कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • मेस्सीको कीर्तिमानमा स्वारेजले केहीबेरमै गरे बराबरी

    news

    अर्जेन्टिनाका लियोनल मेस्सी र उरुग्वेका लुइस स्वारेजले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । 

    विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको खेलमा ह्याट्रिक गरेका मेस्सीले पहिले कीर्तिमान बनाए । आफ्नो खेल जीवनमा अहिलेसम्म विश्वकप छनौटका ४५ खेल खेलेका मेस्सीले २१ गोल गरेर कीर्तिमान बनाए । इक्वेडरसँगको खेलमा मेस्सीले ११, १८ र ६२ औं मिनेटमा गरेको गोल छनौट खेलमा उनको १९, २० र २१ औं गोल थियो । 

    यसरी बनेको कीर्तिमान मेस्सी एक्लैको नाममा केही समय मात्रै रह्यो । विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा बोलिभियालाई ४–२ ले हराउने क्रममा दुई गोल गरेका लुइस स्वारेजले मेस्सीको कीर्तिमानसँग बराबरी गरे ।

    बोलिभियासँगको खेल अघि नै खेल जीवनमा विश्वकप छनौटमा १९ गोल गरेर कीर्तिमान बनाएका स्वारेजले ६० र ७६ औं मिनेटमा गरेको गोल उनको २० र २१ औं गोल थियो ।

    यो पटकको विश्वकप छनौटको मात्रै कुरा गर्ने हो भने दक्षिण अमेरिकी क्षेत्रमा १५ खेलमा १० गोल गरेका उरुग्वेका एडिसन काभानी शीर्ष स्थानमा छन् । १० खेलमा सात गोल गरेका मेस्सी दोस्रो स्थानमा छ । 

    सबै क्षेत्रमा गरेर यो पटकको विश्वकप छनौट अभियानमा सर्वाधिक गोलकर्ताको कीर्तिमान भने पोल्याण्डका रोबर्ट लेवान्डोस्की, साउदी अरेबियाका मोहम्मद अल–साहलावी र युएईका अहमद खालिलको नाममा छ । उनीहरुले १६ गोल गरेका छन् । १५ गोल गरेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org