कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • सोलुखुम्बुमा लेक लागेर ब्रिटिस नागरिकको मृत्यु

    सुबास दर्नाल/सोलु एफ एम ।
    सोलुखुम्बु, असोज २६ — सोलुखुम्बुमा ब्रिटिस नागरिकको लेक लागर ज्यान गएको छ । ब्रिटिस नागरिक टेरेन्स जोन जस्लीङको लेक लागेर बिहीबार बिहान सुतेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । असोज १७ गते भ्रमणका लागि नेपाल आएका टेरेन्स जोन जस्लीङ गोकियो पुगेर फर्कने क्रममा लेक लागेर विरामी परेका थिए ।
     
    विरामी परेका टेरेन्स जोन जस्लीङ सोलुखुम्बुको खुम्बु पासङ ल्हामु गाउँपालिका ४, दोलेमा सुतेकै ठाउँमा बिहान ३ बजे मृत्यु भएको जनाइएको छ । शव पोस्टमार्टमका लागि बिहान हेलिकप्टरमार्फत काठमाडौ‌को शिक्षण अस्पातल पठाइएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org