अन्तर्राष्ट्रिय

  • news

    नवनिर्वाचित भारतीय राष्ट्रपतिले सपथ लिए

    रामनाथ कोविंदले भारतको १४औं राष्ट्रपतिको रुपमा सपथ लिनुभएको छ । सपथग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूर्व राष्ट्रपति प्रतिभा पाटिल, कांग्रेस अध्यक्ष सोनिया गान्धी, बिहारका मुख्य मन्त्री नीतीश कुमारलगायतका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति कोविंद राजघाट पुगेर...

  • ७० जना गाँउले अपहरित, सात जनाको हत्या

    अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ ।  अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि अरू कम्तीमा तीस जना अझै पनि बेपत्ता रहेको कान्दाहार प्रान्तका प्रहरी प्रमुख अब्दुल राजिकले एएफपीलाई जानकारी...

  • news

    अफगानिस्तान : तालिबानद्वारा अपहरण गरेका सातजनाको हत्या

    अफगानिस्तानमा तालिबान बिद्रोहीले अपहरण गरेका कम्तिमा सातजनाको हत्या गरेका छन् । तालिबान बिद्रोहीले कान्दाहार प्रान्तको गाउँबाट यो हप्ताको सुरुमा ६० भन्दा बढी गाउँलेलाई अपहरण गरेका थिए ।  त्यसमध्ये कम्तिमा सातजनालाई अफगान बिद्रोहीले हत्या गरेको अफगान प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अपरहणमा परेका मध्ये ३० जना भने मुक्त भएका छन् । तर अझै ३०...

  • लेखकलाई ६ महिनाभित्र मुस्लिम नबने हातखुट्टा काटिदिने धम्की

    भारतको केरला राज्यका प्रसिद्ध मलयाली लेखक केपी रमनउन्नीलाई एउटा बेनामे धम्कीपूर्ण पत्र पुगेको छ । पठाउनेको परिचय नखुलेको पत्रमा रमनउन्नीको लेखनका कारण मुस्लिम युवक भड्किएको भन्दै ६ महिनाभित्र मुस्लिम नबने दाहिने हात र देब्रे खुट्टा काटिदिने धम्की दिइएको छ ।  लेखकले पत्रबाट पत्र कसले पठाएको हो भन्ने नखुलेपनि मलप्पुरम जिल्लाको मंजेरीबाट आएको हुन सक्ने आशंका गरेका छन्...

  • news

    भाजपाका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित

    भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५ प्रतिशत मत पाउनुभएको भारतीय सञ्चार माध्यमले  जनाएका छन् । उहाँका प्रतिस्पर्धी युपीएकी उम्मेदवार मिरा कुमारले ३४ प्रतिशत मत पाउनुभयो । कोविन्दले राष्ट्रपति प्रणव मुखर्जीलाई...

  • news

    ७५ वर्षअघि हराएको जोडी हिउँमुनि पुरिएको अवस्थामा भेटिए

    दोस्रो विश्वयुद्धताका आफ्नै फार्महाउसबाट हराएको एक स्विस जोडी ७५ वर्षपछि हिउँले पुरिएको अवस्थामा मृत फेला परेका छन् । सन् १९४२ मा मार्सेलिन र फ्रान्सिन डुमोलिन आफ्नै फार्म हाउसमा दुध दुहुन गएपनि कहिल्यै फर्केनन् ।   स्कि रिर्सोटका एक जना कामदारले गत हप्ता काम गर्दै गर्दा ती दुई दम्पतीको शव फेला पारेका थिए ।  एल्पस पर्वतको हिउको चट्टानमा जमेकोअवस्थामा ती दुईको शव...

  • news

    एउटा बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा

    बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ ।   मानिसका कारण विद्युत आपूर्तिमा समस्या भएको भए कारवाही गर्न सकिने भए पनि...

  • अमेरिकी जासुसलाई इरानमा १० वर्ष जेल सजाय, अमेरिकाले भन्यो - रिहा गर्नुपर्छ

    इरानमा अमेरिकी एक नागरिकलाई जासुसीको आरोपमा १० वर्षको जेल सजाय सुनाईएको छ । इरानको सरकारी टेलिभिजनले अमेरिकी नागरिकलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो ।  सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको इरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।  उनलाई जासुसीको आरोपमा पक्राउ गर्नु अघि झण्डै चार हजार पाना दस्तावेज डिजिडल अर्काइब...

  • अफगानीस्तानमा आइएस प्रमुख मारिएको अमेरिकाको दावी, ७७ जना मारिए

    अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानका विद्रोही समूह इस्लामिक स्टेट (आईएस) प्रमुख अबु सयदलाई मारेको दावी गरेको छ ।  पूर्वी प्रान्त कुनारमा अमेरिकी सेनाले सयदसहितको एक समूहमाथि आक्रमण गरेको र उनी मारिएको दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी लडाकू मारिएको दावी छ ।  देशभरी गएको...

  • news

    नोबेल पुरस्कार विजेता लिउको अन्तिम विदाई

    गत बिहीबार निधन भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको शनिबार अन्त्येष्टि गरिएको छ । उहाँको शवलाई उहाँकी श्रीमती लिउ जियासहितले आफ्नो संस्कार अनुसार शनिबार विहान अन्त्येष्टि गरेका हुन् ।  अन्त्येष्टिका बेला सामान्य रुपमा आयोजना गरिएको विदाई समारोहमा उहाँका पारिवारिक सदस्य, इष्टमित्र र सुवेच्छुकहरुले लिउलाई दुःखका साथ सधैका लागि विदाई गरेका छन...

  • चीनसँगको विवाद समाधान गर्न भारतले कुटनीतिक पहल थाल्ने

    चीनसँगको विवाद समाधान गर्न भारतले कुटनीतिक पहल थाल्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सीमा क्षेत्रको विवाद समाधान गर्न भारतले कुटनीतिक प्रयास थाल्ने तयारी गरेको हो ।  चीनमा हुन लागेको ब्रिक्स राष्ट्रको सम्मेलनमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवाल सहभागी हुने र उहाँले त्यहाँ रहँदा चीनको राष्ट्रिय सुरक्षा सल्लाहकारसँग विवाद समाधानका विषयमा कुरा...

  • आगलागीमा परेर साउदी अरबमा ११ जना आप्रवासी कामदारको मृत्यु, ६ जना घाइते

    साउदी अरबको एक घरमा आगो लाग्दा ११ जना आप्रवासी कामदारको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।  झ्याल नभएको घरमा आगो लागेको र उनीहरुको निस्सासिएर ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेहरु बंगलादेश र भारतका रहेका बिबिसीमा खबर छ । त्यहाँको सरकारले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ । साउदी अरबमा आप्रवासी कामदारको सुरक्षा जोखिम रहेको अधिकारकर्मीले बताएका छन् । साउदी...

  • आइएसलाई सहयोग गर्ने अमेरिकी सैनिक पक्राउ

    एकजना अमेरिकी सैनिकले आतंककारी संगठन,आइएसलाई सहयोग गरेको पाइएपछि उनलाई सोमबार पक्राउ गरिएको छ ।  अमेरिकी सुरक्षा अनुसन्धान निकाय, एफबिआइले सो जानकारी दिएको छ ।  निकायले दिएको जानकारी अनुसार अमेरिकी सेनामा कार्यरत ३४ वर्षका अधिकारी इकाइका एरिक काङले आइएसलाई सहयोग गरेको पाइएको एफबिआइले जनाएको छ ।  उनी हवाइमा पक्राउ परेका हुन् । उनले आइएसलाई आवश्यक सैनिक सामग्री...

  • news

    ट्रम्प–पुटिन वार्तामा नाकाबन्दीको कुरा भएको हो– ह्वाइट हाउस

    अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ । जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उहाँहरुबिच पहिलो पटक भेटवार्ता भएको हो ।  सो वार्ताका क्रममा उहाँहरुबिच सन् २०१६ मा...

  • news

    इराकी प्रधानमन्त्री मोसुलमा

    इराकी प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको भ्रमण गर्नुभएको छ । मोसुलमा इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ । गएको वर्षको अक्टोबर १७ देखि सुरु भएको अभियानको क्रममा इराकी सेनाले मोसुलका धेरै महत्वपूर्ण क्षेत्रमा विजय प्राप्त गरेको छ । प्रधानमन्त्री अल–अबादीले आइएस विरुद्धको कारवाहीमा मिलेको सफलताका लागि...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org