ताजा खबर

समाचार

  • प्रदेश तथा प्रतिनिधि सभाका सोलुखुम्बुका मुख्य पार्टीले गरे उम्मेद्वार सिफारीस

    सृष्टि सुनुवार, सोलुखुम्बु
    सोलुखुम्बु जिल्लाका मुख्य राजनितीक दलहरुले आगामी मंसीर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको लागि उम्मेद्वार सिफारीस गरेका छन् । उम्मेद्वार सिफारीस सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रले गरेको थियो । यसपछि नेकपा एमाले र नेपाली काग्रेसले पनि नाम सिफारीस गरेका हुन् ।
     
    माओवादी केन्द्र सोलुखुम्बुका संयोजक हेमकुमार राई (सुरविर) को संयोजकत्वमा रहेको ७ सदस्यीय उम्मेद्वार सिफारीस समितिले आकाक्षीको नाम प्रदेश कमिटिमा पठाएको हो । जस्मा प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सर्वसम्मतिमा प्रत्येक्ष तर्फ शिव बहादुर बस्नेत (राजेन्द्र), समानुपातिक तर्फ गोम्बु शेर्पा (करज्याङ) को नाम सिफारीस गरिएको सिफारीस समितिका सदस्य एवं पार्टी सचिव ध्रुव पराजुलीले जानकारी दिनुभयो । 
     
    प्रदेश सभाका लागि क्षेत्र नं १ मा प्रत्येक्ष तर्फ पार्टी संयोजक समेत रहनुभएको हेमकुमार राई (सुरविर), समानुपातिकमा सुनिता किराती, फुलमाया परियार र अनिल राईको नाम समितिले पठाएको छ । क्षेत्र नं २ बाट प्रत्येक्ष तर्फ आङदावा शेर्पा र फुरी शेर्पा (बाबु) को नाम पठाइएको समितिले जनाएको छ । समानुपातिक तर्फ धु्रव पराजुली, गोपीराम परियार र आश कुमार राई (शिशिर) को नाम सिफारीस गरिएको छ ।
     
    आकाक्षी धेरै हुदाँ सबैको नाम प्रदेशमा पठाइएको भन्दै नेकपा माओवादी केन्द्रले उम्मेद्वारको सिफारीस गर्दा पार्टीमा गरेको योगदान, कार्यदक्षता, जातिय एवं भौगोलिक आधार लगायतलाई मुख्य रुपमा हेरीएको जनाएको छ ।
     
         यता नेकपा एमाले जिल्ला कमिटीको बैठक बाट आगामी मङ्सिर १० गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ पार्टी अध्यक्ष समेत रहनुभएको मानबिर राईको नाम सर्वसम्मतिबाट सिफारीस गरेको एमालले जनाएको छ ।  समानुपातिक तर्फ सोनाम ग्याल्जेन शेर्पा र सरस्वती  राईलाई सिफारीस गरिएको छ ।
     
          लामो छलफल पछि पनि प्रदेश तर्फ क्षेत्र नम्बर १ को उम्मेद्वारको नाम सर्वसहमत हुन नसकेपछि सबै आकांक्षाीको नाम प्रदेश कमिटिमा सिफारीस गरिएको प्रचार विभाग प्रमुख वीरउदाश श्रेष्ठले जानकारी दिनुभयो ।  जस्मा  प्रत्येक्ष तर्फ उत्तम कुमार बस्नेत , लोचन कुमार शर्मा , डि .बि.किराँती , भिमराज राई,जुद्द बहादुर कार्की र समानुपातिक तर्फ डिल्ली राई, कल्पना बस्नेत र धन कुमार बि.क सिफारीस हुनुभएको छ । 
     
         क्षेत्र नं २ मा भने प्रत्येक्षमा  पुर्व अध्यक्ष एमाले नेता बुद्धि कुमार राजभण्डारी सर्वसहमत सिफारीस हुनभएको छ ।  समानुपातिक तर्फ आङ ङिमा लामा,सुर्य कुमारी सुनुवार  र मोहन कुमारी कार्कीको नाम सिफारीस गरिएको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।
     
         यता नेपाली काग्रेस सम्वद्ध पक्षले छुट्टै छुट्टै समुहको नाम सिफारीस गरेको छ  । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय गुटले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्व पार्टी सभापति आङगेलु शेर्पा र समानुपातिकतर्फ केन्द्रीय सदस्यमा बलबहादुर केसीको नाम पठाएको छ ।
     
         सभापति कृष्णप्रसाद निरौलाले दर्ता गराएको सूचिमा प्रतिनिधि सभाको समानुपातिकमा केसीका अतिरिक्त केशरबाबु थुलुङ, रामबादुर बस्नेत, पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोकर्ण राई, छत्रध्वज बस्नेत, चन्द्रप्रसाद आचार्य, सरला नाछिरिङ, धर्मबहादुर नेपाली र टंकिमाया बस्नेतको नाम सिफारिस गरेको छ ।
     
    प्रदेश सभाको १ नम्बर क्षेत्रका लागि प्रत्यक्षतर्फ कृष्णप्रसाद निरौला, प्रकाशसिंह कार्की र सूर्य कुलुङको नाम केन्द्रमा पठाईएको छ भने समानुपातिकतर्फ गणेश बस्नेत, दुर्गाप्रसाद दर्जी, कृष्ण कट्टेल, शंकर कार्की र गीता गुरुङको नाम सर्वसम्मत छनौट गरिएको छ ।
     
         प्रदेश सभाकै क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ मनोज खड्का, कर्मा शेर्पा र मंगलसिंह तामाङको नाम चयन गरिएको छ भने समानुपातिकतर्फ डोल्मा तामाङ, राजन बस्नेत, कर्ण विश्वकर्मा र साङ्गा राईको नाम पठाईएको कार्यबाहक सभापति निरौलाले बताउनुभयो ।
     
         कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी पक्षको नेपाली कांग्रेस जिल्ला समिति सोलुखुम्बुले पनि प्रदेश तथा प्रतिनिधि सभाको लागि उम्मेदवार सिफारिस गरेको छ  । प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ बलबहादुर केसीको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ प्रभुराम बस्नेतको नाम छनौट गरिएको छ ।
     
         प्रदेश सभाको लागि १ नम्बर क्षेत्र प्रत्यक्षका लागि विनोदकुमार बस्नेत, धनजन राई र  समानुपातिकका लागि कुसराज राई र जयप्रसाद राई लगायतको नाम तय गरेको जिल्ला सचिव धनजन राईले जानकारी दिनुभयो ।
     
         त्यस्तै प्रदेशको क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ आङगेलु शेर्पा, कुसाङ शेर्पा लगायतको नाम पठाएको राईले बताउनु भयो । क्षेत्र नम्बर २ को समानुपातिकका लागि प्रेमबहादुर थापामगर, भोजराज कार्की लगायतको नाम पठाइएको छ ।  पूर्व सभाषद पुरुषोत्तम बस्नेत र गोकर्ण राईको समूहले पनि छुट्टै सिफारिस गरेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org