समाचार

  • डा. केसीको माग पूरा भइसक्यो, भोलिसम्ममा अनशन तोडिन्छः शिक्षामन्त्री

    news

    चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीले भोलिसम्ममा अनशन तोड्ने उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले दाबी गरेका छन्।

    रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले डा. केसीका माग पूरा भइसकेकाले अब अनशन तोडिने बताए । संसदीय समितिले शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पनि अनशन नतोडिएपछि असन्तुष्ट देखिएका श्रेष्ठले अब झिना–मसिना विषयमा अल्झिएर नबस्न डा. केसीलाई आग्रह गरेका छन्।

    मन्त्री श्रेष्ठले आफू शिक्षामन्त्री भएपछि केसीका माग पूरा हुने गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन पहल गरेको दाबी समेत गरे । डा. केसी अनशन बस्नुअघि नै एक महिनाभित्रमा चिकित्सा क्षेत्रका माग पूरा गराउन आफू प्रतिबद्ध रहे पनि अनशन बस्न हतार गरेको मन्त्री श्रेष्ठले टिप्पणी गरे ।

    ‘एक महिनाको समय मागे पनि एक हप्ता मात्रै समय दिएकाले सुरुमै विधेयक संसदीय समितिबाट पारित गराउन सकिएन’, मन्त्री श्रेष्ठले भने। 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org