कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • फोटो खिचाउन पोज दिँदै गरेकी युवतीको समुद्रमा खसेर ज्यान गयो

    news

     इंग्ल्याण्डको इस्ट ससेक्समा फोटो खिचाउन पोज दिँदै गर्दा समुद्रमा खसेर एक युवतीको ज्यान गएको छ । 

    इस्ट ससेक्सको ककमिअर ह्याभेनमा रहेको सेभेन सिस्टर्स क्लिफ्समा फोटो खिचाउने क्रममा २३ वर्षकी दक्षिण कोरियन विद्यार्थी हेवोन किमको ज्यान गएको हो । किम जुन २२ मा त्यहाँ एक्लै घुम्न गएकी थिइन् ।उनले त्यहाँ घुम्न आएका एक जना अपिरिचितलाई फोटो खिच्न लगाएकी थिइन् । फोटोका लागि पोज दिँदै गर्दा उनी पछाडि सर्दै थिइन् तर उनको खुट्टाको सन्तुलन गुमाउन पुगिन् र समुद्रमा खसिन् ।

    इंग्ल्याण्डमा आफ्नो अंग्रेजी सुधार्नका लागि आएकी किमको टाउकोमा गम्भीर चोट लागेको थियो । उनी तस्बिर खिचाउने ध्यानमा थिइन् । दाँया बाँया हेरेकी थिइनन् । किमको आग्रहमा फोटो खिचिदिने २४ वर्षकी कोरियन युवती योङ चोइ भन्छिन् ‘म सेभन सिस्टर्स घुम्न गएकी थिएँ । 

    एकजना अपरिचित कोरियन युवतीले मलाई फोटो खिचिदिन आग्रह गरिन् । म फोटो खिच्दै थिएँ, उनी खसिन् । हामीले आपतकालीन नम्बर ९९९ मा फोन गर्‍यौं त्यसपछि हामीले कोरियन दूतावासमा खबर गर्‍यौं ।’त्यस्तै घटनाका अर्का प्रत्यक्षदर्शी जिन ग्योङ ज्याङ भन्छन् ‘ मैले तिनलाई उभिरहेको देखेको थिएँ । एकछिन पछि हेर्दा उनी त्यहाँ थिइनन् । ड्याम्म आवाज सुनियो ।’

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org