ताजा खबर

सोलु समाचार

  • news

    १५ जना नेपाली महिला सहित ३४६ जनाले सगरमाथा आरोहणको अनुमति पाए

      सृष्टि सुनुवार, सोलुखुम्बु  वैशाख ११,२०७५ - विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस बर्षको बसन्त ऋतुमा १५ जना नेपाली महिला सहित ३ सय  ४६  जनाले अनुमति लिएका छन् ।  आज मंगलबार सम्मको आरोहण अनुमति लिने समुहको तथ्यांक अनुसार ४ वटा नेपाली समुह रहेका छन् । नेपाली समुहको २० जना आरोही मध्ये १५ जना महिला रहेको पर्यटन विभागका सुचना अधिकारी रामकुमार सापकोटाले...

  • सोलुखुम्बुको नेचा सल्यानमा सम्पन्न एकिकृत घुम्ती शिविरमा ९९ जनाले सेवा लिए ।

      सोलु एफ एम बैशाख १०–सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा सोमबार भएको  एक दिने एकिकृत घुम्ती शिविरमा ९९ जनाले सेवा लिएका छन् । गाउपालीकाको वडा नम्बर ३,४ र ५ लाई लक्षित गरी शिविर आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा गएको टोलीले ५५ जनालाई नया नेपाली नागरिकता, ३४ जनालार्ई प्रतिलिपि र २ जनाको...

  • सोलुखुम्बुको पत्तालेमा निर्माणधिन बुद्धपार्कको २३ लाखको काम सम्पन्न ।

      सोलु एफ एम ,बैशाख १०–सोलुखुम्बुको पत्तालेमा निमार्णधिन बुद्धपार्क चाडै निमार्ण सम्पन्न गर्नुपर्ने स्थानीयले माग गरेका छन् । आर्थिक बर्ष २०७३÷७४ बाट निमार्ण सुरु भएको बुद्धपार्क निमार्ण चाडै सम्पन्न गरिए पत्तालेमा थप पर्यटकको आगमन हुने भन्दै स्थानीयले यस्तो माग गरेका हुन् ।  सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ को पत्तालेमा २ रोपनी क्षेत्रफलको सरकारी जग्गामा...

  • news

    यौनजन्य हिसांमा संलग्नलाई उन्मुक्ति दिन नहुने अधिकारकर्मीको भनाई

      वैशाख ९, २०७५ सोलु एफएम, सोलुखुम्बु -   सोलुखुम्बु जिल्लामा भएका महिला हिंसा सम्वन्धी घटनाका दोषीलाई कडा  कारबाही हुनुपर्ने माग गरिएको छ ।  महिला मानव अधिकारकर्मीले आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै यस्तो माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सामुदायिक प्रहरी सेवा केन्द्र सल्लेरीमा अभियुक्तलाई आइतबार...

  • news

    सोलुखुम्बु प्रहरीको सफल अपरेशन, चोरी, सार्वजनिक अपराध तथा जबरजस्ती करणी मुद्धाका अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक ।

       सोलु एफ एम,बैशाख ९– जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्लामा भएका चोरी, सार्वजनिक अपराध तथा जबरजस्ती करणी जस्तो जघन्य अपराधमा संलग्नको आरोपमा पक्राउ परेकाहरुलाई सामुदायिक प्रहरी सेवा केन्द्रमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । अपराध अनुसन्धानका लागि प्रविधिको प्रयोग...

  • news

    कौडा गित " दन्त्य मोहनी " को म्युजिक भिडियो छायाकंन सकियो

      सोलु एफएम, सोलुखुम्बु - संचारकर्मी यमुना मगरको “दन्त्य मोहनी”कौडा गितको म्युजिक भिडियो छायांकन सकिएको छ । वैशाखको पहिलो साता म्यूजिक भिडियोको छायाँकन ललितपुरको भैसेपाटीमा गरिएको हो । म्युजिक भिडियोमा मगरहरुको भेषभुषा सहित लालबहादुर मगर र माया शेर्पा, जिवन थापा मगर, गायक सागर विरही र गायिका मगर स्वंमले अभिनय गर्नुभएको छ । कलाकारहरुको अभिनयले गितलाई न्याय गरेको...

  • news

    सोलुखुम्बु सदरमुकाम स्थित साप्ताहिक हाटमा शनिबार तरकारी मुल्यमा बृद्धि ।

      अन्जु कार्की सोलु एफ एम सोलुखुम्बु,बैशाख ९—  सोलुखुम्बुको सदरमुकाम स्थित साप्ताहिक हाट नयाँबजारमा शनिबार तरकारीको मुल्यमा बृद्धि भएको छ । यस सिजनमा स्थानिय स्तरमा उत्पादन हुने तरकारीको उत्पादन कम हुने भएकाले मुल्यमा केहि बृद्धि भएको ब्यापारीहरुले बताएका छन् । अघिल्लो हप्ता ५० रुपैया प्रति केजिमा विक्रि भईरहेको टमाटर ६० रुपैयामा विक्रि भएको छ । त्यस्तै १२०...

  • २२ वटा हिमाल आरोहणका लागि झन्दै ७ सयले आरोहण अनुमति पाए ।

      सोलु एफ एम सोलुखुम्बु,बैशाख ९—यस वर्षको वसन्त ऋतुमा  सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् ।  पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् ।  यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका ३४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन् ।...

  • सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालित घुम्ती शिविरबाट १ सय बढिले सेवा लिए ।

      डिल्ली शर्मा,सोलु एफ एम सोलुखुम्बु,बैशाख ९—सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नम्बर २ मा सञ्चलित एकिकृत घुम्ती शिविरमा १ सय १४ जनालाई नेपाली नागरिकता वितरण गरिएको छ । गाउँपालिकाको सहकार्यमा आयोजीत उक्त शिविरमा नेपाली नागरिकता र अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुनिल खानालको नेतृत्वमा...

  • सोलुदुधकोशी जलविद्युत अयोजनाले आइपिओ शेयर चाडै जारी गर्ने ।

      सोलु एफ एम,बैशाख ८—सोलुखुम्बुमा निर्माणाधिन सोलुदुधकोशी जलविद्युत अयोजनाले आइपिओ शेयर जारी गर्ने भएको छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट यहाँ निर्माण गर्न लागिएको मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको उक्त आयोजनाले आइपिओ शेयर जारी गर्ने निर्णय गरेको कम्पनिका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिनुभयो ।  आयोजना निर्माण कम्पनी साहास उर्जा...

  • सोलुखुम्बु्को नेचा सल्यानमा पाँच दिने बाख्रा तालिम सुरु ।

         डिल्ली शर्मा,सोलु एफ एम । सोलुखुम्बु बैशाख ७–महिला तथा बालबालीका शाखा नेचा सल्यान गाउँपालीकाको आयोजनामा पाँच दिने बाख्रा पालन सिप बिकास सम्बन्धित तालिम सुरु भएको छ । तालिममा सावीक नेचाबतासे ६ का सहकारी संस्थामा आवद्द रहेका २० जना महिलाको सहभागीता रहेको छ ।      तालिमको सहजीकरण पशु विकास शाखा नेचा सल्यानका प्रमुख खगेन्द्र विश्वकर्माले गरिरहनुभएको छ । तालिम...

  • news

    हाईड्रोपावरबाट क्षती पुर्ती नपाएपछि तिङ्लाबासी आन्दोलीत ।

    सोलु एफ एम, ७ बैशाख  सोलुखुम्बु, ः तिङलाका हाईड्रो प्रभावित स्थानियले विहिबार प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । तिङलामा निर्माणाधिन ८२ मेगावाट तल्लो सोलुखोला जलविद्युत आयोजनाले स्थानियको मागलाई बेवास्ता गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।   निर्माणाधिन हाईड्रोका कारण स्थानीय स्तरमा परेको असर तथा विभिन्न क्षतीपुर्तीको...

  • news

    सगरमाथा सहित तीन हिमाल आरोणका लागि ३८३ आरोही आधार शिविरमा

    भोजराज कार्की सोलु एफ एम, चैत्र ६,    सोलुखुम्बु ः   वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् ।    यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हँुदै आधार शिविर पुगिसकेका छन्् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् । तीन हिमाल...

  • सोलुखुम्बुका पैयामा एक व्यक्ति मृत अवस्थामा भेटिए ।

            सोलु एफ एम बैशाख ५—सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालीका १ पैयामा एक व्यक्ति मृत अवस्थामा भेटिएको छ । करिब ४० बर्ष जस्तो देखीने पुरुषको शब सड्नलागेको अवस्थामा भेटिएको वडा सदस्य गंगाराम राईले जानकारी दिनुभयो ।       पैयाको मानेडाडा देखी पैया खोला सम्मको बाटो मर्मत तथा सरसफाई गर्ने क्रममा पैयाको जंगलमा आज उक्त सब भेटिएको वडा सदस्य राईले जानकारी...

  • सोलुखुम्बु सदरमुकाम सल्लेरीको विभिन्न पसल चोरी गर्ने मुख्य गिरोह पक्राउ ।

      सोलु एफ एम बैशाख ५—सोलुखुम्बु सदरमुकाम सल्लेरीको विभिन्न पसल चोरी गर्ने मुख्य गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीको सहयोगमा प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरेको श्रोतले जनाएको छ । उनीहरुलाई हिजै ट्राफिक प्रहरीको समेत सहायताले पक्राउ गरि सोलुखुम्बु ल्याईदै गरेको बताईएको छ । थप विवरण भने आउन बाकी रहेको छ...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org