समाचार

  • निर्देशक भन्छन्, ‘‘हिमालय रोडिज’ नेपालको पहिलो फ्रेन्चाईज रियालिटी शो हो जसले….’

    news

    नेपाली टेलिभिजनहरुमा अहिले दुईओटा अन्तराष्ट्रिय फ्रेन्चाईज रियालिटी शो हरु सञ्चालनमा आईरहेका छन्, पहिलो ‘नेपाल आईडल’ दोश्रो ‘हिमालय रोडिज’ । यी दुई कार्यक्रमको क्रेज नेपालमा मात्र नभएर बिदेशमा बस्ने नेपालीहरुमा पनि उत्तिकै देखिएको छ ।

    नेपाल आईडल एउटा गायनमा आधारित रियालिटी शो हो जसमा देशभरबाट गायनमा रुचि भएका प्रतिस्पर्धीहरुबाट उत्कृष्ट ६ जना छानिएका छन् । भारतीय कम्पनी फ्रिमेन्टल मिडिया र १९टिभी एलटिईको फरम्याटमा तयारमा भएको नेपाल आईडलमा कन्सल्टिङ म्यानेजर तीनजना नै भारतका रहेका छन् ।

    यस्तै रोडिज एडभेन्चर लभरहरुको लागि बनेको रियालिट शो हो । जसमा दिमाग र शारिरीक रुपमा तन्दुररुस्त प्रतिस्पर्धीहरुलाई बिभिन्न कामहरु दिईन्छ र त्यो कामहरु पुरा गर्नुपर्ने हुन्छ । भारतको भाएकम १८ को फरम्याटमा तयारमा भएको कार्यक्रममा सम्पूर्ण टिम नेपालको नै रहेको कार्यक्रमका दिर्देशक अमन प्रताप अधिकारीको दाबी छ ।

    एक मिडियासँगको अन्तर्वार्तामा मा ‘हिमालय रोडिज’ का निर्देशक अधिकारी भन्छन्, ‘हिमालय रोडिज नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाईज शो हो जसलाई पूर्ण रुपले नेपाली टीमले बनाएको हो । यसअघि आएका अन्तराष्टिय फ्रेन्चाईज शो ल्याउनु भएको छ भारतकै कम्पनीबाट हेल्प आएको छ भने मान्छे पनि आको छ तर हाम्रो शो यस्तो हो जुन पुर्ण रुपमा नेपाली टिमले बनाएको छ ।’

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org