ताजा खबर

समाचार

  • अशोक शर्माले भने-‘मलाई हलवालाहरुबाट धम्की आयो’

    news

    कार्यक्रम थियो, चलचित्र ‘हुर्रे’ घोषणाको । बोल्ने पालो आयो, डीसीएनका अध्यक्ष अशोक शर्माको । डीसीएनले अहिले चलचित्रको वितरणको काम पनि गर्दै आएको छ ।

    अशोक शर्मालाई चलचित्रको यूनिटले शुभकामना दिनका लागि निम्त्याएको थियो । तर, शर्माले छोटो शुभकामना पछि सुरुवातमा हलवालाहरुमाथि आक्रोश पोखे । उनले, चलचित्र क्षेत्रको हिसाब पारदर्शी नभएको भन्दै सबैलाई पारदर्शी भएर काम गर्न सुझाए । उनले, निर्माताले लगानी मात्र गर्ने गरेको तर ठूलो रकम चुहावट हुँदा उनीहरुसम्म आउनुपर्ने रकम नआएको पनि सुनाए ।

    यसपछि, उनले डीसीएनले हरेक हलमा टिकटको बिलिङ सिस्टम राख्न आग्रह गरेको पनि बताए । शर्माले भने-‘अहिले हामी हरेक हललाई बिलिङ सिस्टम राख्न भनिरहेका छौ । कतिपय हलवालाहरुले त मलाइ यो कामको पछि नलाग्न भन्दै धम्की समेत दिएका छन् । तर, विगत ३० बर्षदेखि मैले धेरै धम्की सहेको छु । मलाई यस्तो धम्कीले केही हुनेवाला छैन ।’ उनले चलचित्र क्षेत्रको विकासका लागि आफू अन्तिम समयसम्म लडिरहने बताए ।

    शर्माले ‘हुर्रे’को कार्यक्रममा आएर सबै चलचित्रकर्मी पारदर्शी भएमात्र चलचित्र क्षेत्र बाच्ने बताए । शर्माले यसो भनिरहँदा एक पत्रकारले सोधे-‘तपाइ ३० बर्षदेखि चलचित्र क्षेत्रमा हुनुहुन्छ । किन, यो कुराको पहल पहिले नै गर्न सक्नुभएन ?’

    शर्माले आफूले पहिलेदेखि नै यो काम गरेको भन्दै पत्रकारलाई नै तपाइले कती बर्ष भयो पत्रकारिता गरेको भनेर प्रतिप्रश्न गरे ? उनले पत्रकारलाई नै तपाइले अशोक शर्माले चलचित्र क्षेत्रका लागि के-के गर्‍यो भनेर थाहा पाउनुभएको रहेनछ भन्दै जवाफ दिए ।

    चलचित्र निर्माता संघको अध्यक्ष, उद्योग बाणिज्य महासंघको सदस्य समेत भैसकेका शर्माले डीसीएनले बिलिङ सिस्टम नराख्ने हललाई चलचित्र नै नदिने चेतावनी समेत दिए । शर्माले चलचित्र निर्माता संघको नेतृत्व गरिरहँदा असन्तुष्टी जनाउँदै राजकुमारले राइले नयाँ निर्माता संघ खोलेका थिए ।

    शर्माले नेतृत्व गरेको डीसीएनलाई निर्माताले अहिले चलचित्र प्रदर्शनको हरेक शोको सर्भर चार्स तिरिरहेका छन् । आशा गरौ, चलचित्र हलहरु समेत पारदर्शी भएर निर्मातालाई राहत दिनुपर्छ भन्ने शर्माले डीसीएन चार्ज कम बनाएर निर्मातालाई अर्को राहत दिनेछन् ।

     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org