कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • झारफुकको भरपर्दा आँखाको ज्योति गुम्दै, बिरामीलाई अस्पताल पठाइदिन आग्रह

    धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन्। 

    चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका हुन्। 

    मोतिविन्दु भएर आँखाको ज्योती गुमेपछि मात्र उपचारका लागि अस्पताल आउने परिपाटी बढेपछि मेची आँखा अस्पताल विर्तामोडले जिल्लाभरिका धाँमीझाक्रीलाई आँखा स्वास्थ्य सम्बन्धी तालीम प्रदान गरेको छ । तालीममा सय वर्षीय वृद्धसहित ५१ जना धाँमीझाक्री सहभागी भएको मेची आँखा अस्पताल बिर्तामोडका प्रशासकीय अधिकृत सुरज रौनियारले जानकारी दिए। 

    तालीममा उनीहरुलाई अन्धोपन निवारणका लागि गर्न सकिने उपायका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालीममा आँखाको बनावट, कार्य, लाग्ने सामान्य रोग, आपतकालीन अवस्था तथा ‘रिफरल नेटवर्क’को बारेमा जानकारी दिइएको थियो । 

    अस्पतालका डेप्युटी मेडिकल डाइरेक्टर डा प्रभा सुवेदी बस्नेत, प्रशासकीय अधिकृत सुरज रौनियार, नेत्र अधिकृत मेमलाल राजवंशीलगायतले परम्परागत झारफूक पद्धति र जडीबुटीको सेवनले आँखाका कुनै पनि रोग निको नहुने भन्दै धामीझाँक्री कहाँ कोही आँखाका रोगी आए सबै आँखाका बिरामीलाई अस्पताल पठाइदिन आग्रह गरेका थिए। रासस 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org