ताजा खबर

समाचार

  • शरद भेषावकरले हङकङसँगका दुवै खेल खेल्न नसक्ने

    news

    क्रिकेटर शरद भेषावकरले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँगको खेल गुमाउने भएका छन् ।

    विरामी परेका कारण भेषावकरले खेल्न नसक्ने भएपछि नरेश बुढाऐरलाई टिममा राखिएको छ । नेपाली क्रिकेट टिममा प्राविधिक विश्लेषक रमण शिवाकोटीका अनुसार बुढाऐर शुक्रबार बिहान हङकङ पुग्ने छन् । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो छैटौं चरणको खेलमा नेपालले शुक्रबार र आइतबार हङकङसँगै उसकै घरेलु मैदानमा खेल्दै छ । 

    १० खेलबाट ८ अंक बटुलेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । नेपालसँग खेल्न लागेको हङकङको भने ११ अंक छ ।

    आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कडा मिहेनत गरेर हङकङसँगका दुवै खेल जित्ने लक्ष्यले मैदान उत्रिने बताएका छन् ।

    शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १२ खेलबाट १८ तथा दोश्रो स्थानको पपुवान्युगिनीको १२ खेलबाटै १६ अंक छ । यस्तै स्कटल्याण्डको १२ खेलबाट १५ तथा  केन्याको १२ अंक छ । नेपालभन्दा तल रहेका युएई र नामिबियाको समान ६ अंक छ । सातौं चरणमा नेपालले युएईसँग खेल्ने छ । तर खेलको मिति र खेलस्थल तोकिने बाँकी छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org