समाचार

  • नसर्ने रोगबारे अभिमुखीकरण

    news

    सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्विस फाउन्डेसनको सहयोगमा नसर्ने रोगसम्बन्धी बृहत् जनचेतना अभिमुखीकरण कार्यक्रम भएको छ। पहिलो चरणमा विश्वका तीन देश नेपाल, मोजाम्बिक र पेरुमा मात्र यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। नसर्ने रोग मधुमेह, उच्च रक्तचाप र कुष्ठरोग हुँदा अपनाउनुपर्ने सावधानी एवं सर्तकताबारे कार्यक्रममा जानकारी दिइएको थियो।
     
    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामुदायिक औषधि विभाग प्रमुख एवं नेपालका कार्यक्रम संयोजक प्राडा निलाम्बर झालेको नेतृत्वमा प्राडा सञ्जीव शर्मा र डा सुमनबहादुर सिंहको टोलीले नसर्ने रोगबारे सर्वसाधारणलाई प्रशिक्षण एवं जानकारी गराएका हुन्।
     
    यस्ता रोग भयावह अवस्थामा पुगिसकेकाले सर्वसाधारणको जीवन रक्षाका लागि राज्यको स्वास्थ्य नीतिमा समेत परिमार्जन गर्नुपर्ने संयोजक प्राडा झाले बताए । अस्वस्थकर खानपान, प्रतिकूल वातावरण र वंशाणुगत रूपमा देखिने यस्ता रोगबाट मानिसलाई सुरक्षित राख्न प्रांग्रारिक कृषि उत्पादन नीति अपनाउनुपर्ने प्राडा झाले जनाए।
     
    सुनसरीको स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति एवं विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र जननिर्वाचित पदाधिकारी समेतको सहभागिता रहेको कार्यक्रममा डा सुमनबहादुर सिंहले यस्ता रोगले नेपाल लगायत विश्वमै पारेको असर तथा रोकथामका लागि अपनाइनुपर्ने उपायबारे बोलेका थिए। रासस

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org