ताजा खबर

समाचार

  • यु-१६ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा

    सोह्र वर्षमुनिको एसियाकप फुटबल छनौटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीको गोलकिपरमा विशाल सुनार, सिद्धार्थ थापामगर र रोहित कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रोहन दोङ, रन्दिप पौडेल, दीपक भन्डारा, असिम गुरुङ्ख, सुवास कार्की, पुकार खड्का र सञ्जिव अर्याल रहेका छन् । 

    यस्तै मिडफिल्डमा कप्तानसमेत रहेका रोशन राना, शेराव तामाङ्ख, सौगात खवास, सञ्जु श्रेष्ठ, कर्लोस बखरिया, अशोक किङरिङमगर, अञ्जल महर्जन र दर्शन गुरुङ्ख रहेका छन्  । यस्तै फरवार्डमा अभिषेक श्रेष्ठ, बृजेश चौधरी, रञ्जन पुन र निशान रावल छनौट भएका छन् । 

    नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । नेपालले पहिलो खेल पर्सी बुधबार सशस्त्र प्रहरीको मैदान हल्चोकमा इराकसँग खेल्दैछ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्ने पाउने छन् । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org