कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • ‘छक्का पञ्जा २’ किन भयो टाउको दुखाई ?

    news

    दीपेन्द्र खनिया –
     

    हरेक सिनेमा यो काल्पनिक कथामा आधारित छ भनेर सुरु हुन्छ । 

    त्यो भन्दा अघि सिनेमा सम्बन्धी नियमनकारी निकाय सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र सेन्सर बोर्डले चलचित्र हेर्छ । कानुनले बन्देज गरेको कुरा भए त्यसलाई काट्छ । समाजमा द्वेष, भ्रम वा विकृती फैलाउने कुरा भए त्यसलाई रोक्छ । हैन भने सिनेमाको कथा र दृश्य अनुसार ग्रेड छुट्याएर प्रमाणपत्र  दिन्छ  र भन्छ, ‘यो सिनेमा यो–यो समूहलाई देखाउनु ।’  

    त्यो भन्दाअघि चलचित्र बिकास बोर्डमा यस्तो सिनेमा बन्दैछ । यसका निर्देशक र निर्माता यी–यी हुन् । कथा यिनको हो । कथाको मुख्य सार यो छ । कलाकार यी–यी हुन् भन्ने पूर्ण जानकारी विकास बोर्डमा नियम अनुसार गराइन्छ । यो नगरिकन सिनेमा खिच्न पाईदैन । देखाउने कुरा त परै जाओस् । 

    एउटा कथाकारले आफूले सुझे बुझेको आधारमा कथा लेख्छ । त्यो उसको कृति हो । त्यहाँ उसले सपना देख्छ । कथाकार आफैँ कल्पनामा उड्छ । सृजनाका शब्दले कथालाई सकेसम्म फिल्मी बनाउँछ । त्यसपछि कथालाई कसरी अगाडि बढाउने ? कसरी खिच्ने ?  कस्तो कलर दिने ? को–को कलाकार राख्ने ? कथालाई कस्तो पटकथाबाट अघि बढाउने ? त्यो सबै निर्देशक वा उसको टिमको खुबी हो ।

    यो यस्तै हुनु पर्छ भन्ने कहि कतै उल्लेख हुँदैन । सिनेमाको समय क्यानभास हो । यहाँ कस्तो चित्र बनाउने निर्देशक र उसको टिमले निणर्य गर्ने कुरा हो । यो  नेपालमा बन्ने सबै सिनेमामा लागु हुने एउटै सुत्र हो । नेपालमा बनेको पहिलो नेपाली सिनेमा ‘आमा’ होस् या अहिले चर्चाको शिखर र दर्शकको मनमा बसेको  सिनेमा ‘छक्का पञ्जा २’ यसरी नै तयार भएका हुन् । 

    अब कुरा चाँहि ‘छक्का पञ्जा २’कै गरौं । झण्डै १ करोड ५० लाख रुपैयाँ खर्च गरेर दीपक–दीपाको टिमले अहिले प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’तयार पारेको हो । यो सिनेमा बनाउन झण्डै २ सय जनाको टिमले लगातार ७५ दिन काम गरेको छ । आलोचनाका लागि त जे भन्दिए पनि हुन्छ ।

    तर ध्यान दिनु पर्ने कुरा चाहिँ के हो भने, कथाको कल्पनादेखि असोज ११ गतेसम्म आइपुग्दा एउटा जम्बो टिमले एक वर्ष मेहेनत गरेको छ । जीवनभर जानेको, सिकेको, बुझेको अनुभव जम्मा गरेर दीपक–दीपा र उनको टिमले ‘छक्का पञ्जा २’ व्यावसायिक सिनेमा बनाएको हो । यो समय र पैसाको लगानी कसैलाई होच्याउन, गाली गर्न र दुःख दिन न त दीपक दीपाले गरेका हुन् न अरु कसैले गर्न सक्छ । डाह र इष्र्या भएका वा कसैबाट परिचालितहरुले मात्रै फरक सोच्न सक्लान् । 

    नाफामा आँखा धेरैका छन् । सिनेमाले जतिनै पैसा कमाए पनि सबै सर्लक्कै दीपक–दीपाले घर लाँदैनन् । सिनेमा बन्न महिनौं लाग्छ । लाखौं खर्च हुन्छ । सिनेमा बनिसकेपछि सिनेमा चलाउने हल हुन्छ । वितरक हुन्छ । पैसाको कारोबार गरेपछि सरकारले कर लिन्छ । सबैलाई तिरे पछिको रकम मात्रै निमार्ताको हुन्छ ।

    ‘छक्का पञ्जा २’ मा  त झन् दीपक र दीपा मात्रै निर्माता छैनन् । झण्डै दर्जन निर्माताहरु छन् । उनीहरुको पनि बुद्धि र विवेक यसमा जोडिएको छ । आलोचना गर्नु, सामाजिक सञ्जालमा ख्याति कमाइएला कि भनेर फरक सोच राख्नु एउटा कुरा होला तर हतोत्साहि बनाउनु, मुल कामको चर्चा नगरी खोट मात्र लगाउन खोज्नुमा समग्र सिनेमा उद्योगकै विकास र उन्नती देख्न नसक्नेले उठाएको बहस त हैन ? भन्ने कुराको तरंग स्वभाविक रुपमा उठ्दै छ । 

    ‘छक्का पञ्जा २’ दीपक दीपा र उनको टिमले मनोरन्जनसहित पैसा कमाउनका लागि नै निर्माण गरेको व्यावसायिक सिनेमा हो । यो नयाँ सडकको खुलेको सुन पसल र बानेश्वरको चिया पसल जस्तै हो । नाफाका लागि खोलिएका स्कूल र ‘छक्का पञ्जा २’ मा केही पनि फरक छैन । अस्पताल खुल्छन् । सिनेमा हल बन्छन् । अनलाइन र रेडियो सञ्चालनमा आउँछन् भनेजस्तै दीपक र दीपाले जानेकै सिनेमा बनाउन हो । 

    उनीहरु सिनेमा बनाइरहन्छन् । यो व्यवसायिक सिनेमा हो । काम सँगै दामका लागि पनि उनीहरुले सिनेमा बनाएका हुन् ।  सिनेमा बनाएर कंगाल हुने रहर कसैलाई हुँदैन । उनीहरुले त पैसा पनि कमाएका छन् दर्शकको मन पनि जितेका छन् ।

    इष्र्या र डाहा भएकाहरुले मात्रै उनीहरुको विरोध गरिरहेका छन् । हैन भने जसले नियमन गर्नुपर्ने हो उसको अनुमतिसहित कानुन र संविधानको पालना गर्दै प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ बाट आत्तिनेहरु को त ? उत्तर कसले खोजीदिने ? विकास बोर्डले, चलचित्र संघले, निर्देशक समाजले, निर्माता संघले वा फेरि पनि सामाजिक सञ्जालहरुले ? दीपक– दीपा र उनको टिमलाई कसले जवाफ दिने ?

    दीपक र दीपाको अर्को कुनै व्यापार छैन । सिनेमा र सिनेमाकै वरिपरि उनीहरुले झण्डै ३० वर्ष बिताउन लागे । उनीहरुलाई के सहि हो र के गलत हो भन्ने राम्ररी थाहा छ । उनीहरुको अनुभवलाई अक्षरमा उतार्ने हो भने युनिभर्सिटीको एउटा सेमेस्टरको कोर्स बन्छ । दूधले नुहाएको कोही पनि हुँदैन । दीपक र दीपाले पनि ‘छक्का पञ्जा २’ प्रदर्शनमा आएपछि भएका केही कमजोरीलाई सच्याएर ‘छक्का पञ्जा ३’ बनाउने घोषणा गरिसकेका छन् ।

    तर जसरी ‘छक्का पन्जा २’ लाई जोडेर जतिले टाउको दुखाई रहनु भएको छ, कृपया अरुको उन्नतीमा आफ्नो प्रेसर नबढाउनुहोस् । रोगले तपाईलाई नै थिच्छ । बरु त्यो समय दिपक र दिपाले जस्तै लाखौंको मन जित्ने असल कर्ममा लगउनुहोस् ।

    सिनेमा उद्योगका लागि दीपक–दीपाले गरेका राम्रा काम धेरै छन् । राम्रो कामको तारिफ गर्ने बानी बसाल्नुस् । उनै कवि दुर्गालालको गीत जस्तै,  फूलको आँखामा फुलै संसार ....

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org