ताजा खबर

समाचार

  • ४ हजार बढिको मतदाता नामावलीमा नाम दर्ता

    सृष्टि सुनुवार, सोलुखुम्बु
    साउन २६
    सोलुखुम्बुका नागरीकले उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता गराईरहेका छन् । जिल्ला निर्वाचन कार्यालय सल्लेरी तथा स्थानीय तह गाउँपालिकाको केन्द्रमा पनि नाम दर्ता गराउन नागरीक सहभागिता राम्रो रहेको सम्बन्धित गाउँपालिकाका प्रमुखले जनाएका छन् । 
     
    जिल्ला निर्वाचन कार्यलय सोलुखुम्बुले दिएको जानकारी अनुसार आज सम्म ४ हजार २ सय ६४ जनाले नाम दर्ता गराएका छन् । गत साउन १ गते देखि २५ गते सम्मको जिल्ला तथा गाउँपालिकाको रेकर्ड अनुसार १९ सय २४ जना महिला र २३ सय ४० जना पुरुष गरी उक्त संख्यामा नाम दर्ता गर्ने काम भएको हो ।
     
    जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले नागरीकता वितरण शिविर पनि गाउँपालिकाका केन्द्रमा जारी राखेकाले नागरीकता पाएपछि नागरीकले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी रहेको छ । गाउँपालिकाको केन्द्रमा साउन ३२ गते सम्म नाम दर्ता गराउन सकिनेछ । प्रदेश र संघको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अध्यावधिक गर्ने कार्य गरीरहेको छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org