ताजा खबर

समाचार

  • ‘छक्का पन्जा २’ सँग ‘मेरो पैसा खै ?’ आउँदै, फेरी ‘मंगलम’ जस्तै हुने त होईन ?

    news

    बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ यहि असोज ११ गतेबाट देशभर प्रदर्शनमा आउने कुरा सर्वबिदितै छ । अब यहि मितीमा अर्को चलचित्र ‘मेरो पैसा खै?’ पनि प्रदर्शनमा आउने भएको छ ।

     

    ‘छक्का पन्जा २’ दिपक–दिपाले निर्माण गरेका हुन् भने ‘मेरो पैैसा खै?’ चलचित्रलाई रोज राणाले निर्माण तथा निर्देशन गर्दैछन् । चलचित्र ‘छक्का पन्जा २’ को २ वटा गीतहरु पोस्टर, ट्रेलर र टिजर सबै सार्वजनिक भईसकेको छ भने ‘मेरो पैसा खै?’ आजसम्म पनि पहिलो पोस्टर समेत सार्वजनिक भएको छैन । चलचित्रका बितरक सुनिल मानन्धरका अनुसार चलचित्रको प्रदर्शन मिती असोज ११ नै भएको बताएका छन् । यस्तो खबर बाहिरिएपछि धेरैले ‘मेरो पैसा खै?’ लाई चर्चामा आउनको लागि यस्तो गरेका भनेका छन् । यो भन्दा अघि पनि पहिलो पोस्टर समेत सार्वजनिक नगरिएको छवि ओझाको चलचित्र ‘मंगलम’ सार्वजनिक गर्ने कुराले दुई दिन गज्जबैले बजार तातेको थियो । धेरैले ‘मेरो पैसा खै?’ को यो कदमलाई चर्चामा आउने सस्तो काईदा पनि भन्न भ्याएका छन् ।

     

    बलिउडका निर्देशक विवेक शर्माले बिचबाटै फिल्म निर्देशनबाट हात झिकेपछि निर्माता राणाले चलचित्र ‘मेरो पैसा खै?’ निर्देशन गरेका थिए । कमेडी जनराको चलचित्रमा सौगात मल्ल, रबिन तामाङ, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । उता उपत्यका बाहिरको प्रचासप्रसार सक्काएर आव काठामाण्डौँ फकिएको ‘छक्का पन्जा २’ मा दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, केदार प्रसा घिमिरे, स्वरुप पुरुष ढकाल, गौरव पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org