ताजा खबर

राष्ट्रिय

  • अस्थायी शिक्षकको रोकिएको परीक्षा मिति तय, २२ हजार पदमा विज्ञापन

    भक्तपुर - पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा मिति तोकिएको छ । यही असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुने गरी शिक्षक सेवा आयोगको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष ताना गौतमले जानकारी दिए । पहिले परेको आवेदनकै आधारमा यस अघि नै तोकिएका केन्द्रमा परीक्षा हुने उनले बताए । परीक्षाका लागि प्राथमिक, निम्न...

  • news

    दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा, अझै विश्वसनीय छानबिन भएन

    काठमाडौं, जेठ १९ । आज जेठ १९ अर्थात् नेपाली राजनीतिले कठोर ‘कालसत्य’ ब्यहोरेको दिन । आजभन्दा ठीक १७ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो । जहाँ राजा वीरेन्द्र्रको वंशनाश गरिएको थियो । समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबारे रात्रीमा राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या गरिएको थियो...

  • मुख्यमन्त्रीको राजीनामा माग

    काठमाडौँ, २ जेठ  ः नेकपा ९माले० ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।    पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी...

  • हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको विमान

    सुर्खेत, जेठ २ – मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।   विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले उज्यालोलाई जानकारी दिनुभयो । दुर्घटनास्थलमा एक जनाको शव पनि भेटिएको उहाँले जानकारी दिनुभयो । नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई,...

  • news

    आउदो भदौबाट बहुविवाह कानुनी रुपमा दर्ता नहुने

      सोलु एफ एम ,शनिबार, ८ बैशाख, २०७५—  आँउदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय(जाति नै समाप्त हुने गरी) हत्य गरेमा...

  • news

    फेसबुकको प्रेमबाट सुरु भएको सम्बन्धको विश्वासमा पर्दा ...

      सोलु एफ एम, वैशाख ७ — दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती बाँकेको कोहलपुरका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन् । फोन र फेसबुकबाटै ‘भाग्ने’ मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चोरहारी बसपार्कमा तिवारीसँग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै...

  • news

    जथाभावी शुल्क नलिन निजी बिद्यालय सञ्चालकहरुलाई शिक्षा मन्त्रीको निर्देशन

    चैत्र २२, २०७४ काठमाण्डौं ः शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले जथाभावी शुल्क नलिन निजी बिद्यालय सञ्चालकहरुलाई निर्देशन दिनुभएको छ । शिक्षा क्षेत्र उच्चतम मुनाफा कमाउने क्षेत्र होइन, निजी तथा आवसीय बिद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा आज काठमाण्डौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पोखरेलले भन्नुभयो ः मन्त्रालयको निर्देशिका...

  • कोहलपुर महोत्सवमा सरस्वतीले मच्चाईन हगंमा,३ जना प्रहरी नियन्त्रणमा ।

      सोलु एफ एम, माघ २७ – बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको दोस्रो दिन शनिबार गायिका सरस्वती लामाको सांगितिक प्रस्तुतिका कारण महोत्सवस्थल अनियन्त्रित भएको छ । लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि  सहभागी युवाहरु अनियन्त्रित भएपछि लामाको...

  • त्रिशूलीमा जिप खस्दा सिँचाइ सचिवसहित दुईजनाको मृत्यु, एक बेपत्ता, गोताखोर घाइते ।

      सोलु एफ एम सोलुखुम्बु । माग २७,२०७२–सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप त्रिशूली नदीमा खस्दा सचिव यादवसहित दुईजनाको मृत्यु भएको छ । एकजना हराइरहेका छन् । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बा२झ ३१४० नम्बरको जिप आज बिहान पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३ सलाङघाटस्थित त्रिशूलीमा खसेको थियो । जिप खस्दा सचिव...

  • धनकुटा आज पनि बन्द

     धनकुटा पुस २७, २०७४  -प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज पनि धनकुटा बन्द आव्हान गरेका छन् ।धनकुटालाई प्रदेश नं.१ को राजधानी तोकिनुपर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् । लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदलिएको थियो ।  तर आज पुन: बन्द...

  • ख्रीष्टमसको शुभकामना

    पौष १०,२०७४ ।    क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाइँदैछ ।यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।येशू ख्रीष्टको...

  • ‘प्रगतिका आधारमा नगरपालिकालाई वर्गीकरण गरिनुपर्छ’

    ९ पुस, २०७४ काठमाडौँ, ः चालू आर्थिक वर्षको प्रथम चार महिनामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३.५४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७४÷२०७५ को प्रथम चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तो जानकारी गराइएको हो । यो अवधिमा चालू खर्च भने १५.२ प्रतिशत भएको छ...

  • news

    समानुपातिक सिट बाडफाँड, कुन दललाई कति सिट पुरा हेर्नुहोस ।

    पुस ७, २०७४ काठमान्डौ ःनिर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गरेको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माले आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत दलले प्राप्त गरेको कुल सिट...

  • प्रहरी र म्यादी बीच झडप हुँदा एकको मृत्यु, केहि बालबालीका समेत बेपत्ता ।

    पुस ७, २०७४ कालीकोट, ः प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको छ ।  प्रहरीले म्यादी प्रहरीको तलब...

  • news

    नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा आयो ।

     पुस ५, २०७४, बिरगञ्ज सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ । वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको होे ।  स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय सहर रक्सौलबाट आएका...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org