कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • बाँकेको खजुरामा नि:शुल्क स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको लाग्यो भिड

    news

    बाँकेको खजुरा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

    आफ्नै गाउँमा सञ्चालन गरिएको विशेषज्ञ चिकित्सक सहितको शिविरमा वृद्धवृद्धाहरुको भिड लागेको थियो। 

    शिविरमा ६० वर्षभन्दा बढी उमेर पुगेका ९७ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै उनीहरुलाई आवश्यक औषधि नि:शुल्क उपलब्ध गराइएको थियो। 

    हरेक तीन महिनामा शिविर आयोजना गरी ज्येष्ठ नागरिकलाई घरआँगनमै पुगेर गुणस्तरिय सेवा पुर्याइने खजुरा गाउँपालिका १ का वडाध्यक्ष सुमन मल्लले बताए।

    विभिन्न समस्या भए पनि आर्थिक अभाव, अस्पतालसम्म पुर्याइदिने छोराछोरी तथा आफन्त नहुँदा अधिकांश ज्येष्ठ नागरिक उपचारबिनै घरमा बस्न बाध्य थिए। शिविरमा आएका उनीहरुमध्ये अधिकांशमा दम, सुगर र मुटुरोग सम्बन्धी  समस्या पाइएको मल्लले बताए।

    सहज रुपमा हिँडडुल गरेर शिविरसम्म आउन नसक्नेहरुलाई गाउँकै युवाहरुले मोटरसाइकलबाट सेवा दिएका थिए। मोटरसाइकलमा बस्न नसक्नेलाई भने अटोरिक्सा मार्फत शिविरसम्म पुर्याइएको थियो।

    शिविरमा भेरी अञ्चल अस्पतालका प्रमुख फिजिसियन डा राजन पान्डे, नाक, कान, घाँटी रोग विशेषज्ञ वरिष्ठ चिकित्सक डा रमेश श्रेष्ठसहित एक दर्जन स्वास्थ्यकर्मी संलग्न थिए।

    खजुरा गाउँपालिका १ को राधापुरबाट सुरु भएको शिविर ३१ गते वडा नम्बर ८ को रनियापुरमा पुगेर समापन हुने गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org