ताजा खबर

समाचार

  • संस्कृति जोगाउन ताप्लेजुङमा रातभर धाननाच

    news

    वर्षमा एकपटक आयोजना गरिने धाननाच कार्यक्रम ताप्लेजुङमा सोमबार राति सम्पन्न भएको छ ।

    लिम्बूहरुको लोपोन्मुख धाननाच संस्कृति जोगाउने उद्देश्यले प्रत्येक वर्षको साउन शुक्ल पूर्णिमाको रातमा धान नाच आयोजना गर्ने गरिएको छ ।

     

    यस वर्ष पनि जिल्लाभरका लिम्बू समुदायका महिला–पुरुषलाई जम्मा गरी धाननाच आयोजना गरिएको आयोजक किँरात याक्थुङ चुम्लुङ ताप्लेजुङले जानकारी दिएको छ ।

    महिला तथा पुरुषले गोलाकार घेरा बनाई हात समातेर रोमाञ्चक शैलीमा धाननाच नाचिन्छ । धाननाच नाता नलाग्ने युवक–युवतीको समूहद्वारा पालामको लय र तालसंगै नाचिने नाच पछिल्लो समय लोप हुँदै जान थालेको छ ।

    पालाम (धान नाच्दा गाइने गीत) को गेयात्मक माध्यमबाट केटाकेटीबीच मानवीय जीवनमा भोगिने जन्म, जीवन र मृत्युका विषयमा सवाल जवाफ चल्छ । पालामको नसामा फस्दै जाँदा युवक–युवतीले रातभर लगातार नाच्न सक्ने र यसबीचमा कतिपय केटाकेटीको ख्याल– ख्यालमै गहिरो माया बस्न जाँदा विवाहमा समेत परिणत हुने गरेका छन् ।

    यसरी लिम्बू समुदायको परम्परामा बैबाहिक पद्दतिसँग पनि सम्बन्ध राख्ने धाननाच लोप हुन लागेकाले यसको गरिमा जोगाउन धाननाचको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले जनाएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org