ताजा खबर

समाचार

  • अमेरिकाको गुआममा मिसाइल आक्रमण गर्ने उत्तर कोरियाको तयारी

    news

    उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्नेबारे विचार गरिरहेको जनाएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की लगत्तै उत्तर कोरियाले गुआममा क्षेप्यास्त्र आक्रमणबारे छलफल भइरहेको जनाएको हो । 

    गुआममा मध्यम वा लामो दूरीमा मार हान्न सक्ने रकेट आक्रमण गर्ने विषयमा छलफल भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 

    गुआमा अमेरिकी सामरिक बम वर्षक विमानको भण्डारण गरिएको छ । अमेरिकाले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएपछि आफ्नो सम्प्रभुतामाथि हस्तक्षेप भएको भन्दै उत्तर कोरियाले, अमेरिकाले त्यसको मूल्य चुकाउनुपर्ने बताएको थियो । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org