ताजा खबर

समाचार

  • ग्राझेल भयो सल्लेरीको हिलाम्मे बाटो

    सोलुखुम्बु सदरमुकाम सल्लेरी बजार बीचको हिलाम्मे बाटोमा ग्राभेल गर्ने काम गरिएको छ । सोलुदधुकण्ड नगरपालिका वडानं ६ को वडा कार्यालयको पहलमा नगरपालिकाले बजेट विनियोजन गर्ने गरी ग्राभेल गरिएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । नयाँबजार छेउ देखि, जिरो पोइन्ट, दोुर्प बजार, नेले जानेबाटो स्थित छुल्यामु सम्म मुख्य हिलो रहेको ठाउँमा ग्राभेल गरिएको श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो घर छेउको बाटो मर्मत तथा सुधारका लागि यातायात व्यवसायी, स्थानीय सबैले आवश्यक सहयोग तथा समन्वय गर्दै सक्रियता देखाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org