएको असर प्रति क्षमा...

  • भाउ घटेपछि महाकुलुङ बासी खुशी

      सोलु एफएम, सोलुखुम्बु  पछिल्लो समय जुनसुकै बस्तुमा मंहगी बढीरहदाँ सोलुखुम्बुको कोशी पारी क्षेत्रमा भने खाद्यान्न लगायत बस्तुमा भाउ घटेको छ । दुधकोशी पुलबाट गाडी वारपार गर्न थाले सगैँ दैनिक उपभोग्य बस्तु सँगै अन्य बस्तुको भाउ घटेको हो ।  महाकुलुङको बुङमा सामान पाइने मुल्यमा अहिले गुदेलमा नै सामान पाउन सकिने भएको छ । पहिले दिप्ली देखि खच्चडबाट सामान ढुवानी...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org