कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • किशोरीहरुको शसक्तिकरणका लागि अभिभावककोे चेतना अभिवृद्धि गर्नुपर्ने

    सोलुखुम्बुका किशोरीहरुको शसक्तिकरणका लागि अभिभावककोे चेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । रेडियो कार्यक्रम कुराकानीमा छलफलमा सहभागि हुदै सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ का वडा अध्यक्ष लालमान श्रेष्ठले पराम्परागत सोचका कारण व्यवहारमा परिवर्तन नभएकाले किशोरीहरुले विभिन्न सामाजिक विभेदको सामान गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले किशोरीहरुले आफ्नो समस्या घरपरिवारका सदस्य, साथीभाई तथा शिक्षकहरु सगँ राखेर समाधान गर्नुपर्ने बताउनुभयो ।
     
    शिक्षाको अभावका कारण किशोरीहरुले हिसांमा परेको उजुरी आफुहरु कहाँ आउने भएकाले  न्याय दिलाउन आवाज उठाउँदै आएको महिला मानवअधिकार रक्षक संजालकी अध्यक्ष टंकी माया बस्नेतले बताउनुभयो । सुआहारा २ कार्यक्रमका पोषण तथा सामाजिक व्यवहार परिवर्तन संचार अधिकृत सुदिप अर्यालले किशोरीहरुको पोषण अवस्थामा ध्यान दिन सके मात्र स्वस्थ समाज निमार्णको कल्पना साकार हुने विचार व्यक्त गर्नुभयो ।
     
    छलफल कार्यक्रममा विद्यालयमा छात्रामैत्री शौचालय हुनुपर्ने,  पहिलो महिनावारीको समयमा गर्नुपर्ने सरसफाई तथा यौनशिक्षा बारे किशोरीलाई प्रदान गरिने शिक्षामा व्यापकता ल्याउनुपर्ने बारे सरोकारवालाले धारणा राखेका थिए । छलफल पछि किशोरीहरुको उज्वल भविष्यका लागि सरकारी, गैरसरकारी संघसंस्था, अभिभावक तथा स्वयमं किशोरीहरु नै सचेत भई योजना बद्ध अघि बढ्नुपर्ने निष्कर्शमा पुगेका छन् ।
     
    किशोरीहरुलाई रेडियो कार्यक्रमको नेतृत्व दिई आफ्ना प्रश्नहरु सोध्न सक्ने बनाउनका लागि प्लान इन्टरनेशनल नेपाल र सामुदायिक रेडियो प्रसारक संघको संयोजनमा सोलु एफएमले कार्यक्रम आयोजना गरी रेडियो कार्यक्रम तयार गरिएको हो । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा म बालिका भएकीले भन्ने अभियान अन्र्तगत किशोरीको नेतृत्वमा रेडियो कार्यक्रम बनेको हो ।  सोलु एफएमका लागि दुधकोशी गाउँपालिका ६ वाकुकी रनिता मगरले कार्यक्रम सन्चालनको नेतृत्व लिनुभएको थियो ।  

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org