कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो भन्छन्- नेइमारको ट्रान्सफर महंगो होइन

    news

    इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भनेका छन् कि बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारको सम्भावित २२२ मिलियन युरोको ट्रान्सफर महंगो होइन । तर त्यसले पार्ने प्रभावले समस्या सृजना भइरहेको छ ।

     

    २५ वर्षीय स्ट्राइकरले बुधबार बार्सिलोना छाड्न चाहेको बताएका थिए ।

    लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले युरोपेली फुटबल महासंघको फाइनान्सियल फेयर प्ले नियमको आलोचना गरेका छन् ।

    ‘मैले सोचेको थिएँ कि फेयर प्लेको नियम बनाइनुको कारण यस्तो परिस्थिति सृजना नहोस् भन्नका लागि हो’, क्लपले भने, ‘यो वास्तवमा नियम भन्दा बढी सुझाव हो ।’

    नेइमारको स्थानान्तरणले अघिल्लो सिजन १०० मिलियन पाउण्डमा युभेन्टसबाट म्यान्चेस्टर युनाइटेड गएका पाउल पोग्वाको कीर्तिमान तोडिनेछ ।

    माउरिन्होले भने, ‘महंगो उसलाई भनिन्छ, जसलाई बिना क्षमता बढी मूल्य लगाइन्छ, नेइमारको हकमा यो रकम महंगो होइन ।’ उनले थपे, ‘नेइमार विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन्, र म निश्चित रुपमा भन्न सक्छु कि पिएसजीले पनि यही सोचेको छ ।

    ‘त्यसैले, मेरो बिचारमा समस्या नेइमार होइन, मुख्य समस्या उनले पार्ने प्रभावको हो ।’

    पिएसजीमा अनुबन्धित भए नेइमारले साताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउनेछन् जुन कर बाहेक वर्षको ४५ मिलियन युरो हुनेछ । सुरुवाती पाँच वर्षमा नेइमारका लागि पिएसजीको खर्च ४०० मिलियन पाउण्ड हुनेछ ।

    फाइनान्सियल फेयर प्लेको नियम् सन् २०११/१२ को सिजनदेखि कार्यान्वयन भएको थियो । यस नियम अनुसार एउटा क्लवले त्यो भन्दा बढी खर्च गर्न पाउँदैन, जति उसले कमाएको छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org