ताजा खबर

समाचार

  • रेखालाई अहिले राजनिति भन्दा ‘रुद्रप्रिया’ प्यारो

    news

    रेखा थापा हिजोआज दुई कारणले चर्चामा छिन् । पहिलो कारण हो उनको फिल्म रुद्रप्रिया कार्तिक २ गतेदेखि देशभर रिलिज हुँदैछ । आर्यन सिग्देलसँग ८ वर्षपछि राम्रो सम्बन्ध बनाउँदै रुद्रप्रियामा जोडि बाँधिए पछि उनको चर्चा ब्यापक भएको हो । अर्को भनेको उनको राजनितिक करिअर । हिजोआज केहि सञ्चारमाध्यमहरुमा रेखा थापाले पार्टी परिवर्तन गर्न थालेको चर्चा खुबै चल्न थालेको छ । उसो त उनी माओवादी पार्टी परित्याग गरि राप्रपा र राप्रपा नेपालको पार्टी एकता पछि रेखा थापा राप्रपामा प्रवेश गरेकी थिईन् । एकिकरण पछिको केहि महिनामै राप्रपा फुटेपछि उनी कमल थापाको साथ छोड्दै पशुपति शमशेर जबरासँगै गईन् ।

     

    हाल माओवादी, नयाँ शक्ति र एमाले लगायतका दलहरुको वाम एकताको विषयलाई लिएर सबैको ध्यान तानिरहेको समयमा रेखा थापा एमाले प्रवेश गर्ने हल्ला चलेकोा छ । केहि सञ्चारमाध्यमहरुले रेखा थापा केहि दिन भित्रै एमाले प्रवेश गर्न थालेको र अध्यक्ष केपी ओलीसँग पनि कुरा भइसकेको कुराहरु सम्प्रेषण गरिरहेका छन् । तर रेखा थापा साँच्चिकै पार्टी प्रवेश गर्न थालेकी हुन् त ? यो विषयमा हामीले नायिका रेखासँग प्रतिक्रिया लिँदा ठाडै अस्विकार गरिन् । उनले गज्जबको अनलाईनसँग भनिन् “हाल म फिल्म रुद्रप्रियामा ब्यस्त छु । हावा समाचारमा विश्वास नगर्नुहोस् । कार्तिक २ गते मेरो फिल्म रिलिज हुँदैछ । त्यसैले त्यसपछि नै मैले के गर्ने भन्ने निर्णय लिन्छु । अहिले राजनितिमा भन्दा पनि म मेरो फिल्म प्रमोशनमा केन्द्रित छु । अहिले मलाई राजनिति भन्दा रुद्रप्रिया प्यारो छ ।”

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org