समाचार

  • ‘ए मेरो हजुर ३’ पनि बन्छः झरना थापा

    news

    नायिका एवं निर्देशक झरना थापाले ‘ए मेरो हजुर ३’ पनि बनाउने बताएकी छिन् । चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै झरनाले ‘ए मेरो हजुर २’ को सफलता पछि यसको सिक्वेल पनि बनाउने बताएकी हुन् । हाल ‘भागवत गीता’ नामक फिल्म निर्देशन गर्न थालेको पनि झरनाले बताईन् ।

     

    आफु प्युठानमा जन्मीए पनि दाङ जिल्ला मुटुमै रहेको बताएकि छिन्। दाङमा फिल्म सुटिङको राम्रो संम्भावना रहेको पनि उनको भनाई छ । प्युठानमा जन्मीए पनि स्कुल तथा क्याम्पस लेभलसम्म झरनाले दाङमा अध्ययन गरेकी थिईन् । ‘ए मेरो हजुर २’ को सफलता पछि झरना थापा निकै खुशी छिन् । उनको डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ ले ठुलो ब्यवसायिक सफलता हात पारेको थियो । जसमा साम्राज्ञी, सलिनमान र सलोन बस्नेत मुख्य मुख्य भुमिकामा थिए ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org