समाचार

  • ‘पाठकहरुलाई तृप्त पार्नु मेरो जिम्मेवारी बन्न आयो’

    news

    ‘मलाई पहिला साहित्य भनेको एकदम जटिल हुनुपर्छ, त्यसमा अप्ठ्यारा शब्दहरु परेकै हुनुपर्छ जस्तो लाग्थ्यो’, ठीक चार वर्षअघि पहिलो उपन्यास ‘समर लभ’ उपन्यास लेखिसिध्याएका सुविन भट्टराईले पहिलो उपन्यास लेख्नुअघिको अनुभव सुनाए, ‘तर, त्यस्तो होइन साहित्य सामान्य नेपाली पढ्नेले पनि बुझ्ने हुनुपर्छ ‘समर लभ’ पढ्ने पाठकहरुको प्रतिक्रियाले पनि यस्तै जनायो ।’

    त्यसो भए साहित्यले समाजका गहन विषयहरुलाई उठाउनु त परयो नि होइन रु ‘हो, मान्छे जन्मेदेखि मरेसम्मका कुराहरु लेख्दा मात्रै साहित्य हुन्छ भन्ने हुँदैन ।’ उनले आफ्नो मत राखे, ‘केटा र केटीको हेराहेर भयो, त्यसपछि उनीहरुका मनमा उब्जिएको भावलाई पनि त लेख्न सकिन्छ, त्यहाँभित्र झन् कत्रो ठूलो साहित्य हुन्छ ।’

    ‘कतिपय पुस्तकको नामै नसुनिए पनि तिनले विभिन्न पुरस्कार हात पार्छन्, पुरस्कार जितिसकेपछि भने पुस्तकको बिक्रिदर ह्वात्तै बढेर आउँछ’ तर उनका किताबहरुचाहिँ यसको अपवाद रहे । सामान्यज्ञानमा सोधिने ‘फलानो सालको मदन पुरस्कार विजेता को थियो रु’को उत्तरभन्दा सुबिनलाई पाठकहरुको माया महत्वपूर्ण लाग्छ । भन्छन्, ‘पाठकहरुले मेरो समर लभ, साया, मनसुन उपन्यासका लाइनहरु उहाँहरुलाई याद हुन्छ, फेसबुक, ट्विटरहरुमा पोस्ट गर्नुहुन्छ यो नै मेरो लागि ठूलो कुरा हो’, त्यसो भए पुरस्कार कृतिको मानक होइन त रु थोरै मुस्कुराएर उनले भने, ‘पुरस्कारमा पनि एउटा मानक त होला, मैले पुरस्कारको विरोध गरेर यसो भनेको होइन तर पुरस्कार मात्रै चाहिँ केही पनि होइन ।’

    बिहीबार खरीबोट डटकमको कार्यालयमा कुराकानीका लागि आइपुगेका हेर्दा लजालु र कम बोल्ने स्वभावका युवा लेखक सुबिनको प्रेमका विषयमा खुलेर उपन्यास लेख्ने गुणले जो कसैलाई अचम्मित पार्नसक्छ । भलै उनी घरबाहिर त्यति सहज हुन नसक्ने हुनाले कम पाठकहरु मात्र उनको स्वभावसँग जानकार छन् । उनी भन्छन्, ‘घरको कोठामै म आफूलाई सहज पाउँछु यहाँ नै म सिनेमा हेर्ने, पुस्तक पढ्ने र लेख्ने काम गर्छु ।’

    उनले दुई वर्षअघि मुनासँग विवाहको लगनगाँठो कसेपछि हेटौंडासँग उनको ससुराली गाउँको आत्मीय साइनो कोरियो । जन्मिए खोटाङमा, बाल्यकालको थोरै समय बिताए मोरङमा र कर्मथलो बन्यो राजधानी । सम्झेर ल्याउँदा उनका जीवनका घुम्तीहरु कुनै पहाडी गोरेटोभन्दा कम लाग्दैनन् । सुबिनले कक्षा ८ तिर पढ्दा हाराहारी १ वर्ष शारीरिक अस्वस्थताका कारण ओछ्यानमै बिताए । ‘आफूलाई अन्तर्मुखी बनाउनमा सायद यही समयावधिकै प्रभाव होला’, उनी भन्छन्, ‘एक्लै बस्नुपरेको यस समयमा म साथीभाइभन्दा अलग रहन पुगेँ ।’

    जीवनको अर्को अविस्मरणीय क्षण उनले प्रेमपछि विवाहमा बाँधिनलागेको आफ्नै जोडीलाई सम्झिए । भन्छन्, ‘भूकम्प आउँदा साथै हाम्रो बिहे भयो, बिहे होला कि नहोला भन्दाभन्दै हामी एक भयौं ।’

     सुबिन एकअर्काको मन परापर हुनुमा दुवै जनामा आफूले खोजेको चिज छ या छैन भन्ने कुरा नै मुख्य हुने गरेको बताउँछन् । अनि तपाईंले मुनामा के त्यस्तो भेट्टाउनुभयो रु खुसी हुँदै  उनले भने, ‘मुनाको किताब पढ्ने बानीले’, उनले थपे, ‘उनी मभन्दा धेरै पढ्छिन्, हेटौंडामा जागिर खाइरहेकी उनी काठमाडौं आएपछिको अधिकांश समय अध्ययनमै बिताउँछिन् र मेरो पेशालाई सम्मान गर्छिन् ।’

    अनि उहाँलाई सुबिन भट्टराईका किताबहरु कस्तो लाग्छन् रे रु’, हाम्रो जिज्ञासाको समाधानमा भट्टराईले भनिहाले, ‘सामान्य लाग्छ भन्छिन्, मेरो लेखाइलाई अतिशय प्रशंसा गर्दिनन् ।’

    सुबिन फुल टाइमर लेखकका साथै पार्ट टाइमर टिचर पनि हुन् । त्रिभुवन विश्वविद्यालयका वातावरण विज्ञानअन्तर्गत स्नातकतहका विद्यार्थीहरुलाई उनी सोमबार र मङ्गलबार डेढ घण्टाका दरले समय छुट्याउँछन् । उनको जीवनमा पार्टटाइमको किस्सा यो मात्रै होइन । बाल्यकालमा उनी रेडियो नेपालको बालकार्यक्रम ‘हातेमालो’मा कविता र नाटक वाचन गर्थे हप्ताको शनिबार र आइतबार । त्यहाँ पनि उनको पार्टटाइम जागिर रहेछ । आजका दिनमा झट्ट सुन्दा ‘युवा लेखक सुबिन भट्टराई’ सुनिए पनि यहाँसम्म उनी सजिलै आइपुगेका होइनन् । माध्यमिक शिक्षाको उत्तरार्धकक्षातिर कविता लेख्ने सुबिन भन्छन्, ‘त्यतिबेला रत्नराज्यलक्ष्मी क्याम्पसमा हुने साहित्यिक कार्यक्रममा खुब धाउँथें म ।’

    त्यहीं देखे उनले पारिजातलाई । शारीरिक रुपमा कमजोर पारिजातलाई कसैले बोकेर मञ्चमा आसनग्रहण गराएको दृश्यले प्रभावित बने सुबिन । त्यसपछि उनलाई लाग्यो, ‘लेख्न सक्यो भने अमर भइने रहेछ ।’

    यसपछि उनले लेखे पनि तर पत्रिकाले नछापिदिँदाको पीडाबोध उनले त्यतिबेला बुझे, जब ‘बिहेको निम्तोमा’ नामक कथा लेखेर प्रकाशनार्थ नागरिक ‘अक्षर’मा पठाए । तर, कथा छापिएन । तत्कालीन समयमा ‘अक्षर’ हेर्थे अजीत बरालले । सुबिन भन्छन्, ‘पछि सोही कथा संग्रहित कथा संग्रह ‘कथाकी पात्र’ बजारमा आयो, जसलाई पाठक र समीक्षक दुवैले रुचाइदिनुभयो ।’ सुबिनमा लेख्ने हुटहुटीचाहिँ कक्षा १० पढ्दादेखि नै रहेछ । त्यसताका उनले दुई संग्रहलाई पुग्ने कविता र एउटा उपन्यास कोरिसकेका रहेछन् । ‘तर, किन किन पछि त्यो छाप्नै मन लागेन’, अहिले हेर्दा अप्रकाशित ती कविता, उपन्यास कस्ता लाग्छन् रु सुबिन मुस्कुराउँदै भन्छन्, ‘भाषागत कमजोरीहरु धेरै रहेछन् ।’

    सुबिन लेखक बनेर चर्चित बनेका भए पनि कक्षाको मामिलामा चाहिँ कडा रहेछन् । भन्छन्, ‘पढाउने कक्षाभित्र पस्नुअघि मभित्रको लेखक सुबिनलाई बाहिरै छोडेर पस्छु’, यतिमात्र होइन, विश्वविद्यालयमा हुने कार्यक्रमहरुमा पनि उनी आफ्नो लेखक परिचय खोल्दैनन् । भन्छन्, ‘विद्यार्थीहरु मेरो छेउमा आएर कथाकी पात्र, समर लभ, साया, मनसुन भन्दै खुसखुस गर्छन्, तर म सुनेको नसुनै गरिदिन्छु ।’

    ‘विद्यार्थीले अटोग्राफ मागेरै हैरान पार्दैनन् रु’ यस प्रश्नमा उनले भने, ‘सबैभन्दा बढी अटोग्राफ पाउने नै मेरा विद्यार्थीहरु हुन्’, उनले एउटा अतीत सम्झिए, ‘एक विद्यार्थीले फेसबुकको कमेन्टमा ‘सरले हामीलाई त कपी चेक गरिसकेपछि हरेक पटक अट्टोग्राफ दिनुहुन्छ’ लेखेका थिए ।’

    ‘विद्यार्थीले अटोग्राफ मागेरै हैरान पार्दैनन् रु’ यस प्रश्नमा उनले भने, ‘सबैभन्दा बढी अटोग्राफ पाउने नै मेरा विद्यार्थीहरु हुन्’, उनले एउटा अतीत सम्झिए, ‘एक विद्यार्थीले फेसबुकको कमेन्टमा ‘सरले हामीलाई त कपी चेक गरिसकेपछि हरेक पटक अट्टोग्राफ दिनुहुन्छ’ लेखेका थिए ।’

    कतिपय समीक्षकहरु सुबिनलाई ‘नेपालको चेतन भगत’ पनि भन्ने गर्छन् । ‘फिल्म बनाउनकै लागि किताब लेख्ने’ भगतको आरोप सुबिनले पनि खेपे । यद्यपि ‘समीक्षकहरु कुण्ठा पोख्छन्’ भन्ने सुबिनलाई यस्ता आरोपले खासै असर पार्दैनन् । सुबिन भन्छन्, ‘हामी दुवैको लेखाइ एकै वर्गलाई समेट्ने खालको छ तर लेखनशैली बिलकुल फरक छ, भगत र मेरा किताब नछिचोली यसो भन्दै हिँड्नु गलत हुनेछ’, सुबिन आफ्ना किताबमा तन्नेरीले आफ्नो वर्तमान र वृद्धवृद्धाले अतीत भेट्टोउने दाबी गर्छन् ।

    सर्वाधिक बिक्रीको सूचीका पर्न सफल उपन्यास ‘समर लभ’माथि फिल्म पनि बन्नलागेको छ । कतिपयले फिल्म बनेपछि पुस्तकको ओज घट्ने बताए पनि पुस्तक र फिल्म फरक विद्याका भएकाले खासै प्रभाव नपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘त्यो हुने भए वसन्ती, शिरीषको फूल, तीन घुम्ती, सेतो बाघ किताबहरु बिक्न छोड्नुपर्ने हो खोइ यी किताबहरु अहिले पनि पाठकहरुले खोजी खोजी पढिरहनुभएको छ त ।’

    ‘समर लभ’ फिल्ममा तपाईंको पनि कुनै रोल होला नि रु उनले भने, ‘ बाल्यकालमा रेडियो नाटक त गरियो, तर म फिल्म खेल्नका लागि जन्मिएको होइनजस्तो लाग्छ ।’

    ‘समर लभ’ प्रकाशित भएको १ वर्ष बित्दा नबित्दै धेरै पाठकहरुबाट उनलाई सुझाव आएछ — यसको इण्डिङ्ग अलिक राम्रो भएन । उनी भन्छन्, ‘मेरा पाठकहरु दुई किसिमका हुनुहुँदो रहेछ, कसैलाई प्यास मनपर्दो रहेछ भने कसैलाई तृप्ति, अन्ततः पाठकहरुलाई तृप्त पार्नु मेरो जिम्मेवारी बन्न आयो, यही जिम्मेवारीस्वरुप सायाको जन्म हुनपुग्यो ।’

    ‘समर लभ’को अघिल्तिर सुबिनको पहिलो किताब कथाकी पात्र कतै छायाँमा प¥यो । किन यस्तो भएको हो रु सुबिन भन्छन्, ‘कथाकी पात्रमा केही जटिल शब्दहरु छन् कारण यही होला ।’

    समर लभपछि सुबिन कान्तिपुर साप्ताहिकमा ‘युवा मन’ स्तम्भ लेखनमा पनि सक्रिय छन् । लेख्दै गएपछि विषयहरु खुल्दै जाने उनको मत छ ।
    ९खरीबोट डटकमका लागि सुरञ्जन घिमिरे र पुष्पा थपलियाले लेखक  सुबिन भट्टराईसँग गरेको कुराकानीमा आधारित०

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org