कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • ‘लभस्टोरी’ फ्लप भएपछि ‘हरर’ तिर लागिन् ऋचा, बनाउदैँछिन् ‘सुनकेसरी’

    news

    निमात्री तथा नायिका ऋचा शर्माले भुतप्रेको कथामा आधारित चलचित्र ‘सुनकेसरी’ बनाउने भएकी छिन् । केहि समय अघि निर्माण गरेको लभस्टोरी जनराको चलचित्र ‘आधा लभ’ फ्लप भएपछि फेरी उनले हरर जनराको चलचित्र बनाउने भएकी हुन् ।

    भिम न्यौपाने र अभिनेत्री ऋचा शर्माले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रको केहि छायांकन नेपालमा हुनेछ भने बाँकी छायांकन अस्ट्रेलियामा नै हुने छ । चलचित्रमा सन् १८८० मा निर्माण भएको एक अष्ट्रेलियन दरवार हाल बुटिक होटेलमा परिणत हुँदा होटेल भित्र चलचित्रका तीन पात्रले भुतप्रेत संग गरेको क्रियाकलाप र त्यसले निम्त्याएको परिस्थितिको कथा समावेश छ ।

    अर्पण थापाले निर्देशनमा बन्ने चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, भिम न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । २ करोडको लागतमा बन्ने चलचित्रकमा मनोज अधिकारी र अर्पण थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् । अर्पण थापाले निर्देशनमा बन्ने चलचित्र २०१८ को आधाआधीमा नेपाल र नेपाल बाहिर एकसाथ प्रदर्शन गरिने छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org