समाचार

  • सिता एयरको बिमान दुर्घटनाबाट जोगियो ।

    सुबास दर्नाल/सोलु एफ एम ।
    सोलुखुम्बु, असोज २६ —सिता एयरको बिमान विहिबार दुर्घटनाबाट बचेको छ । आज बिहान तेञ्जिङ्ग हिलारी बिमानस्थल, लुक्लाबाट काठ्माण्डौका लागि उडान भर्न लागेको जहाज दुर्घटनाबाट बचेको हो ।
     
    बिहान ७ः४५ बजे लुक्लामा अवतरण गरेको सिता एयरको ढ(ल्ब्व्ज् कल साईन रहेको बिमानको चक्कामा खराबि आएको चालक दलले समयमा नै थाहा पाएपछि बिमानलाई पुनः पार्किङ्ग तर्फ नै फर्काइ सुरक्षित गरिएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।  उडानका लागि धावन मार्गको करिब एक सय मिटर दुरी पार गरेपश्चात मात्र बिमानको हाईड्रोलिक चक्कामा खराबि आएको चालक दलले थाहा पाएका थिए ।
     
    चक्कामा खराबि आएको बिमान मर्मतका लागि काठ्माण्डौबाट आज नै प्राबिधिक टोलि आई मर्मत पश्चात पुनः बिमान बिहान १० बजे नै काठ्माण्डौका लागि उडेको थियो । बिमानमा रहेका सबै चालक तथा यात्रु सकुशल रहेको पनि प्रहरीले जनाएको छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org