ताजा खबर

समाचार

  • नवलपरासीः कावासोती नगरपालिकालाई पाँच वर्षभित्रमा कुपोषणमुक्त बनाइने

    news

    कावासोती नगरपालिकाका जनप्रतिनिधिहरुले आगामी पाँच वर्षभित्रमा नगर क्षेत्रलाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    जनप्रतिनिधिहरुले स्वस्थ, सफा र पूर्ण पोषणयुक्त घर, गाउँ, वडा अभियान सञ्चालन गर्दै आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता जनाएका हुन्।

    नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले मुसहरसहित पछाडि पारिएका अन्य समुदायको पोषणको अवस्था सुधार गर्दै नगरपालिकालाई कुपोषणमुक्त बनाउने कार्यक्रमहरु यसै वर्षदेखि सञ्चालन गरिने बताइन्।

    ‘यसका लागि सबै स्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमन गरिनुका साथै पारदर्शिता सुनिश्चित गरिनेछ’, उनले भनिन्।

    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले युनिसेफ र युरोपियन युनियनको सहयोगमा नगरपालिकामा आयोजना गरेको कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर तथा वडाध्यक्षहरुले यो सहित नौ बुँदे प्रतिबद्धता गरेका हुन्।

    यसअघि बर्दियाको ठाकुरबाबा नगरपालिकाले कुपोषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। 

    नेपाल सरकारले मातृ तथा शिशु पोषणको अवस्था सुधार गर्न देशका २८ जिल्लाका २ सय ९९ वटा स्थानीय तहमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गरिरहेको छ । नेपालमा अहिले पनि पाँच वर्षमुनिका करिब ३७ प्रतिशत बालबालिका कुपोषित छन्।  

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org