कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • घाँसको निहुँमा किशोरी हत्या

    रामेछपको गोकुलगंगा गाउँपालिका– ४ वेताली की १७ वर्षीया अम्बिका वस्नेतलाई घाँसको निहुमा कुटपिट गरी हत्या गर्ने राजन कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

    गत असोज १७ गते दिउँसो गोकुलगंगा गाउँपालिका वडा नं ४ पात्ले भन्ने स्थानमा घाँस काट्न गएकी वस्नेतलाई कुटपिट गरी हत्या गरेकाले गोकुलगंगा गाउँपालिका– ४ का २० वर्षका राजन कार्कीलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

    गत मगंलबार दिउँसो घर नजिकै  घाँस काट्न गएकी अम्बिका बेलुका अवेरसम्म पनि घर नफर्किएपछि घरका परिवारले उनको खोजी  गरेका थिए । खोज्ने क्रममा रातभर पनि उनी फेला नपरेपछि  बुधबार दिउँसो  अम्बिका मृत अवस्थामा खिम्ती खोलामा फेला परेकी थिइन् । 

    आफन्तले  खोजी  गर्दै जाँदा घरमुनि रहेको खेतमा काटेर राखेको घाँस, चप्पल, नाम्लोडोरी  भेटिएको र नजिकैको  खोल्सामा शव फेला परेको थियो । 
    हत्या अघि अभियुक्त कार्कीले वलात्कार समेत गरेको हुन सक्ने आशंकामा ंभिसेरा परीक्षणको लागि प्रयोगशालामा पठाइएको  प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।        

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org