ताजा खबर

समाचार

  • नाम्चे युवा समुहको अध्यक्षमा पासाङ छिरिङ शेर्पा

    नाम्चे युवा समुहको अध्यक्षमा पासाङ छिरिङ शेर्पा निर्वाचित हुनु भएको छ । अध्यक्ष शेर्पा सहित १३ सदस्य कार्यसमिती सर्वसहमत निर्वाचित भएको हो ।
     
    निवर्तमान कार्यसमितीको ५ बर्षे पदावधि समाप्त भएपछि आज नयाँ कार्य समिती चयन गरिएको हो । समुहको उपाध्यक्षमा वाङछु शेर्पा, सचिवमा छिरिङ नुरु शेर्पा, र कोषाध्यक्षमा ङिमा ओङ्छु शेर्पा रहनु भएको नव निर्वाचित सदस्य सरण लिम्बुलाई उध्रित गर्दै सहकर्मी खगिन्द्र राज बास्तोलाले जानकारी दिनुभयो ।  
     
    खुम्बुपासाङलमु गाउँपालीका ५ मा रहेको यस संस्थाले स्थानिय स्तरमा सरसफाइ, खेलकुद लगाएतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । कार्यक्रम निवर्तमान अध्यक्ष आङ नुरु शेर्पाको अध्यक्षता तथा खुम्बु पासाङ लमु गाउँपालीका ५ का वडा अध्यक्ष छिरिङ टेन्जो शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org