समाचार

  • रोहिंग्या समस्याः बंगलादेश जाँदै गरेको डुंगा डुब्दा १२ जनाको मृत्यु

    news

    म्यानमारमा भड्किएको हिंसाका विस्थापित भएर बांगलादेश आउँदै गरेका रोहिंग्या मुसलमान चढेको डुंगा डुब्दा कम्तिमा १२ जनाको ज्यान गएको छ । 

    रोहिंग्या मुसलमानको बसोबास रहेको म्यानमारको रखाइन प्रान्तमा पछिल्लो समय हिंसा भड्किएका कारण त्यहाँबाट रोहिंग्या मुलमान विस्थापित भएका छन् । 

    विस्थापित मध्ये धेरैको गन्तव्य बंगलादेश बनेको छ । बंगादेश नजिक नाफ नदीमा डुंगा डुब्दा झण्डै एक सयजना हराइरहेको सरकारी अधिकारीले बताएका छन् । हराउने बालबालिका पनि रहेका छन् ।

    अहिले उद्धारको काम भइरहेको छ । रखाइन प्रान्तमा सेनाको ज्यादतिका कारण चारलाखको हाराहारीमा रोहिंग्या मुसलमान विस्थापित भएका छन् । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org