ताजा खबर

समाचार

  • डिबालाको ह्याट्रिकमा युभेन्टसको प्रभावशाली जित

    news

    इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै युभेन्टसले विजयी यात्रा कायम राखेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले सोसुओलोलाई ३–० ले हराएको हो ।

     युभेन्टसको जितमा तीनै गोल पाउलो डिबालाले गरे । युभेन्टसबाट एक सयौं खेल खेलेका डिबालाले ह्याट्रिक गरे । अर्जेन्टिनी स्ट्राइकर डिबालाले १६, ४९ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 

    डिबालाले युभेन्टसबाट एक सय खेलमा ५२ गोल गरेका छन् । डिबालाले यो सिजनका चारै खेलमा गोल गरेका छन् । उनी लिगका सुरुका चार खेलमा गोल गर्ने युभेन्टसका पहिलो खेलाडी हुन् । उनले यो सिजन सिरी एमा ८ गोल गरिसकेका छन् । 

    डिबाला युरोपका शीर्ष पाँच लिगमा सुरुका चार खेलमा ८ गोल गर्ने वायने रुनीपछिका पहिलो खेलाडी हुन् । रुनीले सन् २०११–२०१२ को सिजनमा म्यानचेस्टर युनाइटेडबाट सुरुका चार खेलमा ८ गोल गरेका थिए । 

    डिबालले यो सिजन लगातार दोस्रो पटक ह्याट्रिक गरेका हुन् । लगातार चार खेल जितेको युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । राति नै भएको खेलमा वेनेभेन्टोलाई ६–० ले हराएको नापोली चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org