समाचार

  • साम्राज्ञीको कारण रोकियो ‘इंटु मिन्टु लंडनमा’ को सुटिङ

    news

    नेपाली चलचित्र क्षेत्रका एकदमै चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको निर्माण भईरहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को सुटिङ रोकिएको छ । बेलायती दुवावासले भिषा नदिएपछि उनको चलचित्रको सुटिङ रोकिएको हो ।

     

    काठमाडौं र लन्डनमा छायांकन हुने यो चलचित्रमा साम्राज्ञी मुख्य भूमिकामा छिन् । इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले उनी नेपालमा नै छिन् । चलचित्रकी निर्देशक रेनाशा वान्तवा राई र कलाकार तथा पत्रकार दिलभुषण पाठक भने फिल्मको छायांकन नहुने भएपछि १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका छन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org