कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

खेलकुद

  • news

    नेपाली खेलाडीलाई २ स्वर्ण सहित ३ रजत पदक प्राप्त

     पौष ४, २०७४  सोलु एफ एम, मोरक्को          वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागि भएको नेपाली टोलीले २ स्वर्ण पदक सहित ३ वटा रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशसनल एशोसिएसन  पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा अर्जुन रोक्काले २ वटा स्वर्ण पदक हात पाुर्नभएको छ । यस्तै सन्जु महर्जनले २ वटा रजत पदक र ङवाङ केशाङ लामाले...

  • (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्स विजयी

    पुस ३, २०७४, काठमाडौँ,   ः आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ । राजधानी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौँ किङ्स इलाभेनलाई सात विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६.३ ओभरमा तीन विकेट...

  • news

    करातेमा खोटाङ अब्बल, राष्ट्रिय प्रतियोगितामा प्रथम

    मंसिर–२९,२०७४ रामधन राई÷ सोलु एफ एम खोटाङ  आमन्त्रित राष्ट्रिय प्रतियोगितामा प्रथम उपाधी उचाल्दै करातेमा खोटाङ अब्बल भएको साबित गराएको छ । यसअघिका क्षेत्रिय तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा समेत उत्साहजनक नतिजा ल्याउँदै आएको खोटाङका कराते खेलाडीहरुले जिल्लामै आयोजना गरिएको ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय...

  • news

    वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागी खेलाडी टोलीको राखेप सचिव बिष्टद्धारा बिदाई ।

    मंसिर २६, २०७४ सृष्टि सुनुवार, सोलुखुम्बु ः नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालको टोली प्रथम पटक अन्तराष्ट्रिय स्तरको खेलमा सहभागि हुन जाने भएको छ  । मार्सल सेल्फ डिफेन्स इन्टरनेशसनल एशोसिएसन  पोर्चुगलको आयोजनामा मोरक्कोमा यही डिसेम्बर १५ देखि १७ सम्म हुने बार्षिक वैठक तथा वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागि हुन नेपाली टोली जाने भएको हो  । नेपाल मार्सल सेल्फ...

  • नेपाल–यूएईबीच दोस्रो खेल जारी, सोमपालले सुरुमै लिए ४ विकेट

    विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र यूएईबीचको दोस्रो खेलमा यूएई दवावमा आएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका छन् । १४ ओभरको खेल सकिँदा यूएई २४ रन मात्र बनाएर चार विकेट गुमाइसकेको अवस्थामा छ । सोमपालले यूएईका कप्तान रोहन मुस्तफासहित अस्फाक अहमद, गुलाम साबर र रमिज सहेजादलाई आउट गरेका हुन्...

  • news

    विन्टर ओलम्पिकमा रुसलाई प्रतिवन्ध

    २० मंसिर – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक खेलमा रुसलाई प्रतिवन्ध लगाएको छ । डोपिङ प्रकरणमा दोषि देखिएको भन्दै रुसलाई प्रतिवन्ध लगाइएको हो । दक्षिण कोरियाको प्योङचाङमा विन्टर ओलम्पिक सुरु हुन ६३ दिन बाँकी छ । ‘आगामी ९ फेब्रुअरीमा हुने खेलमा निर्दोष रुसी खेलाडीहरुलाई ओलम्पिक एथलिट फ्रम रसिया (ओएआर)को नामबाट निमन्त्रणा गरिने छ तर...

  • news

    अर्जेन्टिनी राजधानीमा अवस्थित मेस्सीको प्रतीमामा तोडफोड

    राजधानी ब्युनर्स आयर्सको पासेओ डे लास ग्लोरियसमा अवस्थित अर्जेन्टाइन कप्तान लियोनल मेस्सीको पूर्णकदको प्रतीमा बर्बर हमलाको शिकार भएको छ । प्रतीमामा दुवै खुट्टा फुटाइएको छ ।   मेस्सीको प्रतीमामा क्षति पुर्‍याइएको यो दोस्रो पटक हो । २८ जुन २०१६ मा अनावरण गरिएको प्रतीमामा पहिलो पटक जनवरी २०१७ मा हमला गरिएको थियो । यस प्रतीमा कार्लोस बेनवाइट्सले बनाएका थिए । बारम्बार...

  • news

    पेरिसकको ह्याट्रिक, शीर्ष स्थानमा फर्कियो इन्टर मिलान

    १८ मंसिर–इन्टर मिलान फेरि इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ । लिगमा अपराजित रहेको इन्टर मिलानले आइतबार राति भएको खेलमा केएभोमाथि ५–० को शानदार जित दर्ता गर्दै महत्वपूर्ण तीन अंक जोड्दै फेरि शीर्ष स्थानमा उक्लिएको हो ।  इन्टर मिलानको जितमा इभान पेरिसकले ह्याट्रिक गरे भने माउरो आइकार्डी र स्क्रिनिएरले एक एक गोल गरे । २३ औं मिनेटमा पेरिसकको गोलबाट इन्टर...

  • news

    विराट कोहलीले तोडे ब्रायन लाराको कीर्तिमान

    मंसिर १७ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कप्तानका रुपमा सबैभन्दा बढी दोहोरो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । भारतको नयाँ दिल्लीमा श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा दोहोरो शतक बनाएका कोहलीले कप्तानका रुपमा सबैभन्दा बढी ६ पटक दोहोरो शतक बनाउने कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान वेष्ट इण्डिजका कप्तान ब्रायन लाराको नाममा थियो । लाराले...

  • news

    ‘विश्वकपको डेब्युमै अर्जेन्टिना प्रतिस्पर्धी, उत्साहित छौं’

    आइसल्याण्डले गएको वर्ष भएको युरोकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुबलमा चासो राख्ने सबैलाई चकित पारेको थियो । युरोकपमा आफ्नो जादु देखाउँदै अन्तिम ८ सम्म पुगेको आइसल्याण्डले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएर अर्को इतिहास बनाएको छ ।  पहिलो पटक विश्वकप खेल्न थालेको आइसल्याण्ड शुक्रबार मस्कोमा भएको ड्र अनुसार दुईपटकको विश्व विजेता अर्जेन्टिना...

  • आफ्नै गुरुविरुद्ध कस्तो खेल्ला नेपालले

    १५ मंसिर–श्रीलङ्काकै आफ्ना अग्रज रोय लुक डायसको सुस्त ढाँचामा अभ्यस्त हुँदै गरेको नेपाली टीमलाई केही आक्रामक र व्याटिङ फोकस्ड गर्न नेपाली टीमको मुख्य प्रशिक्षकका रुपमा पुबुदु दासानायकेले धेरै गरेका छन् । उनकै प्रशिक्षणमा नेपालले २०१५ मा ट्वेन्टी ट्वेन्टीको विश्वकप खेलेको इतिहास लेखेको थियो । र हामीले कुनैपनि खेलको विश्वकपमा आफ्नो देशको झण्डा र जर्सि फर्फराएको...

  • news

    इपिएल क्रिकेटको खेल तालिका सार्वजनिक

    आउँदो पुस ३ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सर्वाजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा पुस ३ गते सोमबार काठमाडौं किङस् इलाभेन र ललितपुर प्याट्रियोर्ट खेल्ने भएका छन् ।   १२ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले १९ खेल खेल्नेछन् । प्रतियोगितामा काठमाडौं किंग्स...

  • news

    रियल मड्रिड हारबाट जोगियो, पुग्यो अन्तिम १६ मा

    रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा  तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ४–२ को जितसहित रियल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो ।  तेस्रो डिभिजनको क्लबसँग पराजित हुन नदिन रियल मड्रिडका लागि दुवै गोल बोर्जा मायोरलले गरे । दुवै गोलका लागि दुई महिनापछि...

  • news

    विश्व क्रिकेट लिग च्याम्पियन्सका लागि राष्ट्रिय टोली घोषणा, को–को परे ?

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँग हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।  बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीबाट च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी छन् ।  यस्तै १९ वर्ष...

  • news

    महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।   १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । नेपाललाई जिताउन करुणा भण्डारीले ३ तथा रीतुकुमारी कनौजिया, नेरी थापा, सरिता मगरले एक एक विकेट लिए ।  थाइल्याण्डको बैंककमा पहिले...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org