ताजा खबर

समाचार

  • झोलङुगे पुल निर्माण सम्पन्न नुहदा आवतजावतमा समस्या

    सोलुखुम्बुको सोताङ गाउपालिका ३ स्थीत निर्मानाधिन ढुंगेखोला झोलङुगे पुलको काम सम्झौता सकिएको एक महिना पुग्न लाग्दा समेत निर्माण सम्पन्न नुहदा आवतजावतमा समस्या भएको छ । सोताङ गाउपालिका वडा नं ३ र ४ जोडिने हुँगा खोलामा निर्मानाधिन उक्त पुलको ६० प्रतिशत निर्माण कार्य बाकीहुदा त्यस भेगका नागरिकलाई आवतजावतमै समस्या भएको हो ।
     
          पुल नहुदा सोताङ गाउँपालीका ४ को पाखे चित्रे, बेउमा लगायतका स्थानियलाई गाउपालिकाको केन्द्र आवत जावत तथा सदरमुकाम सल्लेरी जानकालागी सामस्या भएको छ । सावीकको लोखिमका स्थानियले समेत सल्लेरी आवतजावतका लागी सोहि पुल प्रयोग गर्ने गरेका छन् । तर अहिले पुल नहुदा पुरानो पुलकै लट्ठाको सहारामा ज्यान जोखिममा राखेर खोला पार गर्नु परेको एक यात्रु तेजुप्रसाद राईको भनाई छ ।  ४८ लाख १६ हजार रुपैंयाको लागतमा निर्मानाधिन उक्त पुल गत असार मसान्त सम्ममानै काम सम्पन्न गर्नेगरी तत्कालीन जिल्ला विकास समिति संग सम्झौता भएपनि हाल ४० प्रतिशत काम सम्पन्न भएको छ् ।
     
      बर्षात शुरुभएपछि गएको पहिरो र निर्माणस्थलमा भएको ठुलो चट्टानका कारण काममा ढिलाई भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार बि.क.ले बताउनुभयो । सम्पुर्ण ढुवानीको काम भईसकेकोले अब द्रुत गतिमा काम हुने र आगामी कार्तिक महिनाभित्र सम्पन्न हुने उहाको भनाई छ ।

     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org