समाचार

  • बाग्लुङः पैयुँपाटा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा

    news

    बाग्लुङ– बलेवा क्षेत्रलाई केन्द्रित गरी बाग्लुङ नगरपालिका – १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ।

    एम्बुलेन्स सेवाले पैयुँपाटा लगायत बलेवा क्षेत्रका सर्वसाधारण लाभान्वित हुने भएका छन्।

    स्वास्थ्य चौकीमा सबै प्रकारकोे उपचार सेवा नहुँदा रिफर गरी पठाउनुपर्ने बिरामीलाई समयमा गाडी नपाइने हुँदा धौलागिरि अञ्चल अस्पताल तथा अन्य अस्पतालमा सेवा लिन जान सेवाग्राहीलाई कठिनाइ परेको थियो। 

    एम्बुलेन्स सुरु भएसँगै रिफर गरी बिरामीलाई सदरमुकाम बाग्लुङ बजार, पोखरा, काठमाडौँ पुर्‍याउन सहज भएको छ। 

    पूर्वस्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलको पहलमा स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स उपलब्ध भएको बाग्लुङ नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष एवं स्वास्थ्य चौकीका संरक्षक नारायण शर्मा पौडेलले बताए। 

    कार्यविधि तयार गरी एम्बुलेन्स सञ्चालनमा आइसकेको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट शुशील पौडेलले बताए।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org