समाचार

  • रेकर्डेड रक्तदाता कर्माचार्यलाई अभिनन्दन

    news

     नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने रेकर्डेड रक्तदाता प्रेमसागर कर्माचार्यलाई सार्वजनिक अभिनन्दन गरिएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले १५० पटक रक्तदान गरेका छन्।

    सिर्जनशील वातावरण संरक्षण केन्द्र, झीगु थःसि नेवाः पुचःखुसि लँ बुहारी महिला समूह, असहाय मानव उत्थान केन्द्र, ललितपुर युवा समूह चाङ्गाथलि र नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगरपालिकाले संयुक्तरुपमा कर्माचार्यलाई अभिनन्दन गरेको हो।

    महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामेश्वर श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अन्य संस्थाका प्रतिनिधीले संयुक्तरुपमा अभिनन्दन गरेका थिए।

    अतिथिको रूपमा महालक्ष्मी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बासुदेव महर्जन र अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका ललितपुर जिल्ला शाखाका सचिव तथा असहाय मानव उत्थान केन्द्रका अध्यक्ष राजन महर्जन थिए।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org