ताजा खबर

समाचार

  • भारत–चीन सीमा विवादः डोकलामबाट भारतीय सेना पछि हटेको चीनको दाबी

    news

    सीमा विवाद रहेको क्षेत्र डोकलामबाट भारती सेना पछि हटेको चीनले दाबी गरेको छ । डोकलाममा भारतीय सैनिकको संख्या कम भएको चीनले दाबी गरेको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जनाएको छ । 

    चीनको विदेश मन्त्रालयले जारी गरेको १५ पृष्ट लामो दस्तावेजमा डोकलाम सीमामा पहिले चार सयको हाराहारीमा भारतीय सैनिक रहेकोमा अहिले घटेर ४० पुगेको उल्लेख गरिएको छ । तर भारतले भने चीनको दाबीको खण्डन गरेको छ । 

    भारत सरकारले डोकलाममा अहिले पनि तीन सय ५० देखि चार सयको हाराहारीमा सैनिक रहेको र चीन तर्फ पनि त्यतिकै संख्यामा सैनिक रहेको दाबी गरेको छ । डोकलाममा भारतले सैनिय गतिविधि बढाएपछि चीनले त्यसको विरोध गर्दै आएको छ । दुवै देशले सीमा विवाद रहेको क्षेत्रमा सैनिकको संख्या बढाएपछि तनाव बढेको हो । डोकलाममा भारत र चीनबिच मात्रै होइन भुटानसँग पनि सीमा विवाद छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org