ताजा खबर

समाचार

  • डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी

    news

    चीनले सीमा विवाद रहेको क्षेत्र डोकलामबाट भारतीय सेनालाई हटाउनका लागि सैन्य अभियानको तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सेनालाई डोकलामबाट हटाउनका लागि आउँदो दुई हप्ताभित्र सानो सैन्य अभियानको तयारी गरेको चिनियाँ कम्युनिष्ट पार्टीको पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ । ग्लोबल टाइम्समा छापिएको लेखमा चीनले डोकलाममा रहेको गतिरोध लामो समयसम्म लम्ब्याउन नचाहेको र त्यसका लागि सानो आकारको सैन्य अभियानको तयारी गरेको उल्लेख गरिएको छ ।

    यसअघि डोकलामबाट भारती सेना पछि हटेको चीनले दाबी गरेको थियो । केही दिनअघि चीनको विदेश मन्त्रालयले जारी गरेको १५ पृष्ट लामो दस्तावेजमा डोकलाम सीमामा पहिले चार सयको हाराहारीमा भारतीय सैनिक रहेकोमा अहिले घटेर ४० पुगेको उल्लेख गरिएको थियो ।

    डोकलाममा भारतले सैनिय गतिविधि बढाएपछि चीनले त्यसको विरोध गर्दै आएको छ । दुवै देशले सीमा विवाद रहेको क्षेत्रमा सैनिकको संख्या बढाएपछि तनाव बढेको हो । डोकलाममा भारत र चीनबिच मात्रै होइन भुटानसँग पनि सीमा विवाद छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org