अन्तर्राष्ट्रिय

  • news

    ‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

    १४ आश्विन  अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले  जनाएको छ । युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत...

  • news

    लिबियामा नयाँ युद्ध विरामसम्बन्धी सम्झौताको घोषणा ।

    ११ आश्विन  अन्तर्राष्ट्रिय पहिचान प्राप्त लिबियाली सरकारले बुधबार नयाँ युद्ध विरामसम्बन्धी सम्झौताको घोषणा गरेको छ । त्रिपोलीको दक्षिणी क्षेत्रमा केही समयदेखि विद्रोही लडाकूहरूसँग भइरहेको भिडन्त अन्त्य गर्न युद्ध विरामको घोषणा गरिएको अधिकारीहरूले बताएका छन् ।    विगत एक महिनामा मात्रै सो क्षेत्रमा एक सयभन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ । युद्ध...

  • news

    अस्ट्रेलियामा ५.६ म्याग्निच्युडको भूकम्प ।

       पश्चिम अस्ट्रेलियाको दक्षिणपश्चिम क्षेत्रमा आइतवार ५.६ म्याग्निच्युडको भूकम्प आएको छ । जोइन्ट अस्ट्रेलियन सुनामी वार्निङ सेन्टरले स्थानीय समयअनुसार दिउँसो १ बजे भूकम्प पत्ता लगाएको थियो । भूकम्पको केन्द्रविन्दु लेक मुइर रहेको र पर्थको महानगरीय इलाकामा भूकम्पको झड्का अनुभव गरिएको पश्चिम अस्ट्रेलिया मौसम ब्युरोले बताएको छ ।    अस्ट्रेलियाको मुख्यभूमि,...

  • news

    फ्रान्समा एक ब्यक्तिद्वारा अन्धाधुन्ध छुरा प्रहार, सात जना घाईते ।

    फ्रान्समा एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा सात जना घाईते भएका छन् । फ्रान्सको पेरिसमा गरिएको छुरा प्रहारमा घाइते हुनेमा दईजना बेलायती पर्यटक पनि रहेका छन् । पेरिसको एक बैंक नजिक भिडभाड भएको स्थानमा ती ब्यक्तिले छुरा प्रहार गरेको बताइएको छ ।   सोही स्थानमा बल खेलिरहेका केहीले भने छुरा प्रहार गर्ने ब्यक्तिलाई बलले हानेर रोक्ने प्रयास गरेका थिए ।छुरा प्रहार...

  • news

    आउँदो चुनाव ‘मोदी भर्सेस भारत’ हुन्छ ः येचुरी ।

    भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले आउँदो लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दलको उम्मेदवार को भन्ने विमर्श नै अनुचित भएको बताएका छन् । भारतीय जनता पार्टीबाट प्रधानमन्त्री मोदीलाई नै निरन्तरता दिने तयारी भएका बेला येचुरीले विपक्षीबाट उम्मेदवार को बन्छ भन्ने कुराले फरक नपार्ने बताउँदै आउँदो चुनाव ‘मोदी भर्सेस...

  • news

    सुरक्षाकर्मी र लडाकूबीच भिडन्तपछि त्रिपोलीमा जेलबाट ४०० जना बन्दी फरार ।

     लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् । सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन् ।  “ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भगाएका छन्.,” न्यायिक प्रहरी विभागका एक अधिकारीले भने । उनका अनुसार लडाकूहरुले बन्दुकको ठूलो...

  • news

    निर्वस्त्र भएर प्रवचन दिने जैन मुनि तरुण सागरको निधन ।

    भारतका जैन मुनि तरुण सागरको निधन भएको छ । शनिबार बिहान साढे तीन बजे दिल्लीको शाहदरा, कृष्णानगरमा उनको निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।  उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए । उनी दिल्लीको एक निजी अस्पतालमा उपचार गराइरहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार औषधिको असर नदेखिएपछि उनले थप उपचार गर्न मानेका थिएनन् ।    उनको इच्छा अनुसार नै उनले खान...

  • news

    बलिउड अभिनेता सलमान जेलबाट छुटे, अभिनेत्री कटरीना कैफ सलमानलाई भेट्न घरमै पुगे ।

      सोलु एफ एफ,चैत २५ – कृष्णसार (कालो हरिण) मारेको आरोपमा जेल गएका बलिउड अभिनेता सलमान खान शनिबार जेलबाट रिहा भएका छन् । सलमान मुम्बई पुग्ने बित्तिकै बलिउड अभिनेत्री कटरीना कैफ उनलाई भेट्न घरमै पुगेकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सलमान शनिबार राति सवा आठ बजे मुम्बईमा रहेको घर (ग्यालेक्सी अपार्टमेन्ट) पुगेका थिए । त्यसको एक घण्टापछि कटरीना सलमानलाई भेट्न...

  • इजरेली लडाकू विमान सिरियाले गोली हानी खसाल्यो ।

      सोलु एफ एम सोलुखुम्बु । माग २७,२०७२– सिरियाले गोली हानेर शनिबार एउटा इजरेली लडाकू विमान खसालिदिएको जनाइएको छ । इजरेली सेनाका अनुसार उत्तरी इजरेलमा दुईजना पाइलट भने विमानबाट हामफालेर प्यारासुटको मद्दतले अवतरण गर्न सफल भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ । एउटा इरानी ‘ड्रोन’ आफ्नो भूमिमा प्रहार गरिएपछि ‘एफ–१६’ नामक लडाकू विमानले आक्रमण गरिरहेको इजरेलले...

  • भारतको एक नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो ।

    नयाँदिल्ली, पुस ८, २०७४  भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या ३२ पुगेको छ । राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो ।  तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर तीन मिटर माथीबाट नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । बसमा ५० जना यात्रु रहेका थिए ।...

  • news

    राहुल गान्धी कांग्रेस आईको अध्यक्ष बन्ने पक्का

    २० मंसिर–भारतको प्रमुख विपक्षी दल कांग्रेस आईको अध्यक्षमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ ।  यो पदमा गान्धीले मात्र उम्मेदवारी दिएपछि उहाँ निर्विरोध चयन हुने निश्चित भएको हो । राहुल गान्धी पाँच वर्ष यता पार्टीका उपाध्यक्ष हुनुहुन्छ । सोनिया गान्धीले १९ वर्षदेखि कांग्रेस आई पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनुभएको छ ।  स्वास्थ्यलगायत कारणले...

  • news

    आफ्नो घरको ढोकामा ‘हिन्दुस्तान जिन्दावाद’ लेख्ने व्यक्ति पक्राउ

    पाकिस्तानको हरिपुरमा आफ्नो घरको ढोकामा भारतको समर्थनमा नारा लेख्ने एक व्यक्ति पक्राउ परेका छन् । आफ्नो घरको ढोकामा ‘हिन्दुस्तान जिन्दावाद’ लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।  सलाई कारखानामा काम गर्ने २० वर्षका युवकले नारा आफूले लेखेको स्वीकार गरेको प्रहरीले जनाएको छ । यी युवाले आफू बलिउड गीत र फिल्मको फ्यान रहेको र अभिनेता बन्न चाहेको बताएका छन् । भारतको...

  • news

    ट्रम्पद्वारा एफबिआईको कडा आलोचना, किन ?

    मंसिर १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबिआई) को कडा आलोचना गर्नुभएको छ । आइतबार उहाँले ट्वीट गर्दै एफबिआइको प्रतिष्ठा निकै खस्किएको आरोप लगाउनुभएको हो ।  विशेष वकिल रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानको क्रममा ट्रम्पका शीर्ष सुरक्षा सल्लाहकार रहेका माइकल फ्लिनले आफूले एफबिआईलाई रुसी राजदूतसँगको कुराकानीका बारेमा सत्य नबताएको...

  • कर कटौतीसम्बन्धी विधेयक अमेरिकी सिनेटद्वरा अनुमोदन

    अमेरिकी सिनेटरहरुले व्यापक कर कटौतीसम्बन्धी विधेयक अनुमोदन गरेका छन् । राष्ट्रपति बनेयता डोनाल्ड ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित हो। कम्पनीहरु तथा केही व्यक्तिमाथि लाग्दै आएको कर कटौती गर्ने परिकल्पना विधेयकले गरेको छ । पछिल्लो कदमलाई सन १९८० को दशकयताकै सबैभन्दा ठूलो करसम्बन्धी फेरबदल भनिएको छ । यो विधेयकको पक्षमा ५१ र विपक्षमा ४९ मत परेको थियो । विपक्षि...

  • जिम्बाब्वेको नयाँ सरकारप्रति पनि नागरिक असन्तुष्ट

     जिम्बाब्वेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । ३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अघि मनाङगाग्वाले शपथग्रहण गरेका थिए । नयाँ सरकारमको विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयो नियुक्त भएका हुन् । उनले दुई हप्ताअघि सेनाले शक्ति लिएको सरकारी...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org