समाचार

  • रियल मड्रिडबाट लोनमा बार्यन म्युनिख गएका रोड्रिग्वेज पहिलो खेलमै चम्किए

    news

    जेम्स रोड्रिग्वेजले जर्मन बुण्डेस लिगा फुटबलको आफ्नो पहिलो खेलमा एक गोल गरेका छन् भने दुई गोलका लागि सहयोग गरेका छन् । 

    स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख गएक रोड्रिग्वेजले बुण्डेस लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा क्लबलाई जिताउन रोड्रिग्वेजले महत्वपूर्ण भूमिका खेले । 

    बार्यनले एफसी शाल्केलाई ३–० ले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, रोड्रिग्वेज र अटुरो भिडालले गोल गरे । रोड्रिग्वेजको क्रस बल डिफेन्डर नाल्डोले ह्याण्डल गरे र लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे । 

    रोड्रिग्वेजले त्यसपछि बार्यनका लागि आफ्नो पहिलो गोल गरे । त्यसपछि उनले भिडालको गोलका लागि सहयोग पनि गरे । सन् २०१४ मा मोनाकोबाट सात करोड १० लाख पाउण्डमा रियल मड्रिड गएका रोड्रिग्वेज अहिले लोनमा बार्यन आएका हुन् । जितपछि पाँच खेलबाट १२ अंक जोडेको बार्यन लिगको शीर्ष स्थानमा छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org