कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

प्रदेश

  • संखुवासभामा जिप दुर्घट्ना हुँदा गाउँपालीका अध्यक्ष सहित ६ जनाको मृत्यु ।

    पुस ३०, २०७४ संखुवासभा–  संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घट्नामा परि मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला  अधिकारी शिवराज जोशीले दिनुभएको जानकारी अनुसार भोटखोला खोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा जीप...

  • news

    हलेसीका अग्नी पीडितलाई सहयोग गर्ने रक्षामन्त्रीको आश्वासन

    पुस–२३, २०७४ रामधन राई÷ सोलु एफ एम, खोटाङ,  रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङस्थित हलेसीका आगलागी पीडितलाई प्राथमिकतामा राखी सहयोग गर्ने आश्वासन दिनुभएको छ । रक्षामन्त्री प्रधानले हिन्दु, बौद्घ र किरात समुदायको आस्थाको केन्द्र त्री–धार्मिक एबं पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राती भएको आगलागीबाट प्रभाबित क्षेत्रको निरीक्षण गर्दै यस्तो आश्वासन दिनुभएको हो...

  • ६ महिनाको लागि खोटाङ र पुर्बी शहर सिधा यातायात

    पुस–१०, २०४ रामधन राई÷सोलु एफ एम, खोटाङ,  खोटाङ र पुर्वी शहर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज राखिएपछि खोटाङ र पुर्बी शहर सिधा यातायात शुरु भएको छ । आर्थिक वर्ष २०५१÷०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै शनिबारदेखि जिल्लाबाट सिधै गाईघाट हुँदै...

  • ढुङ्गाखानीमा पुरिएर युवकको मृत्यु

    पुस–८,  रामधन राई÷ सोलु एफ एम, खोटाङ   आफ्नै ढुङ्गाखानीमा पुरिएर गम्भीर घाईंते बनेका खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ का युवा जीवन श्रेष्ठको मृत्यु भएको छ । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथिको खानीबाट शुक्रबार ढुङ्गा झिक्दै गर्दा पुरिएका श्रेष्ठको सोही दिन साँझ उपचारको क्रममा मृत्यु भएको हो ।  काका दिलबहादुर श्रेष्ठसँग ढुङ्गा झिक्दै...

  • गाउँपालिका केन्द्रका बिषयमा बिवाद, १४ जनप्रतिनिधिको सामुहिक राजिनामा

    पुस–८,  रामधन राई÷ सोलु एफ एम, खोटाङ   खोटाङस्थित दिप्रुङ गाउँपालिकाको केन्द्रराख्ने स्थानका बिषयमा बिवाद हुँदातीन वडाध्यक्षसहित १४ जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । दिपु्रङडाडाँको रोशाभञ्ज्याङ एकातर्फ र डाडाँगाउँ वा स–छितापोखरीको नाराङगा भन्ने अर्कोतर्फबीच कुरा नमिलेपछि डाडाँगाउँ नभए नाराङगाको अडान लिने समुहले राजिनामा दिएका हुन् । ७ वटा वडा...

  • रामेछापको मन्थली नगरपालिका १० खुला दिशामुक्त वडा घोषणा

    पौष ७, २०७४ कैलाश खत्री, सोलु एफ एम, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाको वडा नम्बर १० चनखु विहिवार खुला दिशामुक्त वडा घोषणा भएको छ । चनखुका ५ सय ९२ घरधुरीमा पक्की शौचालय बनेपछि चनखुलाई जिल्लाको ३८ औँ खुला दिशामुक्त वडा घोषणा गरिएको हो । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य श्याम कुमार श्रेष्ठ र प्रदेश सभामा निर्वाचित सदस्य कैलाश प्रसाद ढुङ्गेलले संयुक्तरुपमा...

  • अग्नि पिडितलाई उदयपुर सेवा समाज दक्षिण कोरियाको आर्थिक सहयोग ।

    पुस ६, २०७४ बिदुर कटुवाल, सोलु एफ एम उदयुर उदयपुरको सुनकोसी गाँउपालिकाका अग्नि पीडितलाई उदयपुर सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।  सुनकोसी गा पा २ का अग्नी पीडित लक्षि राईको परिवारलाई आर्थिक सहयोग गरेको हो ।       दक्षिण कोरियामा कार्यरत नेपाली युवाले ५८ हजार चन्दा संकलन गरी आर्थिक सहयोग गरेका हन्  । आज गाईघाटमा उदयपुर सेवा समाज दक्षिण कोरियाका...

  • news

    सरसफाई अभियानकै दिन ४५ टन फोहोर संकलन ।

    पुस ६, २०७४ रामधन राई, सोलु एफ एम, खोटाङ  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकालाई सफा र सुन्दर बनाउन बृहत सरसफाई सप्ताह उद्घाटन भएकै दिन ४५ टन फोहोर उठाईएको छ । नगरपालिकाभित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट ‘पुरानो फोहोर उठाउ’ अभियान शुरु भएको बुधबार एकै दिन ४५ टन फोहोर उठाइएको हो ।  दिक्तेलस्थित रत्नपार्कबाट शुरु गरिएको अभियानमा...

  • news

    प्राविधिक नहुँदा अनुदान लिन पाएनन् ओखलढुंगाका भुकम्प प्रभावीत ।

    पुस ६, २०७४ सृष्टि सुनुवार, सोलु एफ एम, ओखलढुंगा   ओखलढुगांको खिजीदेम्बा गाउँपालिकामा रहेको भुकम्प प्रभावित परिवारले प्राविधिक अभावका कारण अनुदान रकम लिनबाट पछाडी परेका छन् । गाउँपालिकाका प्रमुख वेदबहादुर रोक्काले निजी घर पुननिमार्णको काम अघि बढेपनि  प्राविधिक पर्याप्त नभएपछि अनुदान प्राप्त गर्नका लागि सिफारीसको काम हुन नसकेको बताउनुभयो ।  भुकम्प प्रभावित...

  • news

    नवनिर्वाचित सांसदलाई पत्रकारको सादा नक्सा, ‘मातृ पार्टीको प्रतिपक्षमा खोटाङका पत्रकारहरु’

    पुस ५, २०७४ रामधन राई÷सोलु एफ एम खोटाङ बाम गठबन्धनखोटाङबाट बिजयी प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई आफ्नै भातृ संगठनका पत्रकारहरुले प्रतिपक्षी भूमिकामा उभिने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर जिल्ला शाखाले मंगलबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा गठबन्धन निकट पत्रकारहरुले यस्तो बताएका हुन् । जिल्ला सदरमुकाम...

  • news

    प्रमुख निर्वाचन आयुक्त यादव ः दुवै निर्वाचन सफलता पुर्वक सम्पन्न भयो, सबैलाई बधाई ।

    पुस ४, २०७४ रामधन राई, सोलु एफ एम, खोटाङ  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जटिलताका बीचबाट पनि दुवै निर्वाचन एकै दिन सफलतापुर्बक सम्पन्न गर्न सकेकोमा नेपाली जनतालाई बधाई दिनुभएको छ ।   प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्त, निष्पक्ष तथा निर्भयतापूर्ण बनाउन सकेकोमा बधाई तथा धन्यबाद दिन आज खोटाङ पुग्नुभएको यादबले निर्वाचन सफल हुनुमा सबै...

  • मलेसियामा छोरो गुमाएको १० वर्षपछि आर्थिक सहायता

    पुस–३,२०७४  रामधन राई, सोलु एफ एम खोटाङ खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलका रत्नबहादुर जोगीको परिवारले मलेसियामा छोरो गुमाएको १० वर्ष पछि आर्थिक सहायता प्राप्त गर्नुभएको छ । छोरा खेमराज कार्यरत कम्पनीले गरिदिने बिमा वापतको रकम रत्नबहादुरको नाममा २ लाख ९३ हजार र सीतामाया जोगीको नाममा २ लाख ९३ हजार रुपैयाँ पठाएको हो । रत्नबहादुरको छोरा खेमराज जोगीको २०६५...

  • खोटाङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना

    मंसिर–२९, २०७४ रामधन राई÷सोलु एफ एम, खोटाङ,  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ । जिल्लाका ६ जना उद्यमीको ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग सुरु गरिएको हो ।  एक करोडको लगानीमा सुरु गरिएको भेनियर उद्योग प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य बिशाल भट्टराई र...

  • news

    खोटाङमा प्रत्यक्षतर्फ भारी मतान्तरले सबै नतिजा वाम गठबन्धनको पक्षमा

    रामधन राई÷खोटाङ,  मंसिर–२४,  एक प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेश सभा सदस्य निर्बाचित हुने ब्यवस्था भएको खोटाङमा प्रत्यक्ष निर्बाचन तर्फ बाम गठबन्धनले भारी मतान्तरका साथ सबै नतिजा आफ्नो पक्षमा पारेका छन् । उक्त गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ १३ हजार ७ सय ७ तथा प्रदेश(क) तर्फ ५ हजार ५ सय २२ र (ख) तर्फ ६ हजार १ सय ३३ मत ल्याउँदै गठबन्धनले सबै नतिजा आफ्नो पक्षमा...

  • वाम गठबन्धन खोटाङका भट्टराई करिब १४ सय मतले विजयी

    रामधन राई÷खोटाङ,  मंसिर–२३, खोटाङमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका विशाल भट्टराई विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार भट्टराईले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सरस्वति बजिमयलाई १३ हजार ७ सय ६५ ले जित्नुभभएको हो ।  भट्टराईले ३५ हजार ३ सय ७७ मत ल्याउनुभएको छ भने, बजिमयले २१...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org