ताजा खबर

समाचार

  • मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु

    मोरङको कानेपोखरी गाउँपालिका–३, हरकपुरस्थित एक घरमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर ज्यान गएको छ ।

    बिहिबार बिहान २ बजे लागेको आगोले ५६ वर्षिय चन्द्रकुमार राई, ५० वर्षिय पार्वता राई, ४५ वर्षिय बिष्णुकुमारी राई (तामाङ) र ८५ वर्षिय गंगामाया राईको आगोले जलेर ज्यान गएको हो ।

    चन्द्रकुमार राई घरमुली हुन् । उनकी आमा गंगामाया, श्रीमती पार्वता र बहिनी बिष्णुकुमारीको जलेर ज्यान गएको हो । उनीहरूको शव चिन्न नसक्ने अवस्थामा फेला परेको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सबै शव खोजेर निकालेका थिए ।

    विद्युत सर्ट भएर घरमा आगालागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org